घण्टाघरबाट हेर्दा

कोड ल्याङ्वेज मलाई थाहा छैन
नेपालका सहकारी ठग नटवरलाल घण्टेले जे गरेका छन् मलाई थाहा छैन भनेर फलाक्ने गरेको विश्वभरिका संगठित अपराधीले प्रयोग गर्ने कोड ल्याङ्वेज भएको खुल्दै गएको छ । अरबौ डकारेको पुष्टि भैसक्दा पनि मलाई थाहा छैन, मलाई थाहा थिएन, मलाई थाहा हुने कुरा पनि भएन, मेरो पेटमा एककौडी प¥या छैन, म निर्दोष छु भनेर फलाक्याफलाक्यै छन् । अम्रिकामा नौ वटा ठगी मुद्धा झेल्दाझेल्दै नेपालतिर चम्पट ठोकका घण्टेले चढ्ने दुई करोडको गाडी ४ करोडको घर, करोडौ बैंक ब्यालेन्स देख्दै देख्दै मलार्इ थाहा छैन कसरी भन्न सक्या होला ? घण्टेको दानापानीमा चलेको छाउराहरुले यतिबेला गोयल्सवादी शैली अपनाएका छन् । पाकेटमारले अर्काको पाकेट काटेपछि आफै वेजोडले चोर कि चोर भनेर बेपत्तासँग दौडिएर चोखिने प्रपञ्च रचेझै घण्टेका छाउराहरु दौडिएका छन् । तिनको थुतुनो लोकल ठर्रा खाएर अरुलाई तथानाम फलाकेझै सामाजिक सञ्जालमा फलाकेका फलाक्यै छन् । क्या वात मान्नैपर्छ ।
महाझोले प्रतियोगिता आवश्यक
नेपालमा गाँडतन्त्रको विजारोपण भएपछि हुने नहुने, गर्न हुने गर्नु नहुने सबै प्रकारका प्रतियोगिताहरु हुने गरेका छन् । तर एउटा गर्नैपर्ने प्रतियोगिताचाहिँ गर्नेतर्फ अहिलेसम्म कसैको ध्यानै नपुगेको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । त्यो प्रतियोगिता हो महाझोले प्रतियोगिता । लाउरेस, झालेमाले, माउवादी, पहिचानवादी, दलितवादीका कार्जेकर्ताहरु बीचमा अब महाझोले प्रतियोगिता गराउनै पर्ने आवश्यकता भैसक्या छ । यस्तो प्रतियोगिताको आयोजना ग¥यो भने सहकारी ठग घण्टेका छाउराहरुले सियोर जित्ने देखिएको छ । जे भएपनि एउटा कुराचाहिँ मान्नैपर्छ । हिजोका दिन कम्युनिस्ट बन्दा आफ्नै औँला काटेर रगतको टिका लगापछि मात्र कम्युनिस्ट हुन्थे । घण्टेका कार्जेकर्ता बन्नचाहिँ घण्टेको मलद्वारलाई हरिद्वार मान्नैपर्ने बाध्यता भएको छ रे । त्यही भएर महाझोले प्रतियोगितामा अरु साधारण झोलेहरुले जित्ने कुरै आउँदैन ।

आयोगका अध्येक्षेलाई मुन्ट्याओ
लोकसेवा आयोगका अध्येक्षेले अस्तिका दिन साह«ै गज्जबको गफ दिएछन् । लोकसेवा आयोगमा पाँचपटक फेल हुनेलाई बाँझो खेत खन्न गाउँमा पठाउनु पर्छ रे । आयोगका अध्येक्षेले सोह«ैआना सही बात गरेछन् । पाँच पाँच पटक फेल हुने सोझो, भ्रष्टाचार गर्न नसक्ने किसिमका हुन्छन् । एकै पटकमा पास गर्नेहरु छलछाम गर्ने, जसरी हुन्छ माल आर्जन गर्ने टपरटुइयाँ हुन्छन् । अब त्यस्तो पाँच पटकमा पनि पास गर्न नसक्नेलाई जागिर दियो भने कार्यालय प्रमुखहरुको पेट फुल्नुको सट्टा सुक्दै जाने भयो । त्यस्ता हाकिमलाई घरकी श्रीमतिले सेन्डिल हान्ने भइन् । अनि पाँच पटकमा समेत फेल हुनेलार्ई पास गरेर भयो त । धन्दा चौपट्टै हुन्छ ।
सेरा दरबारको चमकै खाइदियो
माउवादीका अध्येक्षे प्रचण्डाउ यतिबेखेर बडो हतास मनस्थितिमा छन् । विचरा हुने नै भए नि । त्यही भएर भ्रमको खेति गर्दै हिड्न थाल्या छन् । कहिले उफ्रिएर झापा पुगेर केराको पातमा भात खान्छन्, कहिले डाकु न बोलाउ लिडी पुच्छर डोलाउ भनेझै गरी पश्चिमतिर धाइफल ठोक्छन् । विचराको यो अविगत त्यही नुवाकाटको सेरा दरबारले गर्दिएको हो । आफू सत्ताको मुखिया छँदा पृथ्वीनारायण शाहले बनाएको शेरा दरबार र त्यसले चर्चको १६२ रोपनी जग्गा ठाकठुक पारेर मिलाएछन् । सर्वत्र यसको गाइगुई चल्न थालेसी’ विचराको अनुहारको चमकै उड्या छ । बोली धर्मराएको छ, कुम हल्लिन छोडेर लत्रेकामे छ, चारपाटा मुढेर लेखिटिएको भन्दा विचराको नाजुक हालत छ । शेरा दरबारले प्रचण्डाउको सत्यानासै गर्नेभयो ।
एक अर्कालाई घाडो
एउटालाई सहज भए अर्कोलाई घाँडो हुनु त स्वभाविकै हो । अब हेरम न राजतन्त्र नेपालका लुटेरा नेताहरुलाई घाँडो, गणतन्त्र जनतालाई घाँडो भा’छ । हुन त सीमित लुटेराहरु जनताबाट लखेन्छिन् । यहाँ पनि लेखिन्छन अन्य पनि लेखिटएकै हुन् । राजतन्त्रका पक्षमा जनता सडकमा उत्रिसकेका छन् लुटेराहरु शक्ति प्रयोग गरेर लखेटिरा’छन् । राजतन्त्र आएमा हामी सबै जेल जानुपर्छ भनेर नेपालका भगौडा नेता बाउदेउ गौतमले भनिसक्या छन् । जसरी नि रोक्नुपर्छ रे । राजतन्त्रको नाम सुन्दा पनि लुटेरा आच्या नव राजाहरु तर्सने गर्छन् । भएका वैभव गुम्ने डरले अनेकौ तिक्डम गर्दैछन् । अब तिनका तिक्डम साह«ै काम लाग्ला जस्तो छैन । बरु बेलैमा थान्को मान्को लगाए एक दुई पुस्तालाई बाँच्न सहज हुन्थ्यो कि ? १२ बर्षपछि खोला पनि फर्कन्छ । कि कसो हौ ?
बुद्धि पनि सिद्धिएछ
लाउरेसका सभापति र्याले काजीको बुद्धिमा विर्को लागेछ कि क्या हो ? हुन त ती बृद्धि भा’कै पो कहाँ हुन र ? अब हरेम न अस्तिका दिन तिनले एउटा बैठकमा बडो गज्जबको तर्क गरेछन् । बाघले मान्छे मार्दा कानुन नलाग्ने तर मान्छेले बाघ मार्दा भने कानुन लाग्ने प्रावधान गलत हो । अब कानुनै संसोधन गर्नुपर्छ रे । तिनका तर्कले घण्टाघरलाई पनि खित्का छाडेर हाँस्न मन लाग्यो । कानुन संसोधन गरेर बाघले मान्छे मार्न छोड्ने हो र ? बाघले कानुन जान्या हुन्छ र ? बाघले कानुनको पालना गर्छ र ? क्या काइते तर्क । बाघका बासस्थान नै सबै नश गर्ने, रुख कटान गर्नेहरुलाई कानुन लगाए बाघले मान्छे नै मार्दैन । देशमा यस्तो नेताहरुको हालीमुहाली भएसी’ फुइøयाँको देशले कोल्टे फेर्छ ? कहिले हत्केलाले सपक्क र्याल पुछेको छ । कहिले ढुसु ढुसु निदाएको छ । कानुन संसोधन गरेर बाघ नियन्त्रण गर्ने रे । बोल्नेलाई भन्दा सुन्नेलाई कुरी कुरी भन्या यही हो ।
काजीको प्रस्तावमा पाजी फ्लाट
जे जस्तो भए नि लाउरेसका गनगने काजी कहिलेकाही त घत लाग्दै गफ गर्छन् । तर कहिलेकाहीँचाहिँ तिनका कुरा पनि पानीमा अपानवायु छाडेझै मात्र लाग्छन् । अब हेरम न अस्तिका दिन गनगनजे काजीले भ्रष्टाचारका कुन कुन फाइल खाल्ने हो पूर्व प्रधानमन्त्रीहरु सबै बसेर निर्णय गर्नुस् भनेर मात्र के बोल्या थिए माउवादीका अध्यक्षे प्रचण्डाउ तीन हात माथि उफ्रिइहाले । पछिल्लो पटक भ्रष्टचार विरुद्धको अभियान चलाउदै हिड्या तिनलाई त्यसरी उफ्रनु किन प¥या थियो । तर घण्टाघरले यसो गमेको त कोही अछुत रै’नछन् । प्रचण्डाउले नक्कली सेना देखाएर राज्यबाट अरबौ डका¥या रै’छन्, माकुनेले शितल निवासै प्लटिङ्ग ग¥या त जगतका सबैलाई थाह छ । आराराम गयाराम बाउरामले हिस्स परेकी हिसिलालाई अगाडि सारेर अक्टोपसल झै सोहोरेकै छन् । फलानाले भ्रष्टाचार ग¥यो भनेर फलाक्नुको सट्टा बरु तै चूप मै चूप भए बेस । कि कसो हौ प्रचण्डाउ । बात करता है ।
गठ्ठे मन्त्री आए फर्किए
बाबुको विरासतमा राजनैतिक शुभलाभ लिँदै अएका गठ्ठे मन्त्री आच्या खानपानी तथा सहरी विकास मन्तरी अस्तिका दिन धरान आएर फर्किएका छन् । स्थानीय एक होटलमा दुई चारजना झम्पाटहरुले राम्रै चाकडी बजाए । गठ्ठे मन्त्रीले टाइटुई गरेर के बोले कमैले बुझे होलान् । नबुझे पनि मुन्टो हल्लाए, देखावटी भए नि थपडी बजाए । नामचाहिँ खानेपानी तथा सहरी विकासमन्त्री कामचाहिँ भुत्लोभाङ्ग केही लछार्ने होइन । यतिका दिन मन्तरी हुँदा न तिनल केही खानेपानीको काम गरेका छन् न सहरको विकासका लागि सिन्को भाँच्या छन् । हुन त नेपालीमा एउटा उखान छ काम पाइनस् बुहारी पाडाको पिध कन्या । गठ्ठे मन्तरीको रवैया यतिखेर यस्तै छ । विचरा काम नभएसी’ राज्यको ढुकुटी चलायमान बनाउँदै यसो चर्न निस्किनै प¥यो । ठाम पनि हेरिने मुख पनि फेरिने । कि कसो हौ ?

तपाईको प्रतिक्रिया