धरान । नेपालका राजा ज्ञानेन्द्र विक्रम शाह उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आतिथ्यपूर्ण निमन्त्रणमा भारत भ्रमणमा जानु भएको छ ।
पौष तेस्रो सातादेखि उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ मेलाको आयोजना हुँदै छ । महाकुम्भको पूर्व सन्ध्यामा योगी आदित्यनाथले नेपालका राजालाई हार्दिकताका साथ आमन्त्रण गर्नुभएको हो ।

भर्खरैमात्र नेपालको सुदुर पश्चिमका केही जिल्लाहरुको भ्रमणका क्रममा दाङ समेत पुग्नु भएका राजा शाहलाई भव्यताका साथ स्थानीयहरुले स्वागत गरेका थिए । नेपालका राजा ज्ञानेन्द्र शाहको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको र राजनैतिक दलका कार्यकर्ताहरु समेत राजा शाहको समर्थनमा राजा आउ देश बचाउ भन्ने नाराका साथ सडकमा आउन थालेकोे समयमा राजा शाहको भारत भ्रमणलाई राजनैतिक वृत्तमा अर्र्थपूर्ण रुपमा हेरिएको छ । मुलुकको सत्ताको बागडोर सम्हालेकाहरु राजधानी बाहिर निस्कँदा कालो झण्डा प्रदर्शन हुने, भद्धा नारा लगाउने, ढुंगा प्रहार हुने गरेको अवस्थामा राजा शाहप्रतिको आस्था चुलिदै गएको छ ।
