मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोवेल शिक्षण अस्पतालबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुष १८ गते राती ८ बजे अस्पतालमा पार्किङ गरी राखेको को.२३ प ६१७६ र प्रदेश १–०२–०४४ प १९ नम्बरको मोटरसाईकलको लक फुटाएर चोरी गर्दै गरेको अवस्थामा विराटनगर –३ का १८ बर्षीय निकपाल यादब र १८ बर्षीय जितेन्द्र यादबलाई अस्पतालमा खटिएको प्रहरी कर्मचारीले नियन्त्रणमा लिएको हो । चोरीमा संलग्न रहेका दुबैजनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भई रहेको छ ।

तपाईको प्रतिक्रिया