धरान । स्थानीय सरकारप्रमुखले प्रेस स्वतन्तताको हनन गरेको विषयमा चरणवद्ध आन्दोलनमा होमिएका सुनसरीका पत्रकारहरुले आज धरानमा मौन ¥याली प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा सुनसरीका पत्रकारहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले आफ्नो विरुद्ध आएको समाचारको प्रसंगलाई लिएर आफ्नै फेसबुक फेच ‘हर्क साम्पाङ ए रेभुलेसन’ द्वारा सार्वजिनक रुपमा धाकधम्कीकै भाषामा अस्लिल शब्द लेखेपछि आन्दोलित पत्रकारहरुले मौन ¥यालीको आयोजना गरेका हुन् । कानुनी उपचारसँगै सुरक्षाको माग गर्दै आएका पत्रकारहरुले आज भने मौन ¥याली निकालेका हुन् । मौन ¥याली धरान २ भानुचौदेखि धरान १२ चतरालाइनस्थित उपमहानगरपालिकाको गेट अगाडि आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै अग्रज पत्रकार हर्ष सुब्बाले नेपाल धेरै राजनीतिक परिवर्तन भएपनि प्रेस स्वतन्त्रताको ग्यारेन्टी कसैले अहिलेसम्म गर्न नसकेको अभिव्यक्ति दिनुभयो । उहाले स्थानीय सरकारले स्थानीय स्तरका सञ्चारमाध्यम तथा सञ्चारकर्मीको विषयमा नीति नियम बनाएर अगाडि बढ्नुपर्नेमा आफ्नो विरुद्धमा समाचार आएकै कारण सञ्चारकर्मीमाथि धाक धम्कीको भाषा प्रयोग गरेर अराजकता फैलाउनु राम्रो् नभएको बताउनुभयो । स्थानीय सरकारप्रमुखको रवैयाको विरुद्धमा मौन जुलुस प्रदर्शन गर्नुपरेको उहाँको भनाई थियो ।


केही समय अगाडि खोजपत्रकार गोपाल दाहालले मेयर हर्क साम्पाङका वेथितिका विरुद्धमा समाचार आएपछि मेयर साम्पाङले आफ्नो पेशबुक पेज मार्फत धरान १८ ग्रिन टिमा धम्कीको भाषा प्रयोग गरेर आउन उर्दी जारी गर्नुभएको थियो । उहाँसँगै महासंघ सुनसरीका अध्यक्ष जनकऋषिलाई समेत उर्दी गरेपछि सञ्चारकर्मी आक्रोसित बनेका थिए । मेयर राइको प्रवृत्तिप्रति र उहाँको व्यवहारले सञ्चारकर्मी असुरक्षित भएको महसुस गरी चरणवद्ध आन्दोलनमा उत्रिनु परेको महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताउनुभयो । समाचार आएको विषयमा चित्त नबुझे कानुनी प्रक्रियाबाट जाने प्रावधान हुँदाहुदै आफ्नो कर्तुत ढाकछोप गर्न सञ्चारकर्मीहरुलाई धम्क्याएको धरानका नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी तथा सर्वसाधारणले बुझेका छन् । सबैले पत्रकारको आन्दोलनमा ऐक्यवद्धता समेत जनाएका छन् ।
