ताप्लेजुङ,/सन्चारमन्त्री डा. मीनेन्ऽ रिजालले संविधानको मस्यौदा जलाउादै र च्यात्दैमा माग समेटिन्छ भन्ने भ्रममा नपरी बुद्धिमत्तापूर्वक मस्यौदामा सुझाव राख्न आग्रह गरेका छन् ।
मन्त्री रिजालले बुद्धिमत्तापूर्वक बाटो हिाडे संविधानमा सबैका विचार समेटिने बताए । संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा मंगलबार ताप्लेजुङ पुगेका मन्त्री रिजालले पत्रकारहरुसाग यसबेला विरोधभन्दा आफ्नो विचार सक्रियतापूर्वक राख्न आग्रह गरे ।
नागरिकले सक्रियतापूर्वक धेरै राम्रा सुझाव दिएकाले केही समय थपेर भए पनि सुझावको अध्ययन गरी संविधानमा समेटिने उनले बताए ।
