धरान । सुनसरीको धरान उप–महानगरपालिका–११ स्थितमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पुस ०६ गते दिउँसो १ बजे प्रदेश १–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिदा पैदल यात्री स्थानीय ८६ बर्षीय वीर बहादुर लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न सवारी साधन र चालक धरान–८ का ४८ बर्षीय सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको डिएसपी प्रकाश जवेगुले जानकारी दिनुभयो ।
