धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई पछिल्लो समय एक पछि अर्को विवादमा तानिदै जानुभएको छ । स्थानीय सरकारप्रमुख भएर पनि सरकारप्रमुखको जस्तो व्यवहार नगरी विगतमा अभियन्ता हुदाको बोली व्यवहार अहिले पनि रहेका कारण मेयर राई विवादित र आलोचित बन्दै जानु भएको हो । पछिल्लो समय सञ्चारकर्मीमाथि आफ्नो विरुद्धमा आएको समाचारप्रति ससामाजिक सञ्चालमार्फत आक्रोसित बन्दै मेयरले प्रयोग गरेको भाषा शैलीले उहाँको व्यवहार झन झन उदांगिएको छ । ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! नत्र तँ मूलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस नेपालमा ! जनक ऋषि भन्ने पनि आउनु ! निक्कै फुरफुर गरिस तिमेरुले ऐना हेर्दा थुक्ने बनाइन्छु भने मेरो नाम हर्क साम्पाङ होइन !’ माथि प्रयोग गरेको भाषा शैली अरु कसैको होइन, यो धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आफ्नो सामाजिक सञ्जाल ‘हर्क साम्पाङ ए रेभुलेसन’ मा प्रयोग गरेको शब्द हो । उहाँले प्रयोग गरेको यो भाषा शैली उदाहरणमात्र हो, उहाँलाई आफ्नो विरुद्धमा जो कोहीले विरोध ग¥यो उहाँ आफ्नै सामाजिक सञ्चालको प्रयोग गरी अशिष्ट भाषामा स्टाटस लेखिहाल्नुहुन्छ । प्छिल्लो समय मेयर राईको विषयमा विगत र बर्तमानलाई समेटेर सञ्चारकर्मी गोपाल दाहालले समाचार सम्प्रेषण गरेपछि सामाजिक सञ्चालनमा अशिष्ट तथा धम्कीकौ भाषामा लेखेको शब्दप्रति अहिले सुनसरीका पत्रकार आन्दोलित छन् । उहाँले पत्रकार दाहालसँगै महासंघका अध्यक्ष जनकऋषि राईलाई समेत चुनौति दिदै धम्कीपूर्ण भाषामा लेखेको शब्दप्रति सञ्चारकर्मी अशुरिक्षत रहेकौ भन्दै शुक्रबार महासंघले गृहमन्त्री रमेश लेखकलाई सुरक्षाको प्रत्याभूतिसँगै प्रेस स्वतन्त्रता हनन भएकोप्रति ध्यानाकर्षण गराउदै ज्ञानपनपत्र बुझाएका छन । ज्ञानपत्र बुझिसकेपछि गृहमन्त्री लेखकले नेपाल सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर रहेको बताउनुभयो । उहाँले लोकतन्त्र स्थापनाका लागि सञ्चार जगतको भूमिका महत्वपूर्ण भएकोले यसका सरकार गम्भीर रहेको बताउनुभयो ।

आफू असुरक्षित भएपछि पत्रकारहरुले लगत्तै एक छलफल गरी कानूनी उपचारमा जाने र सुरक्षाको प्रत्याभूतिको माग गर्दै प्रहरी प्रशासनमा जानकारी समेत गराइसकेका छन् ।
सरकारले सञ्चारमाध्यम तथा सञ्चारकर्मीको संरक्षणकालागि नीति बनाउनु पर्नेमा सरकारबाटै असुरक्षित बनेपछि पीडितहरुले न्यायको ढोका ढक्ढक्याउन पुगेका हुन् । समाचार लेखेकै भरमा धम्की खेप्नु परेका पीडित पत्रकार गोपाल दाहालले समाचार लेखेकै भरमा स्थानीय सरकारबाटै धाकधम्की आउनु राम्रो नभएको बताउनुभयो । धरानका अग्रज पत्रकार हर्ष सुब्बाले धरानको दीर्घकालीन विकास योजनामा मेयर साम्पाङको ध्यान नगएको बताउदै विगतमा अभियन्ता हुदादेखिका समर्थकले उकासेकै भरमा जथाभावि काम गर्ने र अशिष्ट भाषा प्रयोग गरेर गालीगलौजमा उत्रिने गरेको बताउनुभयो । मेयर राई सञ्चारकर्मीमात्र हैन २० वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा उपमेयरसँग पनि सहकार्य गरेर अगाडि बढ्न सक्नु भएको छैन । धरान उपमहानगरपालिकामा कुनै पनि प्रमुख प्रशासकीय अधिकृत नआउने र आएकाहरु पनि लामो समय नबस्ने रोग नै बनिसकेको छ । आएका प्रशासकीय अधिकृलाई कति काम दिने भन्ने अधिकार आफूसँग निहीत भएको भन्दै अहंकारको भाषा ओकल्ने गर्नुहुन्छ । उहाँले बारम्बार प्रमुख प्रशाकीय अधिकृतको माग गर्दै आफ्नै सामाजिक सञ्चालमा लखेको स्टाटसले समेत स्पष्ट पार्छ । उहाँले करारका कर्मचारीहरुलाई काम नगरेको भन्दै जथाभावि निकाल्ने र आफ्नै मान्छेलाई भर्ति गर्ने गरेको कुरा बारम्बार कार्यपालिका बैठकमा कुरा उठ्दा आफ्नै अडानमा अडिग रही आफ्नै निर्णय मात्र जायज भएको अडान राख्ने गरेको प्रवृत्ति उहाँको अहिलेसम्म गएकाो छैन । धरान १४ मा चर्च बनाएको विषयमा होस् या धरानका कुनै विकास निर्माणका काम होस् उहाँले कानुनसम्वत नगरी आँखा चिम्लिएर गर्ने गरेको, सञ्चारकर्मीमात्र हैन आफू विरुद्ध लाग्ने जोकोहीलाई तथानाम गाली गर्ने, समाचारको विषयलाई लिएर कोकोहोलो मच्चाउने, धरानमा बर्षौदेखिको खानेपानी समस्याको विषयमा दीर्घकालीन समस्या नखोजेर अल्कालीन समस्या समाधानमा रमाएर क्षणिक वाहवाही कमाउनेबाहेक केही गर्न सक्नु भएको छैन । स्थानीय तहको निर्वाचनमा दलहरुले समेत धरानको विकास निर्माणमा केही लछारपाटो नलाएपछि विकल्पमा स्वतन्त्र उमेदार राईलाई जिताएसँगै मेयर राईको कार्यशैलीप्रति अवाक बन्दै भोट दिएकोमा पश्चाताप गरेर बस्न बाध्य छन् । आगामी निर्वाचनमा धरानेहरुले यस्ता कुरालाई मनन गर्न नसकेको खण्डमा धरानको भविष्य कता जाने हो भन्न सकिने अवस्था छैन ।
