धरान । स्वास्थ्यको आधार खेलकुद भन्ने मूलमन्त्र बोकेर विद्यार्थीहरुलाई समावेश गराई म्याराथुन दौड प्रतियोगिताको आयोजना गर्दै आएको सामाजिक सस्था लियो क्लब अफ धरान विजयपुरले यस पटक पनि तेस्रो संस्करणको प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीहरुलाई प्रतियोगितामार्फत पुरस्कृत गर्नेमात्र नभई खेलकुद स्वास्थ्यको मूल आधार भन्ने कुरा जानकारी गराउनकै लागि पनि प्रत्येक बर्ष दौड प्रतियोगिताको आयोजन गर्दै आएको हो । सामाजिक क्षेत्रमा काम गर्दै आएको त्यसमा पनि युवा पुस्ताको वृत्ति विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको लियो क्लब अफ धरान विजयपुरले यस बर्ष पनि ५ के रन प्रतियोगिताको आयोजना गरेको छ । विद्यार्थीहरुलाई सहभागी गराई आयोजना गर्दै आएको प्रतियोगितामा सहभागीहरु समेत बढ््दै गएको लियो क्लब अफ धरान घोपाका अध्यक्ष प्रवेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२२ देखि शुरु भएको रनको पहिलो संस्करणमा ७ सय जना विद्यार्थीहरु सहभागी रहेका थिए । यस्तै दोस्रो संस्करणमा ७५० र अहिले भएको तेस्रो संस्करणमा १ हजार जनाले प्रतिष्पर्धा गरेका छन् । प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका विद्यालयका विद्यार्थीहरु सहभागी रहेको बताउनुभयो । प्रतियोगितामा कक्षा ७ देखि १० र कक्षा ११ र १२ का छात्रछात्रा गरी ४ समूहमा विभाजन गरी प्रतियोगिताको आयोजना गरिएको थियो । पढाइका अलावा खेलकुदमा प्रतिष्पर्धा गराउने मुख्य उद्देश्यले निरन्तर रनको आयोजना गर्दै आएको लियो क्लब अफ धरान विजयपुरका पूर्व अध्यक्ष प्रतीक ओझाले जानकारी दिनुभयो । तियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने धावक, धाविकाहरूलाई ९ हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार, मेडल र उपहार भौचर प्रदान गरिएको थियो भने सम्पूर्ण सहभागीहरूले निःशुल्क टिसर्ट पाएका थिए ,
दौड प्रतियोगितामा भानु चोकबाट पुतली लाइन, कल्याण चौक, पानीटंकी, चतरा लाइन, छाता चोक, सिंहदेवी, पुरानो बजारबाट देशीलाईन हुँदै भानु चौकको अन्तिम विन्दसम्मु ५ किमीको यात्रा तय गरेका थिए ।
