मुलुकका झण्डै एक दर्जन भन्दा बढी सहकारी र बैंक ठगी प्रकरणमा मुछिएका गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने विरुद्ध आइतबार कास्की जिल्ला अदालतमा मुद्धा दायर भएको छ । कास्की जिल्ला अदालतमा दायर भएको मुद्धा पोखराको सुदर्शन सहकारी ठगी प्रकरणको मात्र हो । यस प्रकारका ठगी मुद्धा विरगञ्ज (पर्सा), चितवन, काठमाण्डौ, रुपन्देही (बुटवल) मा समेत क्रमश ःदायर हुने भएका छन् । अमेरिका बसाईका क्रममा समेत ठगी प्रकरणका विरुद्धमा मुद्धा चल्दाचल्दै भागेर नेपाल आएका लामिछानेले गितेन्द्रबाबु बस्नेतललाई प्रभावमा पारेर देशका मुख्य मुख्य सहरमा रहेका सहकारीबाट विना धितो करोडौ रुपैया अपलचन गरेको देखिएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले सुदर्शन सहकारी ठगी प्रकारमा १९ जना विरुद्ध शुक्रबारै पुरक अभियाग पत्र दर्ता गराइसकेको छ । अनुसन्धानका क्रममा प्रहरीले लामिछानेको ठगी प्रकरणमा बलिया प्रमाण जुटाइसकेको छ । एकातिर देशका मुख्य मुख्य सहरमा प्रसस्त निक्षेप रहेका सहकारी ठगी प्रकरण छ छँदैछन् भने अर्कोतर्फ संगठित अपराध र सम्पत्ति सुद्धिकरण थपिएका छन् । यी दुवै प्रकरणमा केन्द्रीय अनुसन्धान व्युरो सिआइवीले अनुसान्धानलाई तिब्रता दिएको छ । लामिछानेको ठगी प्रकरणमा उनकी तेस्री श्रीमति निकिता पौड्याल लामिछाने समेत तानिने सम्भावना उत्तिकै देखिएको छ । तीन बष अगाडि पौड्यालको बैंक खातामा ५ लाख ५० हजार निक्षेप रहेकोमा हाल उनको बैंक खातामा २१ करोड ५० लाख देखिएपछि उनी समेत अनुसन्धानको दायरामा तानिने लगभग निश्चित देखिएको छ । यसैगरि रासकोट अस्पताल निर्माण गर्दा दाताहरुबाट संकलन ११ करोड रकममा समेत घोटाला भएको देखिएको छ । नाम मात्रको उक्त अस्पतालकोे छाना टिनको र भित्ता केब्रिकेटको
रहेको छ । विज्ञहरुका अनुसार उक्त अस्पतालमा लामिछानेले ९ करोड घोटला गरेका छन् । यसैगरि प्राइम बैंक लगायतका बैंकबाट समेत लामिछानेले करोडौ रुपैया बैंक कर्मचारीहरुको मिलीभगतमा अपचलन गरेको पाइएको छ । कार्तिक २ गते प्रहरीले पक्राउ परेका लामिछानेलाई अनुसन्धानको क्रममा उजुरी परेका मातहतका जिल्ला अदालतमा पु¥याउने क्रममा उनका समर्थकहरुले कानुन प्रभावित बनाउने सम्मको कार्यहरु गरेका थिए । त्यो क्रम अध्यावधि छँदैछ । कास्की जिल्ला अदालतमा मुद्धा दायर भएपति थुनछेकको बहस अगाडि बढ्ने छ । यो वहस लामिछानेका वकिल र सरकारी वकिलका बीचमा रस्साकस्सीकै रुपमा रहने देखिएको छ । सरकारी वलिकहरु दह«ो प्रमाण लिएर अदालतमा उपस्थित हुने देखिएको छ भने लामिछानेका वकिलहरु सडकको केही अराजक समर्थकको भीड देखाएर प्रस्तुत हुने निश्चित छ । तर एउटा कुराचाहिँ स्पष्ट के छ भने सडकको भिडले न्याय सम्पादनमा अदालतलाई कुनै प्रभाव पार्न सक्दैन । कास्कीपछि यसै प्रकरका मुद्धाहरु अन्यत्र समेत चल्ने हुादा यस प्रकरणले लामो समय लिनेछ । ठगी प्रकरणकै कारण लामिछानेको राजनैतिक चरित्र धुलिसात हुने भएको छ । विस्तारै प्रारम्भको तुलनामा उनका समर्थकहरु सडकमा पातलिदै गएका छन्, साथ छोड्दै गएका छन् । हिजो आँखामा पट्टी बाँधेर पछि दौडनेहरुले तिबेला आखाको पट्टी खोलेर यथार्थलाई आत्मसात गर्न थालेका छन् ।
