धरान । धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियर क्याम्पसका एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट (एसेस) र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा सातौ एसेस टेक फेस्ट हुने भएको छ । पुर्वाञ्चल इन्जिनियर कलेजको खेल मैदानमा मंसिर २६ गते देखि २९ गते सम्म हुने फेस्टमा देशभरबाट सहभागि हुन आउने आयोजकले जनाएको छ । धरान, इटहरी, मोरङ, झापा, पोखरा, काठमाण्डौ, वुटवल लगायतवाट ५ हजार भन्दा वढि विद्यार्थीहरु फेस्टमा प्रतिष्पर्धा गर्न तथा अवलोका लागि सहभागि हुने आयोजक एसेसका अध्यक्ष दिनेश नेपालले जानकारी गराउनुभयो । आइटी शिक्षाको पर्वद्धन, महत्व, अवसर र आइटीका विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि एसेस टेक फेस्टको आयोजनाको सुरुवात गरिएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । फेस्टमा आइटी विद्यार्थीहरुले आफ्नो विभिन्न प्रोजेक्ट सो गर्नेछ । प्रोजेक्ट सो हेर्न तथा अवलोकन गर्न धरानका विभिन्न विद्यालयबाट विद्यार्थीहरु आउने गरेका छन । आइटी फिल्डमा लाग्ने विद्यार्थीहरुको लागि यो उपयोगी हुने अध्यक्ष नेपालले बताउनुभयो । यससँगै फेस्टमा इन्र्टन विद्यार्थीहरुद्धारा प्रस्तुत गरिएको प्रोजेक्ट सो हेर्न विभिन्न कम्पनीका प्रतिनिधिहरु आउने गरेको र विद्यार्थीको क्षमता हेरेर जव अफर समेत गर्ने गरेको उहाँले वताउनुभयो । फेस्टमा आइटी सम्वन्धि विभिन्न स्टल समेत रहने छ ।
ह्याकेथन कम्पिटिसन विजेतालाई १ लाख ८० हजार पुरस्कार

फेस्टमा आकर्षणको रुपमा ह्याकेथन कम्पिटिशन रहेको छ । ह्याकेथन कम्पिटिसनमा पहिलो, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख ८० हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । कम्पिटिसनमा देशभरका ३५ भन्दा वढि टिमले सहभागिता जनाउने एसेसका जनसम्र्पक प्रमूख अमोघ भट्टराईले जानकारी दिनुभयो । यससँगै फेस्टमा एआर वघण्ड, क्याप्चर द फल्याग, युआइ युएक्स डिजाइन, गुगल मेस्ट्रो, गेम फेस्टिभल लगायत कम्पिटिसन हुने भएको छ । कम्पिटिसनका सवै टिम तथा खेलाडीले नगद पुरस्कार गिफ्ट ह्म्पर र प्रमाणपत्र प्राप्त गर्नेछन् । फेस्ट विहान १० वजे देखि साझ ५ गते सम्म हुनेछ । समापनमा भने सांगीतीक कार्यक्रम समेत हुने जनसम्र्पक प्रमूख भट्टराईले जानकारी दिनुभयो ।
