इटहरी नगरपालिका र टेंग्रा पुल मुनि बम आतंक : सेनाद्वारा दुवै स्थानका बम डिस्पोज राष्ट्रिय सुरक्षा दल नेपालद्वारा तीन बुँदे मागसहित सरकारलाई ४० दिनको अल्टिमेटम

इटहरी । यस अगाडि कहिल्यै नाम नसुनिएको अज्ञात समूहद्वारा सुनसरीका एसपी सुमनराज तिम्सिनालाई विहान ४ बजे फोन म्यासेज आउँछ इटहरीमा बम राखिएको छ । अज्ञात समूहको उक्त म्यासेजसँगै जिल्लाका सम्पूर्ण सुरक्षा संयन्त्रलाई जानकारी गराउँदै प्रहरीको टालीसहित एसपी तिम्सिना इटहरी पुग्नुभयो । अज्ञात समूहले म्यासेजमा भनिए अनुरुप इटहरी उपमहानगरपालिकाको मुख्य प्रवेशद्वार, टेंगा खोलाको पुल मुनि प्रेसर कुकरमा तार जडिएको अवस्थामा शंकास्पद वस्तु फेला परेसँगै नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीबाट बम डिस्पोज टोली घट्ना स्थलमा पुगिसकेको थियो । एसपी तिम्सिनाका अनुसार विहानैदेखि आफूसहित प्रहरीको टोलीले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर वरपरका भीड हटाउने, यातायातका साधनहरुलाई डाइभर्ट गरेर पठाउने काम गर्दा गर्दै नेपाली सेनाले डिस्पोज गर्नुभन्दा अगाडि नै नगरपालिका गेटको एउटा बम विस्फोट भएको थियो । बाँकी रहेका बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गराएको थियो । बम कस्ले र किन राखेको रहेछ त भन्ने जिज्ञासामा एसपी तिम्सिनाले भन्नुभयो बम राखिएको स्थान नजिक राष्ट्रिय सुक्षा दल नेपालको नाममा पर्चा भेटिएको र सो सम्बन्धमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाइसकेको छ । घटना स्थलमा भेटिएको प्रचामा राष्ट्र, राष्ट्रियता लोक कल्याण, राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति बचाऔं हामी सबै नेपाली एक हौ भन्ने लोगो सहित राष्ट्रिय दल नेपाल (एनएसटी) का पौष १६ गते उल्लेख केन्द्रीय कमिटीको विवरण उल्लेख गरिएको छ । राष्ट्रिय सुरक्षा दल नेपालका केन्द्रीय अध्यक्ष नरसिंहद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ राजसंस्थाको उन्मुलन र नारायणहिटी राजाका बहिर्गमनमात्रै गणतन्त्रको अर्थसिद्ध गर्न खोज्ने दलीय दलिलले जनताको वितृष्णालाई मलजल गरिरहेको छ । विहान बेलुका एक छाक टार्न धौ धौ पर्नेलाई यस्तो गणतन्त्रले खासमा दिने भनेको निराशा र कुण्ठामात्र हो । उदेक लागदो कुरा गणतन्त्र पछिको एउटा सामान्य योजना र दुरदृष्टि छैन काँग्रेस, एमाले र माओवादीसँग । उही सत्ताको लेनदेनमा केन्द्रित दलहरु त्यो बोलतका पुराना रक्सी भइरहेका छन्, यसले अन्ततोतत्वा हुर्मत लिन्छ उही गणतन्त्रको । हामीले बुझे अनुसार अमेरिका, युरोपियन युनियन, फ्रान्स, बेलायत र चिनले घोषित रुपमै नेपाललाई भारत पछि सबैभन्दा बढी क्रिडास्थल बनाइसकेका छन् । नेपालको तिब्बती शरणार्थी समस्या अब अमेरिका र चीनको थप शित युद्धको एउटा कारण हुनेछ । लगभग ३ करोड नेपालीमध्ये अधिकांशका मनमस्तिस्कमा अझै पनि आत्म विश्वास रहिआएको छ ।


राष्ट्रिय सुरक्षा दल नेपालले पर्चा मार्फत राज्यसँग तीन वटा मागहरु अगाडि सारेको छ । जसमा सवैधान राजसंस्था र प्रत्यक्ष निर्वाचन कार्यकारी प्रधानमन्त्री, हिन्दु, बुद्ध, किरातसहित वैदिक सनातन हिन्दु राष्ट्र र संघीयता खारेजी र बिलयो स्थानीय तह । पर्चामा चेतावनीपूर्ण ढंगले इतिहासको सबै कुरालाई मध्यनर गर्दै राष्ट्रिय सुरक्षा दल (ल्क्त्(ल्बतष्यलब िक्भअगचष्तथ त्भबm ल्भउब)ि ले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति रक्षार्थ यो सूचना सार्वजनिक भएको ४० दिनभित्रमा यो गठबन्धन सरकारबाट सकारात्मक सम्बोधन भए वर्तमान चलिआएको व्यवस्था विरुद्ध सशस्त्र संघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।
पर्चामा भनिएको छ देशमा भ्रष्टाचार बढ्यो, राजनीतिक प्रयोग असफल भयो । देशको सार्वभौम सत्तामाथि विभिन्न किसिमको सम्झोता देखा प¥यो । अहिलेको संविधान २०७२ नेपाली जनताका हित विपरीत भएकोले दुई बर्षमै विरोध शुरु भएको नेपाली जनतामा महसुस भइसकेको छ । २०६२÷०६३ मा नेपालमा परिवर्तनका लागि विदेशी संलग्नता देखिएको थियो । त्यसबेला राजसंस्थाप्रति विश्वास राख्ने शक्ति परम्परागत शक्ति र सँस्कतिक शक्तिलाई पूर्ण रुपमा वेवासता गरिएको थियो । पर्चाका अन्त्यमा भनिएको छ देशमा देखिएको लुटततन्त्र, भ्रष्टाचार, नातावाद, कृपावाद साथै राजनीतिको नाममा कमाउधन्दा, मानव बेचबिखन, विदेशी शक्तिको नांगो हस्तक्षप, धर्म परिवर्तन जस्ता आपराधिक कार्यले हाम्रो राष्ट्र, राष्ट्रियतालाई जर्जर अवस्थामा पु¥याएकोले राष्ट्रिय सुरक्षा दलको केन्द्रीय कमिटीको बैठकले आफ्नो निर्णय अगाडि बढाउने घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया