घण्टाघरबाट हेर्दा

मार्केट हर्कुकै छ
यतिबेला सर्वत्र चर्चा छ त धरानका स्वघोषित छोटे राजाको । छोटे राजाको यतिबेला साह«ै चित्त दुखेको छ । चित्त दुखेपछि अरुका विरुद्धमा खनिनु, बर्बराउनु त सामान्य कुरा हो । रिस उठेपछि कसैले नि रामायण पढ्दैनन् महाभारत नै मच्चाउँछन् । छोटे राजाले नि महाभारत नै मच्चाइद्या छन् । अब हेरौ न बेलायतमा आवासीय भीषा लिएर बसेकाहरुले त्यत्रो भ्रमणको निम्ता दिए । यो चानचुने कुरा हुदै होइन । लत्तरो मान्छेलाई उनीहरुले बोलाउदै बोलाउदैनन् । हाम्रा छोटे राजा नि तामझाम सहित आफ्ना एक आद्य नन्दीलाई पछुवा लगाएर बेलायत हिँडे । छोटे राजा बेलायत जाँदा अर्का हाफ छोटे राजाले यात्राको शुभकामना दिन समेत कन्ज्युस्याई गरे । कमसेकम यात्राको शुभकामना भन्द्या भए छोटे राजाको कन्पारो तात्तिने त थिएन । हिड्दा हाफ छोटेलाई कावा मेयर दिएनन भनेर भाँडभैला मच्चाए । दिने कुरा पनि भएन । कमसेकम शुभयात्रा भन्द्या भए छोटे राजाले कावा मेयर त दिन्थे । समयमै बुद्धि नपुग्दा हाफ टेको कावा मेयर पदै गुम्यो ।
घण्टेको पाण्डुलिपी हरायो रे

नेपालका चर्चित सहकारी ठग घण्टेको पाण्डुलिपी हरायो रे । सहकारी ठग घण्टे यतिबेला प्रहरीको हिरासतमा स्वर्ण जयन्ति मनाउने तरखरमा पुग्या छन् । हिरासतमा हुँदा ठगी सम्बन्धी १०१ उपाय सुत्र तयार पारेका घण्टेको पाण्डुलिपी धन्न समयमै हराएछ । हिरासतमा कथंमकदाचित बाहिर आए भने थप सहकारीहरु कसरी ठग्ने भनेर उनले पाण्डुलिपीमा उल्लेख ग¥या थे रे । घण्टेले चाहिँ पाण्डुलिपी प्रहरीले गायव पा¥यो भनेर गम्भीर आरोप लगाका रै’छन् । प्रहरीले लग्या भए त बेसै भयो । बाँकी रहेको सहकारीहरु ठगी नबाट जोगिन्थे । अरुले नै फेला पारेका भएचाहिँ बर्बादै हुने भयो । अरुले नै फेला पारेको भए थप कैयौ घण्टेहरुको जन्म हुने भयो । बेलैमा डायरीको टुंगो नलागेसम्म सहकारीहरुले उच्च शतर्कता अपनाउनुपर्ने भएको छ ।
ठग र हत्याराको फ्युजन
बिना पिँधको लोटा, आयाराम गयाराम, लैवरी नेताको उपाधिबाट सुसोभित लाउराम भट्टराई अस्तिका दिन बडो हतारमा थिए । उनलाई कसैसँग बोल्न फुर्सद सम्म थिएन । उनी बेगवान ढंगले आफ्नो करोडौको गाडीमा पोखरातिर हान्निदै थिए । बडो चिन्तत थिए । उनको अनुहारमा १२ बज्या थियो । घण्टाघरले उनको अनुहारको १२ बज्नुको कारण खोतल्दा त झण्डै झण्डै उत्तानो प¥या । ती लैवरी नेता त नेपालका चर्चित सहकारी ठग घण्टेलाई भेट्न पो पोखरा हान्निएका रै’छन् । क्या गज्जब छ एउटा ठग र अर्को हत्यारााको फ्युजन । भेटघाट गरेर फर्केसी’ तिनले भने घण्टेको मानव अधिकार हनन भयो रे । आखिरी बिना पिँधका लोटाले ठगको मानव अधिकार हनन भएको मात्र देखेछन् ठगिनेहरुको उठिवास भएको पत्तै पाएनछन् ।
तीस मिनेट बन्द भयो रे
नेपालका पर्धानमन्तरी अस्तिका दिन डिलपारिको छिमेकीको घरबाट फर्कदा नेपालको विमान स्थल ३० मिनेट बन्द भयो भनेर एकथरि गलगाँडाहरुले सामाजिक सञ्जालमा कोकोहोलो नै मचाए । गलगाँडाहरुको कामै कोकोहोलो मच्चाउने त हो । धन्न तीस मिनेट बन्द भएछ । त्यत्रो काम गरेर, त्यत्रा आउरे, भाउरे, लाउकेलाई लिएर आउनु चानचुने कुरा थिएन । मुलुककलाई उच्च विन्दुमा ऋणको भार बोकाउने विआरआई सम्झौतामा हस्ताक्षर गर्नु सामान्य कुुरा होइन । अहिलेसम्म नेपालका कुनै माइकालाल नेताले चक्रवर्ती व्याज बोक्ने गरी ऋण लिन्छु भनेर विहारआइमा हस्ताक्षर गर्ने शाहस ग¥या थिएनन् । हाम्रा र्धानमन्तरीले त्यो महान साहसिक कामे गरेर आ’छन् । उनी विमान स्थलमा आइपुग्दा जाबो तीस मिनेटत विमान स्थल बन्द गरिँदा आकाशै फुट्ला जस्तो गरेर सामाजिक सञ्जालमा किन चिच्याउनु ? बात करता है ।
मटन काजीले के भन्या होला ?
नेपालका मटनकाजी पनि कहिलेकाँकी त उट्पट्याङै गफ हान्दिन्छन् । मटनकाजी उर्फ गनगने थापा । अब हेरम न अस्तिका दिन गनगने थापालाई लाउरेसको एउटा कार्जेक्रममा भनेछन् लाउरेसले ऋण लिएर कुनैपनि परियोजना बनाउन दिदैन, देशलाई ऋणको पासोमा पर्न दिँदैन रे । हैन हौ मटनकाजी आफैले परियोजना बनाउन त हुनुप¥यो नि कान्छी नानी ? जनताबाट चर्को कर असुली गरेर स्थानीय, प्रदेश र संघीय बेरोजगारीहरु पाल्दैमा ठीक छ । घर भएर नि घर भाडा लिन लाज नमान्ने, विजुली, पत्र पत्रिका, टेलिफोन, कपडा, तलब, गार्ड सबै चािहने अनि ऋण लिएर परियोजना बनाउनु हुन्न भनेर चिच्याउनु त अलि हजम हुँदैन कि ? हुन त मटन काजीलाई कस्ले पो चिन्या छैन र ? उनी उही भुक्ने मात्र हुन् । लछारपाटोचाहिँ केही लगाउने हैनन् । हेरम आगामी दिनमा नपालका परियोजाहरुमा ऋणले काम गर्छ कि गर्दैन ?
¥याले आए ल्याङ ल्याङ गरे
अस्तिका दिन धरानमा र्याले काजी आए । उनका भक्तहरु बडो हौसिएका थिए । अरुलाई त र्याले काजी उर्फ लाउरेसका सभापतिको छेउछाउमा पुग्नै नदिने । तिनेरले चाकडीको कला रामै्रसँग सिक्या रै’छन् । र्याले काजी धरान आएर केही त हुन्छ कि भन्ने घण्टाघरलाई लाग्या थियो । फुइøयाँ केही हुनु ? काजीले र्याल चुहाएर हातले सरक्क पुछ्नु भन्दा अगाडि अलिकति ल्याङल्याङ गर्ने भए । उनले ल्याङ ल्याङ गर्दा के भने कसैले बुझे त मरिजाऔं । पछि घण्टाघरले सोधी खोजी गर्दा पत्तो लायो धरा..न अत्यन्तै…….. सु छ । तर पानीको…….रैछ भन्या रै’छन् । यति भनेर काजी थपक्क बस्या थिए । र्याले काजी आउँदा अबचाहिँ अर्थोक नभए नि पानीचाहिँ ह्वालह्वाल्ती आउला भन्ने ठान्याहरु हिस्स पर्दै फर्किए । हुन त आफ्नै गाउँ डडेलधुरामा काकाकुल छ । बाँकी ऐजन ऐजन ।
चल्दिछन् राष्ट्रिय भाउजु हेगतिर
भ्रष्टाचारकी कुल देवी भनेर चर्चा बटुलेकी हाम्री राष्ट्रिय भाउजुको यो बर्ष त भ्रमण बर्ष नै रै’छ कि क्या हो ? कहिले दक्षिणतिर हान्निएकी छन्, कहिले जापानतिर हान्निएकी छन्, कहिले उत्तरतिर हान्निएकी छन् । हुँदा हुँदा अस्तिका दिन नेदरल्याण्डको हेगतिर हान्निएकी छन् । हुन त नामै परराष्ट्र मन्त्रालयको मुखिनी भएसी’ राष्ट्रमात्र हैन पर पर परका राष्ट्रको दौडाहा गरिरहनु पर्ने होला । तर यत्तिको दौडाहा त यस भन्दा अगाडिको परराष्ट्र मन्तरीहरुले ग¥या थे जस्तो साह«ै लाग्दैन घण्टाघरलाई । जति दौडिए नि देशको लागि केही झर्ने होइन । उल्फाको धन फुपूको श्राद्ध । आफ्नो खल्तिबाट सुको खर्च हुने हैन क्यारे । फेरि आफ्ना वरपरका नन्दीभृंगीहरुलाई नि साथैमा लिएर जान पाइने । जे होस हाम्री राष्ट्रिय भाउजुको विदेश घुमाइचाहिँ रात दुगुना दिन चौगुना भाकै हो । अब शुभयात्रा त भन्नै पर्ला । कि कसो हो ?
अन्तेमा
ऊर्जा मन्तरी दिपक खड्का यतिबेला प्राधिकरणका घिसिङले दायाँ बायाँ, चलखेल गर्लान् कि भनेर प्राधिकरणकै अफिसाँ डेरा डण्डा जमाएर बस्या छन् । यतिसम्म छ ठीकै हो तर खड्का पनि दूधले नुहाएका भने रै’नछन् । उनले काठमाण्डौको स्काउटको १० रोपनी जग्गा उहिल्यै भ्याइसक्या रै’छन् । आश लाग्दो केटो जेठाजु प¥यो भन्या यही हो । अरु सबै ठँसठँस्ती गन्हाएका छन् । खड्काचाहिँ भलामानुस होलान् भन्या त फुइøयाँ हुनु ? हिजो आज त सत्तामा बस्या, पार्टीमा लागेर सत्तामा नबस्या जस्को अनुहार देख्दा नि घण्टाघरलाई गन्हाउन थाल्या छ । हुन त टिमिक्क परेर जस्ले सुकिला मुकिला पहिरन पहिरिएको छ त्यसबाट भ्रष्टाचारको गन्ध सबैलाई आउँछ होला कि कसो हौ ?

तपाईको प्रतिक्रिया