अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय ०४७ सालको संविधान निर्माण मस्यौदा समितिका सचिवसमेत हुन् । नयाा संविधान ०७२ को मस्यौदामा रहेको नागरिकता सम्बन्धी प्रावधानमाथि महिला अधिकारकर्मी र मधेसवादी दलहरुले आलोचना
गरिरहेका बेला उपाध्यायले चााहि महिला र मधेसवादीको तर्कलाई गलत बताएका छन् ।
नागरिकताको प्रावधानमा ‘आमा वा बाबु’ को साटो ‘आमा र बाबु’ नै राख्नु उपयुक्त हुने उपाध्यायको जिकिर छ । त्यस्तै बाबु ठेगान नभएको भन्ने प्रावधानमा पनि उनी असहमत छन् । बच्चा आकाशबाट झर्दैन भन्दै उपाध्याय भन्छन ‘बच्चाको बाबु को हो भन्ने पहिचान हुन्छ ।’
नयाा संविधानमाथि सुझाव संकलन भइरहेका बेला नागरिकताको सवालमा नेपालले अपनाउनुपर्ने नीति के हो भन्नेबारे पूर्वप्रशासक उपाध्यायसाग गरिएको कुराकानी :
?संविधानको मस्यौदामा वंशजका आधारमा दिइने नागरिकतामा बाबु र आमा भनिएकोमा आपत्ति छ, माओवादीसहितकै दलले पनि विरोध गरे । यसमा तपाईको धारणा के छ ?
(किन आपत्ति हुनु पर्ने ?
समानता भएन रे । बाबु वा आमा लेख्नुपर्छ रे ?
–नागरिता भनेको कागजको खोस्टो त होइन । केही सर्तहरु छन, जुन हाम्रो देशको आवश्यकता अनुसार राखिएको हो
(समानता यस कारण भएन कि त्यो वंशजका आधारमा दिइने नागरिकता हो ।
अमेरिकाको राष्ट्रपति हुन त्यहीा जन्मेको हुनुपर्छ भनेर किन लेखिएको ? समानता त भएन । भूटानमा बाबु र आमा लेखिएको छ । समानता त भएन । त्यसैले मैले सुरुमा नै भनें समानता भनेको के ? यो निरपेक्ष हुादैन । नागरिता भनेको कागजको खोस्टो त होइन । केही सर्तहरु छन, जुन हाम्रो देशको आवश्यकता अनुसार राखिएको हो ।
?बाबु वा आमा लेख्दा के बिग्रन्छ र ?
–त्यसले विदेशीलाई फाइदा हुन्छ । आमा नेपाली र बाबु विदेशी भए पनि वंशजको नागरिकता पाउाछन् ।
अहिले बाबु र आमा हुादा एक
जेनेरेशन अंगीकृत हुन्छ, अर्को त वंशज नै हुन्छ । एक जेनेरेशन कुर्न किन गाह्रो ? यसपालि त झन लिबरल बनाइएको छ । कुनै व्यक्ति जन्मादा आमा वा बाबुमध्ये एक नेपाली नागरिक रहेको र नागरिकता प्राप्त गर्दाका बखतमा निजका आमा र बाबु दुबै नेपाली रहेछन् भने वंशजकै नागरिकता पाउाछ भनिएको छ ।
यो भनेको विदेशी बाबु छ तर, उसले १५ वर्ष बसेर अगीकृत नागरिकता लिइसकेपछि उसका उसको सन्तानले वंशजकै आधारमा पाउाछ । आमा र बाबु हुनुपर्नेमा र हटाएर वा राखिएको छ । यो हुनुहुादैन ।
बाबुको पहिचान भयो कि भएन भन्ने प्रमाण त पुर्रुयाउनु पर्रुयो नि । बच्चा त आकाशबाट आउादैन । बाबु त होला । बाबु को हो भनेर भन्नै नपर्ने भनेको के ?
?महिला अधिकारकर्मीहरुको त नेपाली आमाले आफ्नो सन्तानलाई नागरिकता प्रदान गर्ने अधिकार र स्वतन्त्रता सुनिश्चित हुनुपर्यो भन्ने माग छ नि ?
–प्रस्तावित संविधानको धारा १२ को उपधारा ४ मा नेपाली नागरिकबाट आमाको जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिलाई वंशजको नागरिकता दिने भनिएको छ ।
तर, उहााहरुको माग बाबुको खोजी नगर, आमाले भनेपछि तुरुन्त नागरिकता दे भन्ने छ ।
बाबुको पहिचान भयो कि भएन भन्ने प्रमाण त पुर्याउनु पर्रुयो नि । बच्चा त आकाशबाट आउादैन । बाबु त होला । बाबु को हो भनेर भन्नै नपर्ने भनेको के ? बाबुको पहिचान भएन भनेर स्थापित गर्नुपर्दैन ? आमाले भन्दैमा हुन्छ ? पहिचान नहुनका लागि के हुनुपर्रुयो भने आध्यारो रातमा कसले बलात्कार गर्यो थाहा भएन, बेहोस भएका बेला कसले के गर्यो थाहा भएन भन्नु पर्रुयो । नत्र किन पहिचान हुादैन ?
?विदेशी महिला र पुरुषको हकमा विभेद भयो । नेपाली पुरुषसाग विवाह गर्ने विदेशी महिलाले तुरुन्तै अंगिकृत नागरिकता पाउाछिन् । तर, विदेशी पुरुषको हकमा १५ वर्ष पर्खनुपर्ने प्रावधान छ, यो असमान भयो भन्ने पनि आएको छ
नि ?
–समानता र असमानता भन्ने निरपेक्षा रुपमा हेर्न मिल्दैन । हाम्रो जस्तो देश, जहाा सानो जमीनमा धेरै जनसंख्या भइसक्यौं र जनसंख्या वृद्धिलाई हामीले नियन्त्रण गर्न सकेका छैनौं । हाम्रो संस्कार कस्तो छ भने जतिसुकै समानता भनेपनि बच्चाले बुबाकै थर लिएर आएको हुन्छ ।
हामी बराबर हौं, कुनै शंका छैन । तर, बुबाको थर लिएर किन आउाछौं त ? आमाको लिएर आए पनि हुन्थ्यो । तर, हामी मातृसत्तात्मक पनि होइनौं । हामीले आफ्नो संस्कृति, परिवेश केही नहेरी दुइवटा मान्छे आकाशबाट झरेको छ र उनीहरु समान हुन भन्न मिल्दैन ।
निरपेक्षरुपले नहेर्दा के हुन्छ भने विवाहपछि केटी केटाकोमा जान्छ । थर पनि परिर्वतन हुन्छ । जुन केटीको संस्कार नै फरक हुन्छ र श्रीमानको परिवारको संस्कार लिन्छ । यसलाई पनि विदेशी पुरुषलाई सरह १५ वर्ष स्थायी बसोबास गरेपछि बसेपछि दिने भन्ने हो भने हाम्रो संस्कार चल्दैन । व्यवहार चल्दैन । त्यसैले उसलाई आएपछि दिनुपर्छ ।
?उसोभए पुरुषलाई चाहिा किन १५ वर्ष त भन्ने प्रश्न छ नि ?
–केटाको हकमा भन्दा यहाा हाम्रो समाजमा धेरैजसो बिहावारी पारि(भारत)का साग हुन्छ । पारिको मान्छेको यहाा आउने जाने कुनै रेकर्ड छैन । न भिसा हुन्छ । कहिले आयो, कहिले गयो, कहाा बस्यो हामीलाई केही थाहा हुादैन ।
नेपाली केटीसाग विवाह गरेर नेपाल आएर बस्ने थोरै होला भन्ने अनुमान छ । बसेछन् भने पनि विशेष व्यवस्था किन गर्नुपर्रुयो भने उसको परिवार नयाा रुपमा सिर्जना हुन्छ । सम्पत्ति, परिवार उतातिर पनि रहन्छ । त्यसैले उसले आफूलाई म यहााको हुा भनेर प्रमाणित पनि
गर्नुपर्छ ।
?होइन, विदेशी ज्वाइालाई सरह
बुहारी व्यवस्थालाई गरौं भन्यो भने कसैले मान्दैनन् र व्यवहारिक पनि हुादैन ।
त्यसमा स्थायी बसोबास र नागरिकता त्यागेको प्रक्रिया चलाएमा‘ भनिएको छ नि ?
–यो स्थानीय बसोबास भनेको के हो ? कतै व्याख्या छैन । यो देश, जहााविना कुनै रेकर्ड विदेशी आएर बस्छ । जति दिन बसे पनि पाउाछ, जान पनि पाउाछ । अनि स्थायी बसोबासको रेकर्ड के
रहन्छ ? परिणाम यहाा विवाह गर्छ, उतै बस्छ । आतेजाते त होला । तर, उताको नागरिकता छाड्दैन । दुबै लिएर बस्छ । तपाईले के गर्न सक्नुहुन्छ ?
अर्को, नागरिकता त्यागेको प्रक्रिया चलाएमा भनिएको छ । प्रक्रिया चलाए भनेको के ? अचम्म त के छ भने पहिला नेपाली भएको तर, अहिले अर्को देशको नागरिकता लिएको छ भने उसले पुन:प्राप्तिका लागि त्यागेमा भनिएको छ । अनि विदेशीका लागि कारबाही चलाएमा भनिएको छ ।
?तपाईले रेकर्ड छैन भनेर
भारतीय नागरिक र खुला सीमालाई इंगित गर्नुभयो । मलेसियाका
नागरिकलाई सिंगापुर जान–आउन सहज छ तर, इमिग्रेसनमा पासपोर्ट देखाउनुपर्छ र रेकर्ड राखिन्छ । नेपालको सीमानामा पनि आउन–जान सहजरुपमा दिने तर, रेकर्ड राख्ने कुनै सिस्टम बनाउन सकिादैन ?
–यो मैले पनि बुझेको छैन । भारतसागको सन् १९५० को हाम्रो सन्धीले सीमा व्यवस्थित नगर भन्दैन । तर, गर्न भारत चाहादैन । नेपाली पनि चाहादैन ।
?तर, भारतले सीमा रेगुलेट गर्न तयार छौं भन्दै आएको छ होइन र ? बरु उल्टै खुला सीमाका कारण
अपराधीहरु आए भन्दै गुनासो पनि गरेको सुनिन्छ नि ?
–यो भन्ने कुरा हो । त्यसो भन्नेले रेगुलेट गरौं न त भन्दा किन नमानेको त ? खुला सीमा, हाम्रो विशेष सम्बन्ध छ भनेर राख्नुपर्छ भनिरहेको छ । ?उसलाई फाइदा छ । उसका हजारौं मान्छे यहाा काम गरिरहेका छन् ।
नेपालले चाहिा किन नचाहने ?
पहिलो हाम्रो नेतृत्वमा हिम्मत छैन । यो मुद्दालाई उठायो कि भारतले हामीलाई कस्छ भन्ने डर छ । के अचम्म लाग्छ भने खुला सीमाले फाइदा कसलाई हुन्छ ?
?भारतसाग रोटीबेटीको सम्वन्ध छ भनिन्छ । सीमा रेगुलेट गर्दा मधेसलाई लाभ हुन्छ कि घाटा ?
१५ वर्ष नेपालमा स्थायी बसोबास गरे नागरिकता दिने भनेका छौं । यसले मधेसका मानिसहरुकै भाग खोसिएको छ ?
–के भन्या, त्यो रोटी बेटीको सम्वन्ध ? ठीक छ, छोराछोरीको विवाह हुन्छ, हाम्रा मान्छेले पनि भारतमा गएर काम गर्छन् । उनीहरु पनि आउाछन् । काम त हाम्रा नेपालीहरुले कतार, मलेसियामा गएर पनि गरेका छन् ।
अर्को कुरा, हाम्रा मानिसहरु भारतमा जति वर्ष काम गरे पनि उसले नागरिकता त दिादैन । हामीले १५ वर्ष नेपालमा स्थायी बसोबास गरे दिने भनेका छौं । यसले मधेसका मानिसहरुकै, उहााहरुकै भाग खोसिएको छ ।
अर्को अचम्म के छ भने हवाइजहाजबाट नेपाल आउादा
भारतीय नागरिक भए पनि हामी आइडेन्टिटी (परिचय खुल्ने कागज) खोज्छौं । तर, जमिनबाट आउादा खोज्दैनौं । के व्यवस्था हो ? परिणाम के हुन्छ त बंगलादेशी पनि उस्तै छ, पाकिस्तानी पनि उस्तै देखिन्छ । यसले कसलाई फाइदा गर्छ ?
अर्को कुरा, सीमा रेगुलेट गर्ने भनेको आउजाउ नै बन्द गर्ने भनेको कहाा हो र ? कतिवटा नाका चाहियो ५० वटा, १०० वटा, २०० वटा ? नाका राखौं । अन्त तारबार लगाऔं ।
कम्तिमा चोरी तथा तस्करी रोकिन्छ । सीमा मिचिएको भनेर हुने विवाद पनि रहादैन । त्यसैले हाम्रो नागरिकताको सम्वन्ध भारतसाग जोडिएको छ ।
?तर, यो सबै कुरा राजनीतिमा गएर जोडिादो रहेछ । हाम्रो नेतृत्वले नबुझेको हो कि ?
–महिला अधिकारवादीले कहिल्यै यो कुरा उठाएका छन् ? छैनन् । यो वास्तविकताप्रति ती नागरिकतावादीहरु कहिल्यै संवेदनशील छन् ? दुई–चारजनाले टाइप गरेर ल्याएका कुरा माइतीघर मण्डलामा देखाउादैमा त्यो सत्य हुादैन ।
यो देशमा यस्तै छ । सभासद पनि हुन पाइन्छ, एनजीओको अभियन्ता पनि हुन पाइन्छ । पूर्वप्रधानमन्त्रीको श्रीमती र २र४ लाखको विज्ञापन दिने गरी विदेशी संस्थाका लागि माग गर्न पनि पाइन्छ । व्यक्तिहरु म नाम लिन चाहन्न तर, ती सबै ‘लबिष्ट’ हुन् । त्यो लबीका लागि फण्डिङ बाहिरबाट भइरहेको छ र देशका लागि यो घातक छ ।
एकछिन सोच्नुस् त, हामी कसका लागि काम गरिरहेका छौं ? एउटा व्यक्तिले आफू लबिष्ट भएको संस्थाका लागि काम गर्छ कि उसलाई छानेर पठाउने हाम्रा लागि ?
हामीले अहिले सहिरहेका छौं । यो अब प्रष्ट हुनुपर्छ । प्रश्न के हो भन्दा देशको सम्प्रभुताको हो । हाम्रो इन्टिग्रिटीको हो । संस्कारको कुरा हो र प्रश्न केही व्यक्तिको आफ्नो धन्दा चलाउन
गरिएको कुरा हो ।
?तर, मधेसका नेताहरुले विरोध गर्छन् नि ?
–त्यसैले त यी राष्ट्रवादी होइनन् भन्दैछु म । अरुका लागि काम गरिरहेका छन् । जसको परिणाम चुनावमा हारे । जुन दिन नेपालका सच्चा मधेसीहरुले यो कुरा बुझ्छन् कि उनीहरु हाम्रा लागि काम गरिरहेका छैनन्, अझ हार्छन् ।
तर, मैले यो भनेको छैन कि नेपालका कुनै पनि नागरिकले नागरिकता पाउनुहुादैन ।
?तर, नागरिकताको विषय त साधै उठ्छ किन ?
–नेपालमा लामो समयदेखि लाखौं लाख नागरिकताविहीन छन् भनेर राजनीति गरिरहेका छन् । संविधानमा कयौं विषय छ, तर नागरिकतालाई मात्र उठाइएको छ । यतिसम्म भयो, दोस्रो जनआन्दोलनपछि संविधान पर्खिएनन्, पहिला नागरिकता ऐन संशोधन गरे ।
जनआन्दोलन त्यसका लागि भएको रहेछ, त्यही बुझ्नुपर्रुयो हामीले । होइन त ? यसले हाम्रो देशलाई समाप्त पार्छ । यसमा कुनै शंका छैन ।
?यो कुरा किन नेताहरुले बुझेनन् ?
–बुझ्दैछन् । युवा नेताहरुले विस्तार बोल्दैछन् । र, यो मधेसकै पक्षमा हो । म वीरगञ्जको मान्छे हुा, मेरो घर त्यहाा छ । म अहिले लगेर देखाउन सक्छु कति विदेशीले घर बनाए ? कति विदेशीले नागरिकता लिए भनेर ।
?तर, भारतीय वा कुनै मुलुकका नागरिकले हाम्रो नागरिकता किन लिन्छन् त ?
–यहाा अवसर छ । बजार छ । भारतमा प्रतिस्पर्धा छ । अवसर कम छ र प्रतिस्पर्धा कडा छ । अरु त केही छैन ।
?तपाईले भनेको जस्तै सीमा रेगुलेट गर्रुयौं भने पनि नेपाल आएर काम गर्न पाइहाल्छन् नि ?
–हामीले अनुमति रोक्छौं भनेकै छैनौं । देश नै समाप्त पार्ने षड्यन्त्र हो ।
?यो संविधानमा नयाा व्यवस्था भनेको केही पदका लागि वंशजको नागरिकता प्राप्त व्यक्तिलाई मात्र योग्य बनाइएको छ । तर, मधेस केन्ऽित सभासदहरुले विरोध गरे ।
–किन विरोध गरे भने उताका मानिसहरु छिटो आएर नागरिक हुन पाउन् भनेर । अर्काका लागि भनेका हुन् उनीहरुले । उनका सन्तान त वंशजकै नागरिक भइहाल्छन् । किन कुन स्वार्थले भनिरहेका छन, उनीहरु नै जानुुुस् ।
?भनेपछि नागरिकता नेपालमा सारै सस्तो चिज जस्तो भएछ कि क्या
हो ?
–कुन्नि त । सबै हावादारी किसिमले बनाएपछि हावादारी कुरो हुन्छ । ०४७ सालको संविधान बनाउादा म सचिव थिएा । संविधान भनेको कुरा भाषण होइन । देशको गम्भीर कुरा हो । दुर्भाग्यको कुुरा यो संविधानमा विदेशीको हितहरु लक्षित भएको हो कि भन्ने देखिन्छ । एक दुईवटा कुरा हाम्रो हितमा त छादै छैन ।
बोर्डरको समस्या समाधान नगरेसम्म नागरिकताको समस्या समाधान हुादैन
म केमा छक्क पर्छु भने हाम्रा मान्छेहरु जुन चुरो कुरो जहाा छ, त्यहाा नजाने । अनि, सबैलाई रोजगारी दिन्छु भन्छ, भात खुवाउाछु भन्छ, सरकारले कहीा रोजगारी दिन्छ ?
बेरोजगार भत्ता पनि दिने रे । १०० रुपैयाा दिने ? त्यही बोक्नुस् । ‘पान खान पनि पुग्दैन ।
?उसोभए नागरिकता सन्दर्भमा संविधानमा कसो गर्दा ठीक होला ?
–वंशजको नागरिकता प्राप्तका लागि आबा वा बाबु नेपाली नागरिक हुनु पर्ने होइन । आमा र बाबु नै राख्नुपर्छ । आमा नेपाली नागरिक भएको तर, बाबुको पहिचान नभएमा होइन हुन नसकेमा भन्नुपर्छ ।
अंगीकृतको हकमा विदेशी पुरुषले अर्को देशको नागरिकता त्याग्ने ‘कारबाही चलाएमा’ भन्ने हटाएर त्यागेमा लेख्नुपर्छ । अर्को स्थायी बसोबास भन्ने छ, त्यसका लागि राष्ट्रय हितसम्वन्धी धारा ५ मा सीमाको सुरक्षासागै व्यवस्थापन भन्ने थप्नुपर्छ । अनिमात्र को आए, को गए भन्ने रेकर्ड राख्न सकिन्छ ।
?यो देशले के गर्यो हेर्नुस, प्रत्येक नेपालीलाई कार्ड दिने भनेको छ । यसको के अर्थ छ ? उस (नेपालमा बस्ने भारतीय नागरिक)लाई नदिएसम्म यसको कुनै अर्थ छ ? प्रत्येक नेपाली नागरिकसागै यहाा आउने विदेशीको परिचय खुल्ने गरी अभिलेख राख्ने भनौं । अनि कुरो ठीक हुन्छ । भारतीयहरुले पनि परिचय पत्र पाउाछन् र बस्छन् । तर, बोर्डरको समस्या समाधान नगरेसम्म नागरिकताको समस्या समाधान हुादैन । हामीले कहिलेसम्म यसैगरी रहिरहने हो ?
–रहिरहन्छ । देश समाप्त भएपछि मात्र समाप्त हुन्छ ।
?भनेपछि त जति कराए पनि नसुनिने रहेछ तपाईहरुको आवाज ?
–हेर्नुस् । युवाहरु उठ्नुपर्छ । युवाहरु उठेपछि हुन्छ ।
?सम्भावना देख्नुहुन्छ ?
–सम्भावना नदेख्ने नै नभए त मरे भइहाल्यो नि । हेर्नुस् म युवा भएको भए .. बुढो भएा, तैपनि बोलिरहेको छु । होइन भने मैले गरेको कुरा गलत भनिदिनुस् ।
