धरान । अन्य कुराजस्तै स्वास्थ्यको पहुचमा पनि समानता हुनुपर्ने आवश्यकता महसुस गरी धरानमा लैंगिक अल्पसंख्यक समुदायमा स्वास्थ्यको पहुच समानताका विषयमा एक दिने कार्यक्रमको आयोजना गरिएको छ । अमेरिकी राजदुतावाससँग सम्बन्धि युएसवाइसी २४ नामक संस्थाका सदस्यहरुले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिडोरिम हलमा आयोजना गरेको प्रोजेक्ट पहिचान कार्यक्रममा अन्य क्षेत्रमा समानता भएजस्तै स्वास्थ्य क्षेत्रमा समेत समनता कायम हुनुपर्नेमा कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुले जोड दिएका थिए सो अवसमा बोल्दै धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रभुख उमेश मेहताले पछिल्लो समय तीन तहकै सरकारले लैङ्गिक तथा अल्पसँख्यक समुदायलाई लक्षित गरी आरक्षण लगायतका कुराहरु समावेश गरेको बताउदै स्वास्थ्यमा पनि यस्ता वर्गलाई समान अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धरान उपमहानगरपालिकाले धरान १ मा रहेको पुरानो अस्पतालमा छुट्टै सेवा प्रदान गर्ने उद्देश्य सिटी अस्पताल सञ्चालन गरेको बताउदै संविधानमा उल्लेख गरिएको सबैलाई स्वास्थ्यय अधिकारको मौलिक हकका विषयमा जिम्मेवारीपूर्ण वहन गर्नुपर्नेमा जोड दिनुभयो ।

विभिन्न स्थानमा यस्ता कार्यक्रम गर्दै आएको अयोजक युआइसी २४ ले दक्षिण एसियाकै सबैभन्दा ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेकाले यो कार्यक्रम धरानमा गर्दा प्रभावकारी हुन्छ भन्ने उद्देश्यले स्वास्थ्य सम्बन्धी जानकारहरुसँग छलफल गरिएको आयोजक संस्थाका फोकल पर्सन डा.समुन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँले लक्षित वर्गको स्वास्थ्यसम्बन्धी जानकारीका विषयमा विभिन्न माध्यमबाट प्रचारप्रसार गर्दै प्रभावकारी बनाउने लक्ष्य भएको बताउनुभयो । नेपालमा हरेक हालसम्म धुलिखेल नगरपालिकालाई मात्र स्वास्थ्यका हिसाबले क्लिन सिटीको मान्यता दिएको छ । धरान उपमहानगरपालिका पनि यसको प्रक्रियामा छ । यस्ता कार्यक्रमले लक्षित वर्गसम्म स्वास्थ्यको पहुच पु¥याउन सहज हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधानले जानकारी दिनुभयो । हरेक क्षेत्रमा समानताको विषयको उठाउन भइरहेको समयमा स्वास्थ्य समानतामा भने अत्यन्तै कम वहस चल्ने गर्छ । लैंगिक तथा अल्पसंख्यक समुदायलाई नेपालको संविधानमा हरेक समुदायलाई स्वास्थ्य अधिकारको कुरा उल्लेख भएपनि स्वास्थ्य समानता छ छैन भन्ने विषयमा बुझ्नको लागि पनि यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमात्र हैन यसको वास्तविकता बुझेर यसमा भएका कमीकमजोरीलाई सार्थकता बनाएमा मात्र यस्ता कार्यक्रमले सार्थकता पाउने कार्यक्रममा सहभागीहरुले बताएका थिए ।
