विष्णुपादुकामा लाग्ने पौषे औशी मेलाको तयारी तिब्र : सडक सञ्जालको अवस्था जीर्ण

धरान । सनातन हिन्दु धर्ममा माता पितालाई भगवानका दर्जामा राखिने गरिएको छ । यो धर्ममा श्राद्धका नाममा बर्षेनी आफ्ना दिवंगंत पितृहरुका सम्झनामा श्राद्ध गर्ने प्रचलन छ । दिवंगत भएका पितृहरुको नाममा श्राद्ध गर्दा आत्माले शान्तिष् पाउनुका साथै पितृहरुले आर्शीवाद दिन्छन् भन्ने विश्वास रही आएको छ । पौषै औशीको दिन पूर्वको धरान २० मा रहेको विष्णुपादुकामा श्राद्ध गर्नेको अत्यन्तै भीड हुने गरेको छ । भक्तजनहरुलाई सहज बनाउन समितिले तयारी थालेको छ । विशेष गरी सनातन धर्ममा पितृहरुको दिवंगत भएको तिथि हेरेर बर्षमा एक पटक श्राद्ध गर्ने चलन भएपनि दशैका १६ श्राद्धमा पर्ने तिथिमा पनि पितृहरुको सम्झनामा श्राद्ध गर्र्नै प्रचलन छ । यसमा पनि पौषे औषीको महत्व अझ धेरै छ । पौषै औसीमा विष्णुपादुका मन्दिरमा पुगेर श्राद्ध गर्दा पितृको उद्धार हुने र आर्शीवाद मिल्नै े विश्वास श्रद्धालुहरुको छ । बर्षेनी यो मन्दिरमा आएर पितृको नाममा श्राद्ध गर्दै तर्पण पिण्ड दिनेको संख्या बढ्दै गएको छ । तर मन्दिरसम्म पुग्ने सडकको सडकको अवस्था नाजुक भएकोले भक्तजनहरुले धेरै समस्या भोग्ने गरेका छन् । झन गत असोजको दोस्रो हप्तादेखि लगातार आएको बर्षाले यस बर्ष सडकको अवस्था अझ जीर्ण बनाएको छ । पौष १४ र १५ गते लाग्ने मेलाका लागि भक्तजनहरुको सहजताका लागि धरान पमहानगरपालिको डोजर ल्याएर सम्याउने काम भइरहेको विष्णुपादुका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाले बताउनुभयो । उहाले सडकको अवस्था अत्यन्तै नाजुक भए पनि भक्तजनहरुलाई हुने असुविधालाई कम गर्न सडक मर्मत कार्यलाई तिब्रता दिएको बताउनुभयो ।


धरान ११ मंगलबारेबाट २० किमी उत्तरमा पर्ने विष्णृु पादुका पुग्न कच्ची त्यसमाथि पनि धुलाम्मे सडकका कारण श्रद्धालुहरु मन्दिरसम्म पुग्न कठिन हुने गरेको बताउछन् । पवित्र धार्मिक स्थल विष्णुपादुकासम्म पुग्ने बाटो कहिल्यै सुधार नहुदा भक्तजनहरु मारमा परेको जनगुनासाहरु आइरहँदा समेत सडकको समस्याको दीघकालीन समस्या समाधानमा तीन तहकै सरकार गम्भीर देखिदैनन् । यद्यपि स्थानीय सरकार धरान उपमहानगरपालिका, २० नंं वडा समिति, स्थानीय बासिन्दा लगायतको साथ सहयोग रहेका कारण पौष १५ गते लाग्ने पौषे औशी मेलामा समितिका तर्फबाट कुनै कमी हुन नदिने प्रयास जारी रहेको समितिका सचिव केशव रिजाल बताउनुहुन्छ । धरान ११ र २० जोड्ने सर्दुखोलामा पक्की पुल निर्माण भएपछि केही सहज भएपनि कच्ची सागुरो बाटो त्यसमाथि धुलाम्मे भएर मन्दिरसम्म पुग्दा भक्तजनहरुले धेरै सास्ती भोग्नु पर्ने हुन्छ । हिमवत्खण्डको बराह पर्वतबाट निस्किएको कोका खोला र कौशिकी संगमलाई बराहतीर्थ मान्दै त्यस स्थानमा पितृ श्राद्ध गर्ने व्यक्ति पितृलोक जाने वर्णन पाइन्छ । त्यही भएर यस ठाउँमा आफ्ना सन्ततिले तर्पण पिण्ड प्रदान गर्छन् भन्ने आशाले आउने गर्दछन् । विसं २०७१ मङ्सिर २६ गते सरकारको निर्णयानुसार छुट्टै गरेको विष्णुपादुका गाविसलाई धरान उपमहानगरपालिकामा गाभिएपछि वडा नं २० बनेको भए पनि विकासको सन्दर्भमा गाविस हुदा विष्णुपादुकाको अवस्था थियो अहिले उपमहानगरपालिका हुदा समेत उस्तै छ । यहा नेपालका मात्र हैन भारतदेखि समेत श्राद्ध गर्न श्रद्धालुहरु आउने गर्छन् । यस्ता ऐतिहासिक महत्वका मठ मन्दिरको संरक्षण र प्रवद्र्धन गर्न अब तीन तहकै सरकारले चासो नदिएको भान त्यहाँ पुग्नेहरुले गरेका छन् ।

तपाईको प्रतिक्रिया