धरान । हामी सबैले बौद्धधर्मालम्बीमा आस्था राख्ने भिक्षुहरुले घर घरमा गएर केही न केही मागेको देखेकै छौ । वास्तवमा त्यो माग्नु आफ्ना्े दिनचर्या चलाउनुमात्र हैन यसभित्र पनि शिक्षा प्रदान गर्ने कुरा छ भन्दा अचम्म लाग्न सक्ला तर भिक्षुहरुले भिक्षा माग्दा समेत त्यसभित्र बौद्ध शिक्षा प्राप्त हुन्छ भन्ने कुरा स्वयम् भिक्षुहरुले जानकारी गराएका छन् । बौद्ध धर्ममा आस्था राख्ने भिक्षुहरु नेपालका हरेक ठाउँमा लामबद्ध लागेर भिक्षम दे भन्दै हिडेका हुन्छन् । उनीहरुको दिनचर्या नै भिक्षा मागेर चलेको हुन्छ तर भिक्षा माग्दै हिड्ने भिक्षुहरुले भने भिक्षा जीवनयापन गर्ने मात्र नभई यसभित्र बौद्ध शिक्षा समेत प्राप्त हुने बताउँछन् । भिक्षुहरुले संग्रह गरेर राख्न नहुने भएकोले पनि भिक्षुको काम भिक्षा माग्ने रहेको मिक्षु छन्द धमु बताउनुहुन्छ । उहाूले जीवनमा अभाव के हो र अभावबाट कसरी पार पाउन सकिन्छ भन्ने कुराको शिक्षा समेत प्रदान गर्ने बताउनुभयो ।

बौध धर्मामा नियम पालना गर्नका लागि पनि भिक्षा माग्नुपर्ने र अभाव के हो भन्ने कुराको शिक्षा लिनका लागि पनि भिक्षा माग्नुपर्ने भएको भिक्षु चन्द्र भन्ते बताउनुहुन्छ । उहाँले आफूले भिक्षा माग्दा अरुलाई पुण्य कमाउने मौका दिनु अर्थात कसैसूग लिएपछि दिने मान्छेले पुण्य कमाउँछ भन्ने बौद्ध शिक्षाकै कारण भिक्षुहरु र्संग्रह नगरी भिक्षा माग्ने गरेको बताउनुभयो । लोप, लालच र जीवनमा गर्नुपर्ने त्यागका विषयमा शिक्षा दिने काम पनि भिक्षुहरुले गर्ने गरेको बौद्धधर्मालम्बीहरु बताउूछन् । भिक्षुले भिक्ष्ाँ माग्दा दान दिनेले लोभ लाभ गर्नुहुदैन, लोभको त्याग गर्नुपर्छ भन्ने सन्देश भिक्षुबाट हुने भएकोले बर्ष बर्षमा यसरी भिक्ष्ाँ माग्ने काम गर्ने गरेको अगुवाको भनाई छ । भिक्षामा पनि शिक्षा छ भन्ने कुरा अवगत गराउन पनि भिक्षुहरु भिक्षादानका लागि निस्किने गरेको स्वयम उनीहरुले बताएका छन् । बौद्ध ज्ञानसँगै जीवन यापन गर्ने माध्यमलाई भिक्षुहरुले भिक्षालाई आत्मसात गरेर हिडेको बौद्धधर्मालम्बीहरुका आग्रजहरुले बताउने गरेका छन् ।
