काठमाडौं, साउन ४ – भारतको पााच दिने भ्रमण सकाएर सोमबार स्वदेश फर्किएका एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण सफल भएको बताएका छन् । उनले शान्ति, संविधान, सीमा विवादलगायत विषयमा आफूले स्पष्ट रुपमा भारतीय प्रधानमन्त्रीलगायत नेताहरुसाग कुरा राखेको बताए ।
‘मैले यो भ्रमणमा केही महत्वपूर्ण कुराहरु बारे छलफल गर्ने र भारतीय पक्षलाई जानकारी गराउने मौका पाएा ,’ भारत भ्रमणबाट फर्किएलगत्तै त्रिभुवन अन्तर्रा्ष्टि्रय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसाग भ्रमणबारे जानकारी गराउादै प्रचण्डले भने, ‘निश्चिय नै मेरो यो भ्रमण सफल भएको छ, यसबाट म निकै उत्साहित भएको छु ।’
प्रचण्डले आफ्नो भ्रमणका क्रममा सरकारी पदाधिकारी, विभिन्न दलका नेताहरुसाग कुराकानी गरेको जानकारी दिादै कालापानीदेखि सुस्ता र लिपुलेकका विषयमा पनि भारतीय पक्षसाग छलफल गरेको बताए । ‘लिपुलेकबारे भारतका विदेश मन्त्री र विदेशसचिवसाग कुरा गर्दा दुवैले छलफल गरेर टुंग्याउने बचन दिएका छन्,’ प्रचण्डले भने, ‘मोदीले नेपाल आउादा दुई देशको सीमा समस्या सुल्झाउने कुरा राख्नु भएको थियो । उहाालाई मैले योपटक उहााको प्रतिवद्दता सम्झाउने काम पनि गरेको छु ।’
प्रचण्डले द्वीपक्षीय हितका अलावा शान्ति र संविधानको विषयमा गम्भीर छलफल गर्दै विवेकले भ्याएसम्म जनताको कुरा राखेको जानकारी दिए ।
उनले जनयुद्दकालमा तत्कालीन राजाको आग्रहमा प्रतिबन्धित गरिएको अखिल भारत नेपाली संघको प्रतिबन्ध फकुवा गर्न भारतीय सरकारसाग् कुरा राखेको जानकारी पनि उक्त अवसरमा दिए ।
यसैबीच, प्रचण्डले १४ वर्षअघि आएको भूकम्पले ध्वस्त बनाएको गुजरातको विकासबाट आफू प्रभावित भएको बताउादै गुजराती जनताबाट आफ्नो भव्य स्वागत बताए । ‘गुजरातको भुललगायत ५ एकीकृत बस्तीको मैले अवलोकन
गरो । त्यहाा मलाई मोदी नेपाल आउादा बानेश्वरमा नेपाली जनताले जस्तै हजारौं जनताले स्वागत गरे’ प्रचण्डले भने ।
पााच दिने औपचारिक भ्रमणबाट स्वदेश फर्किएका प्रचण्डलाई स्वागत गर्न विमानस्थलमा एमाओवादीका नेता तथा कार्यकर्ता पुगेका थिए । कार्यकर्ताले प्रचण्डका स्वागता नारावाजी समेत गरेका थिए ।
