चीनले फक्तालुङ गाउ“पालिकालाई दिएको २१ ह्युमपाइप व्यवस्थापन गरिदै

ताप्लेजुङ । गत बर्ष मात्र सडकको ट्रयाक खुलेपनि सहज यातायात अझै हुन नसकेको सुभाङखोला–ओलाङचुङगोला–टिप्तला भन्ज्याङ सडकको सुकेपानी भन्दा अगाडिको विभिन्न खोलाहरुमा राख्नका लागि चीनले उपलब्ध गराएको स्टिल ह्युम पाइपहरुको व्यवस्थापन कार्य शुरु भएको छ । चीनले कोरोना काल भन्दा अगाडि नै ती ह्युम पाइपहरु ताप्लेजुङ जिल्लाको सीमावर्ती गाउँपालिका वडा नं. ७ टिप्तला भन्ज्याङमा नेपाल तर्फ ट्रकमा ल्याएर झारिदिएको थियो । सोही समयमा सिजेम खोलामा दुई वटा ह्युम पाइप राखिए तापनि बाँकी रहेका ह्युमपाइप सीमावर्ती क्षेत्रमै यत्रतत्र असरल्ल परेका थिए । फक्तालुङ गाउँपालिका वडा नंं ७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार चीनले ती ह्युमपाइपहरु सीमावर्ती क्षेत्रमा ट्रकमा ल्याएर झारिदियो । लगत्तै विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण सीमानाका समेत बन्द हुन पुग्दा ती ह्युम पाइपहरुको उचित व्यवस्थापन हुन सकेन । पाँच बर्ष अगाडि आएको भीषण बर्षाका
कारण ओलाङचुङगोलाको ठाडो खोला, सुकेपानी लगायतका स्थानका काठेपुलहरु समेत बगायो तर चीनले दिएको ह्यम पाइपहरु ठाडो खोलामा दुईवटा राखिए पनि अरु सम्भव भएन गाविस अध्यक्ष राजनमुुक्ति लिम्बुले भन्नुभयो । चिनियाँ सहयोगमा २१ वटा ह्यम पाइप आए पनि मानिसले एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन नसक्ने भएकोले सीमावर्ती क्षत्रमा त्यसै असरल्ल अवस्थामा रहेका थिए ।

अध्यक्ष लिम्बुका अनुसार गाउँपालिकासँग ह्युमपाइप एक ठाउँबाट अर्को ठाउँमा लैजान पर्याप्त स्रोत साधन समेत थिएन । हाल ती ह्युम पाइपहरु ओलाङचुङगोला क्षेत्रमै निर्माण हुँदै गरेको १६६ मेघावाट क्षमताको सु्पर तमोर जलविद्युत आयोजनाले सीमावर्ती क्षेत्रबाट अन्यत्र ओसार्ने काम गरिदिएको छ । सुपर तमोर जल विद्युत आयोजना नीजि क्षेत्रबाट निर्माण हुँदै गरेपनि उसले सुकेपानीदेखि ओलाङचुङ गोलासम्मको १० किमी र ओलाङचुङगोलादेखि टिप्तला भन्ज्याङ सम्मको सडकका अवरोधहरु हटाइदिने, पहिरो रहेको ठाउँ सम्याइदिने काम गर्दै आएको छ । स्थानीयहरुको आग्रहमा उसले यो काम गरिदिएको वडाध्यक्ष छेतेन शेर्पाको भनाई छ । यसै सम्बन्धमा सुपर तमोर आयोजनाका प्रमुख जितेन्द्र श्रेष्ठसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो, हाम्रो निर्माणको क्षेत्र समेत भएको र वडा, गाविसले आग्रह समेत गरेकोले आफूहरुले आफ्ना साधन प्रयोग गरी ठाउँ ठाउँ सडकको स्तरोन्नति र ह्युमपाइप ओसारिदिने काम गरेको बताउनुभयो । चीनले सहयोग स्वरुप दिएका स्टिलका २१ वटा ह्युमपाइपमा ८ वटा ३ मिटर लम्बाई र १ मिटर गोलाइका छन् भने १३ वटा डेढ मिटर लम्बाई र १ मिटर चौडाका रहेका छन् । ती ह्युमपाइप हाल सुपर तमोर हाइड्रो पारकै सहयोगमा सुकेपानीस्थित तमोर नदी, जोङगीन र याङमामा राख्ने योजना रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उता उत्तर दक्षिण सडक आयोजनाका प्रमुख सिंहबहादुर विष्टका अनुसार तत्काल साना सवारी साधन सञ्चालनका लागि ह्युमपाइप राख्ने तयारी भएको छ तर दीगो यातायात सञ्चालनका लागि सुकेपानीमा, याङमामा बेलब्रिज नै राख्नु पर्ने हुन्छ । उहाँका अनुसार यसै आथिक बर्षमा सुकेपानी र जोङगिनमा बेलिब्रिज बनाउने योजना भइरहेको छ । यसका लागि काबेली खोलामा नयाँ पुल बनिसकेकोले पुरानो बेलिब्रिज ल्याएर सुकेपानीमा हाल्छौं । सुकेपानी र जोङगिनमा बेलिब्रिज बनाएमा टिप्तलासम्म १२ महिना यातायात सञ्चालनमा आउने उहाँको कथन छ ।

तपाईको प्रतिक्रिया