धरान/जैन श्वेताम्बर तेरापन्थ धर्म सम्प्रदायको विराटनगरमा हुने चतुर्मासाको सम्पूर्ण तयारी पूरा भएको छ ।
जैन धर्मका आचार्य महाश्रमणले आषाढ १९ गतेसम्म धरान प्रवासमा बसी सद्भाव, नैतिकता र नसामुक्तिका लागि प्रवचन दिनुभएको थियो । २२ गते विहान धरानबाट प्रस्तान गर्नुभएका आचार्य दुहवी विराटनगर हुादै भारतको फारविसगञ्ज पुग्नुभएको थियो ।
विराटनगरको चतुर्मासमा जैन सम्प्रदायका आचार्य महाश्रमणको सुखद सहभागिता रहने आचार्य महाश्रमण प्रवास समितिक धरानका अध्यक्ष विजय डागाले जानकारी दिनुभयो । आचार्य महाश्रमण ६ गते विहान नेपाल भारत सीमा रानी आइपुग्नु हुने छ ।उक्त समय उहााको भव्य स्वागतका लागि भारतको आसाम गुहाटी, चेन्नई, काठमाण्डौ,
विरगञ्ज, भइरहला, नेपालगञ्ज, जनकपुर, धरान, इटहरी लगायतका स्थानबाट ठूलो संख्यामा जैन सम्प्रदायसागै अन्य सम्प्रदायका मानिसहरुको सहभागिता हुने भएको छ ।
चततुरमासको चार महिना आचार्य महाश्रमण विराटनगरमै बस्नु हुने भएको छ । चतुर्मास यही साउन १४ गतेबाट विधिवत रुपमा सुभारम्भ हुने भएको छ । चार महिना विराटनगर प्रवासका क्रममा नेपाल, भारत, भुटान, अष्ट्रेलिया, अमेरिका, रुस लगायतका देशहरुबाट समते ठूलो संूखयामा जैन धर्मालम्बीहरु विराटनगर आउनुु हुने बताइएको छ । जैन श्वेताम्बर तेरापन्थ सभा विराटनगरका अध्यक्ष मालचन्द सुरानाका अनुसार आगन्तुकहरुका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था भइसकेको छ । उहााका अनुसार धार्मिक, साास्कृतिक, सामाजिक दृष्टिले मात्र हैन आचार्य महाश्रमणको विराटनगर प्रवासले विराटनगरको पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास अध्यक्ष सुरानाको विरुवास छ यहााका अनुसार हालसम्म विराटनगर आउने आगन्तुकहरुको अनुमानित संख्या १० लाख भन्दा अधि
रहने देखिएको छ ।
चतुर्मसमा आउने आगन्तुकहरुका लागि आयोजक
तेरापन्थसभा विराटनगरले खाने, बस्ने लगायतको व्यवस्था गरिसकेको छ । यसका लागि अत्यन्तै सुविधा सम्पन्न ६ सय वटा अस्थायी टहरा निर्माण गरिससकिएको छ । यसका अतिरिक्त अत्याधुनिक तेरापन्थ सामुदायिक भवन, प्रवचन वण्डाल समेत निर्माण भइसकेको छ । चतुर्मास सफल बनाउन उक मूल आयोजक समितिका अलावा विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । धरान प्रवास समितिका अध्यक्ष विजय डागा भन्नुहुन्छ झण्डै १० लाख भन्दा बढी भक्तजनहरु आउने चतुर्मासमा आवासहरु अपुग हुन्छ कि भन्ने हामीलाई लागेको छ । यसमा आयोजकले अवस्यै ध्यान दिएको होला । यहाा स्मरणीय कुरा के छ भने तेरापन्थ महिला मण्डलले (धरान) विराटनगरको चारमहिनो चतुर्मासको अवसरमा हप्ताको एक दिन खान व्यवस्थापनको जिम्मा पाएको छ भने चार महिनाको अर्थको भार वहन नेपालमा बस्ने सम्पूर्ण जैन समुदायले नै गर्ने भएका छन् ।
