हेटौडामा गुञ्जिए इलामेली कवि विमल बैध

धरान । इलामेली युवा कवि विमल वैध पौष २० गते बागमति प्रदेशको राजधानी हेटौडामा गुञ्जिएका छन् । उनले आफ्नो गुञ्जाहट ‘छुटेर जाने’ कविताबाट आरम्भ गर्नासाथ किताब घरमा स्रोताहरुको गडगडाहट तालीको पर्रा छुटेको थियो । उनका गुञ्जाहटका प्रारम्भिक पंक्तिहरु थिए –
छोडी जानेहरुको रहर बढी हुँदो हो
छोडी जानेहरुको सहर अर्कै हुँदो हो

विदाइमा हात हल्लाए जस्तै
हल्लिदैन मन उसको………..।>
कवि वैधले आफ्नो पछिल्लो प्रकाशित कविता संग्रह युगको तटमा उभिएरबाट वाचन गरेका थिए । त्यसो त उनले किताव घरमा ‘गोप्य गोठा’ कवितामार्फत कामको अभिलेख नरहने, मानिसहरुको भीड वर्जित हुने र नियम अनि कानुनहरु निषेध हुने बताउदै आÏनो स्कुल जाने छोरालाई कविता मार्फत नै वर्तमानको तीतो समेत पोख्न भ्याएका थिए ।
एउटा प्राविधिक स्तरहीन निर्माणको
फर्जी विल पास गर्छ
र केही दिनमै पुल र पर्खाल भत्किन्छ
कानुन पढेका वकिल
रुपैयाँका लागि दाहिने हातले बादी लेख्छन् ।

आफ्ना कविता वाचनका क्रममा कवि वैधले राजनैतिक विचारलाई पन्छाएर कविता, लेखनमा नारा र भाषण पन्छाउनुपर्ने कुरामा जोड दिएका थिए । सो अवसरमा उनले फागुनको मौसम, नन फिक्सन प्रेम, दाहिने खल्तीको पर्स शिर्षकका कविताहरु समेत वाचन गरेका थिए । किताब घर हेटौडाद्वारा आयोजित कविता वाचन कार्यक्रममा साहित्यकार निमेष निखिल, शान्ति प्रियबन्दनाले मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया