धानको निर्यात शुल्क हट्यो

धरान । भारतले नेपालमा निर्यात धानको भन्सार शुल्क हटाएपछि नेपालमा सञ्चालन हुँदै आएका चामल उद्योगहरुले राहत महसुस गरेका छन् ।
नेपालमा सञ्चालित चामल उद्योगहरु पछिल्ला केही बर्ष यता भारतबाट आयात हुने चामलसँग प्रतिष्पर्धा गर्न नसकेर लगभग बन्दको अवस्थामा पुगेका थिए । भारतले नेपालमा निर्यात हुने धानमा १० प्रतिशत शुल्क लगाउँदै आएको थियो भने चालमा कुनै प्रकारको शुल्क लगाएको थिएन । सुनसरीका उद्योगी गोविन्द अग्रवालका अनुसार नेपालमा उत्पादन हुने धानले यहाँका चामल उद्योगहरु दई महिना पनि चल्न सक्ने अवस्था छैन । उद्योग चलाउन भारतकै धानको भर पर्नुपर्ने अवस्था छ । तर धानमा भातरले निर्यात शुल्क लिने र चामलमा कुनै प्रकारको शुल्क नलिने हुँदा व्यवसायीहरुले सिधै भारतबाट चाल आयात गर्दै आएका थिए । विना कुनै लगानी त्यसरी चामल आयात गर्दा यहाँका उद्योगहरु धारासायीमात्र नभएर बन्दै हुन पुगेका थिए ।

नेपालमा धान आयात भारतबाट मात्र हुँदै आएको छ । भारतले अन्य मुलुकमा धान निर्यात गर्दैैन । उसले अन्य मुलुकमा चामल मात्र निर्यात गर्दे आएको छ । धानमा शुल्क हँटेपछि यतिबेला भारतबाट दैनिक लाखौ टन धान आयात हुन थालेको र यहाँका उद्योगहरु दुई सिÏटमा चल्न थालेको अर्का व्यवसायी राजेश अग्रवालको कथन छ ।

तपाईको प्रतिक्रिया