घण्टाघरबाट हेर्दा

सहकारी लुटप्पा
सहकारी लुटप्पा घण्टेका सम्बन्धमा अमान अधिकारवादीहरुले स्यालको हुइøयाँ झै हुइøयाँ मच्चाएको देख्दा घण्टाघरलाई आठौ आश्चर्य लाग्या छ । अमान अधिकारवादीहरुले आजसम्म निर्धा, निर्वल, बलात्कार पीडित, विना कसुर सजाय भोगेकाहरुको मानव अधिकार असुरक्षित भा’को देख्या रै’नछन् । तर घण्टेकोचाहिँ मानव अधिकार हनन भएको छ्याङ्गै देखेछन् । लुटप्पाबाट गतिलै दान, भेटी, कोसेली हात लागेजस्तो छ । हुन त नेपालका अमान अधिकारवादीहरु सबै कोसेली भेटीमै चल्या छन् । त्यसैले यिनलाई भडुवावादी समेत भन्या होला । अस्तिका दिन घण्टेको प्रेसर बढेछ । भडुवावादीहरु मच्चीमच्ची चिच्याउदै थिए । मानव अधिकार हनन भयो भनेर । अरबौ लुट्ने, ठग्ने, लुटप्पाले तीन करोडको गाडी चढ्ने । लुटप्पाले लुटिएकाहरुको कति प्रेसर बढ्या होला ? काइतेहरुले आजसम्म पीडितको सम्बन्धमा किन नबोल्या होला ? आखिरी दोकान न हो । गतिला ग्राहक भड्काउनु पनि त भएन ।
नेताका गुप्ताङ्ग हुन रे
नेपाल पत्रकार महासंघ यस्तो पेशागत र स्वतन्त्र संगठन भा’छ राजनीतिक दलको निकट बिना न त चुनाव लड्न सक्छ न त जित्न नै सक्छ । एकजनाले त केसम्म भन्न भ्याइदिइन् भने नेपाली पत्रकारहरु पत्रकार नभएर नेताहरुको गुप्ताङ्ग हुन रे । बाफ रे वाफ हो । हो जस्तो लाग्यो । अब हेरम न सरकारमा जसको गठबन्धन बन्यो भुइसम्म त्यसैका अनिवार्य गठबन्धन हुनैपर्ने कोही स्वतन्त्र उठ्नै नपाउने । उठेपनि ग्याँची हालिहाल्ने । पहिला माउवादी र लाउरेसको सरकार छँदा केन्द्रदेखि भुइसम्मै युनियन र सेन्टरको गठबन्धन । अहिले झालेमाले र लाउरेसको गठबन्धन छ सर्वत्र युनियन र चौतारीको गठबन्धन । अनि फुइøयाँको पत्रकार स्वतन्त्र हुनु ?
बल्ल परिन म्याकुरी जालमा

झालेमालेका नेता ऋषिकेष पोखरेलकी हाफका पनि दिन नराम्रा आएजस्तो छ । हाफ उर्फ अञ्जना पोख्रेललाई जोगाउन झालेमालेले न्वारानदेखिको बल अइकीअई गरेर लगाए नि पार नलाग्ने भयो । अञ्जना पोख्रेल (कोइराला) ले सहकारीको करोडौ झ्याम बनाएको भन्दै मोरङ जिल्ला अदालतमा पीडितहरुले मुद्धा दायर गरेछन् । राम्रै गरे पीडितले । झालेमाले यतिबेला सरकारको नेतृत्व गरिरहेको छ । नेताकी पत्नी भएकोले पीडक घरमै भए नि फरार भनेर जोगाउँदै आएका थिए । अब भने बल्ल म्याकुरी जालमा पर्ने भा’छिन् ।
अन्टसन्ट बक्दै
माउजादीका आजीवन अध्येक्षे प्रचण्डाउ यतिबेल साह«ै तनावमा छन् । सत्ताबाट लाउरेस र झालेमालेका विरुद्धमा महाअभियान नै चलाएका छन् । हुन त प्रचण्डाउ भएर मात्र हो अरु भा’ भए अस्ति नै कि त बहुलाउथे कि त आत्महत्या गर्थे । धन्न बौलाउने र आत्हत्या गर्ने बाटोचाहिँ रोजेनन् । छँदा खाँदाको त्यत्रो मान, प्रतिष्ठा सबै गुम्दा कोचाहिँ बहुलाउने, बबर्बराउने, आत्महत्या गर्ने हुन्छ र ? हुन त के गर्ने मंगले आफ्नै ढंगले भनेझै वाल्वाटार र सिहदरबार छिर्न कहिले बालकोटमा गएर अण्डा पार्दिने, कहिले बुढानिलकण्ठमा गएर अण्डा पार्दिने । दुवैलाई तिनले पारेको अण्डा स्याहादैको दास्ती भएसी’ बालकोट र बुढानिलकण्ठले खोरै भत्काइदिएछन् । अब दुवैतिर अण्डा पार्न नपाएसी’ विचराले सडकमा चिच्याउनै प¥यो । अहिले त्यही गर्दैछन् क्यारे ।
खड्काले नि भ्याइद्या रैछन्
अर्थोक त त्यस्तै हो संखुवासभाका कोदोमाइसिन उर्फ जलस्रोत मन्त्री त अलिकति गतिला होलान् भन्या त ती पनि दायाँबायाँ गर्ने नै निस्किए । अब हेरम न स्काउटको जग्गा लिजमा लिएर व्यापार गरेका मन्तरी खड्काले स्काउटलाई ५ करोड भन्दा बढी तिर्न बाँकी रै’छ । जे होस भ्याइदिनेमा खड्का पनि दर्ज भा’छन् । सबैतिरबाट काइँकाई हुन थालेसी’ तत्काललाई नाकसम्म जो्गाउन ५० लाखचाहिँ स्काउटलाई दिइ टोपलेछन् । कोही सद्धे ननिस्कने भयो । यतिबेला खड्का आफ्नो मन्त्रालयको कुर्सी प्राधिकरणमा लिएर गा’छन् । प्राधिकरणमा कस्ले कति बजाउँछ भनेर निगरानी गर्न गा’ हुन् रे । पत्याउनेले पत्याइदिए पो ? आफ्नो भागबण्डा विजुलीवालाले खाइदेलान् कि भन्ने चिन्ताले प्राधिकरण गा’ हो भन्दे त लण्ठै साफ । कि कसो हौ ?
अब गुइ“ठे ढकालले के गर्छन् ?
एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आच्या गुइँठे ढकालका पनि दिन बिग्रेको जस्तो छ । हुन त यतिबेला धेरैका दिन राम्रा छैनन् । कसै न कसैले कतै न कतै थोर बहुत भ्याइदिएका छन् । त्यसमाथि ओम्नी काण्ड पनि एउटा चर्चित काण्ड हो । जसको डिजाइन गुइँठे ढकाललले ग¥या थिए । कोरोनाको बेलामा ओम्नीसँग एक अब भन्दा बढीको स्वास्थ्य सामाग्री ढकालले खरिद गरे । आफू खुशी खरिद गरिएका त्यस्ता स्वास्थ्य सामाग्री ४८ गुणा भन्दा बढी मूल्यमा खरिद गरेर गुइँठे ढकालले राम्रैसँग बन्दोबस्त ग¥या थिए । पाप धूरीबाट कराउँछ भन्ने हो रै’छ । अहिले त्यसमा छनविन हुँदा कमिशन, भ्रष्टाचार गरेको पुष्टि भा’छ । जे होस् गठबन्धनका मुखिया खप्रओले योचाहिँ राम्रो काम गरेछन् । अब गुइँठे ढकाललाई कहिले क¥यापझ्याप पार्ने हो त्यो पन खुलाइदिए घण्टाघरलाई ढुक्क हुने थियो ।
घण्टेको जोइको खातामा २१ करोड
देशका मुख्य मुख्य सहरका सहकारी ठगीमा प्रहरीले फनफनी घुमाएर अदालतमा उपस्थिति गराउँदै आएका सहकारी ठग घण्टेकी चौथो श्रीमति निकिताको बैंक खातामा चार बर्षभित्रैमा २१ करोड रकम फेला परेछ । हैट † चार बर्ष अगाडि ५ लाख रहेको खातामा यतिका रकम कहाँबाट बर्सेछ त ? बर्सिहाल्छ नि । अमेरिकामा बस्दा ठगीमै ९ वटा मुद्धा झे्लेका घण्टे पार्टीका अध्यक्ष नै श्रीमान् भएसी’ । अमेरिकामा त्यत्रो कडा कानुन छ । नेपालको कानुन त उही होलैबरी । अनि निकिताको खातामा २१ करोड जम्मा हुँदा के आश्चर्य मान्नु ? कि कसो हौ ?
अन्तेमा
नेप्लिज लाँग्रेसका अर्धयुवा गनगने थापालाई यतिबेला उत्पात डर लाग्न थाल्या छ । डर लाग्नुको प्रमुख कारणचाहिँ लाउरेस विस्तारै ट्रयाकमा आउन थाल्या छ । ट्रयाकमा पूर्ण रुपले आउन्ज्याल आफ्नै राजनीति सिद्धिन्छ कि भन्न भा’छ । अब हेरम न बाख्रा काण्डले मटनकाजीको उपाधि दिएको छ । ल्यापटप काण्डले लघारेको लघारै छ । विस्तारै बाख्रा काण्ड भुल्दै गा’थिए । खुबै जान्ने भएर ल्यापटप काण्ड किन जन्माउनु प¥या हो ? हुन त गनगने काजी कि त ढुंगा हानेर नेता भा’ हुन्, कि त ज्यादा गनगन गरेर नेता भा’ हुन् । ठाउँ कुठाउँमा गनगन गर्दा नेता हुने योगमा राहु केतुको इन्ट्री हुने छाँट छ । त्यसैले गनगन कम गरे वेश ।

तपाईको प्रतिक्रिया