माओवादी केन्द्र धरानको अध्यक्षमा लिम्बु

धरान । लामो समयको रस्साकस्सीपछि नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटी तेस्रो अधिवेशनले सर्वसम्मत पदाधिकारी चयन गरेको छ ।
जस अनुसार केन्द्रको धरान उपमहानगर कमिटीको अध्यक्षमा उद्धव लिम्बु सर्वसम्मत हुनु् भएको छ । अध्यक्षमा तीन जना आकांक्षी भएपनि अध्यक्षसहित सबै सदस्यहरु सर्वसम्मत चयन गरिएको हो । अध्यक्षमा निवार्चित हुनु भएका लिम्बुसँगै उपाध्यक्ष बन्नुभएका बजगाई र सचिव भुपाल चाम्लिङ राई पनि अध्यक्षका आकांक्षी हुनुहुन्थ्यो । ६९ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सिपी बजगाइ, उपाध्यक्ष सुवास खवास, शेष कुमारी घिमिरे, सञ्जुहाङ साँवा बन्नुभएको छ भनेल सचिव भूपाल चाम्लिङ राई, सहसचिव सुमन गहतराज, कोषाध्यक्ष मिक्मा भोटे चयन हुनुभएको छ ।

सदस्यहरू सम्फर तामाङ, जीवन राई, मङ्गल सिंह लिम्बु, चन्द्र कुलुङ्ग, आकाश लिम्बु, गेल्वु शेर्पा, बुद्रोस लिम्बु, केशव रिजाल, उद्धव राई, राम खाती, तिलक पौडेल, बम बहादुर तामाङ, देव राई, मो.ईस्तयाज मुस्लिम रहनु भएको छ । यस्तै डम्बर कुमारी देवान, मिना कुमारी राई, बन्दना राई, कृपा राई, कमला बस्नेत, लक्ष्मी रहपाल, विशाल राई, रविन श्रेष्ठ, ऋतुवर्ण राई, दीपक घिसिङ, छोजुङ शेर्पा, शारदा मास्के, तारा राई, राधिका गजमेर लगायत रहनु भएको छ । अधिवेशन माओवादी प्रदेश सह इन्चार्ज सावित्री काफले समरको प्रमुख आतिथ्यमा भएको थियो । केन्द्रीय सदस्यद्वय मुक्साहाङ मेन्याङवो, उमिता बराइली, प्रदेश उपाध्यक्ष शिव डाँगी, प्रदेश सचिवालय सदस्य, धरानका उपमेयर अईन्द्रविक्रम बेघाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया