टामाटरको मूल्य अत्याधिक बढ्यो : अनुगमन त भयो तर टमटरको मूल्य घटेन

धरान । नेपालीहरुको घर घरमा दशै भित्रिइसकेको छ । दसैंको लागि खानेकुरा जोहो गर्न किनमेलमा ब्यस्त छन सर्बसाधारण । तर, भान्साका लागि चाहिने अत्यावश्यक पर्ने टमाटरको मूल्य अहिलेसम्मै उच्च रहेको छ । परिकारमा अनिवार्य चाहिने टमाटरको मूल्य ह्वात्तै बढेपछि सर्वसाधारण मारमा परेका छन् । धरान १५ की सुमना कार्की धरान २ नरेन्द्र पथमा रहेको तरकारी पसलमा टमाटर किन्न पुग्दा टमाटरको भाउ सुन्ने वित्तिकै तीन छक्क परिन् । एक महिना अगाडिसम्म प्रति केजी ४० रुपैयामा टमाटर किनेकी उनले एकै पटक व्यापारीले १ सय ८० भनेपछि उनी तीन छक्क परेकी हुन् । चाडवाडको समयमा खाद्यान्न लगायत सबै कुराको मूल्य बढने, कालो बजारी हुने गरेको भएपनि दशैको मुखमा पाँच गुणा भन्दा बढीले टमाटरको मूल्य बढदा अचम्ममा परेकी हुन् । उनी भन्छन्–‘पाँच पाँच गुणाले टमाटरको भाउ बढ्दा पनि अनुगमन गरेर कारबाही गर्ने निकायचाहिँ कहाँ गएछ ? मौसमी अनुगमन भए पनि काला बजारी गर्ने व्यापारीलाई कहिल्यै कारबाही भएको थाहा पाएको छैन, कारबाही नै नभएपछि मनपरी त हुने नै भयो ।’ उनी जस्तै धेरै उपभोक्ताको भनाई यस्तै थियो । बजारमा टमाटरको भाउ बढेको गुनासो बढेपछि धरान उपमहानगरपालिकाले अनुगमन गरे पनि टमाटरको भाउ घटने भन्दा पनि बढ्नुको वास्वकिता लगातारको बर्षाले पु¥याएको क्षति भएको निष्कर्ष निकालेको थियो ।


अनुगमनका क्रममा बजारमा अहिले टमाटरको मुल्य खुद्रा प्रति केजी १७० देखी १८०, थोकमा प्रति केजी १६० देखी १७० रुपैयासम्म पुगेको छ । बर्षात हुनुभन्दा अगाडि प्रति केजी ४० रुपैया पाइने टमाटरको मुल्य बर्षातको कारण ५ गुणाले बृदि भएको पाइएको थियो । चाडवाडका समयमा हुने कालाबजारीलाई नियन्त्रण गर्न अनुगमन गरिएको बजार अनुगमन अधिकृत वेदराज सापकोटाले बताए । उनले भने–‘हामीले व्यापारी व्यवसायसँग बुझ्यौ, बढ्नुको कारण कृषकमा बारीमा टमाटरको उत्पादन कम भएको रहेछ, त्यसमाथि लगातारको बर्षाले धेरै क्षति पु¥यायो, आपूर्ति भन्दा माग बढी हुदा टमाटरको मूल्य बढेको पाइयो ।’ धरानमा कोशी पहाडी जिल्लाहरुबाट मुख्य रुपमा टमाटर भित्रिने गरेको थियो । तर, बर्षातका कारण कृषकले लागाएको टमाटरमा क्षेती पुया¥उदा र सडक सन्जाल पनि अबरुद हुँदा टमाटरको अभाब अनुगमनका क्रममा पाइएको छ । कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष चुलिएको छ । व्यापारीहरुले समेत आफूले होलसेलमै खरिद गर्दा महंगो पर्ने भएकोले मूल्य बढेको बताएका छन् । कृषि व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटुवालले कृषकबाट खरिद गरेर ल्याउने क्रममा टमाटरको भाउ उच्च रहेको पाइएको बताए । उनले भने–‘कृषकहरुबाटै व्यापारीहरुले उच्च मूल्यमा ल्याए पछि स्वभाविक रुपमा मूल्य त बढ्ने नै भयो ।’ यता व्यापारी व्यवसायीहरुले भने अनुगमनको आवश्यकता नै नभएको बताएका थिए । उनीहरुले कृषकहरुबाट खरिदकर्ताले खरिद गरेर ल्याउँदा नै मर्हंगौमा खरिद गर्ने भएकोले टमाटरको भाउ महंगो भएको बताएका छन् । महंगो लागेको भए अनुगमनकर्ताले खरिद गरेर सस्तोमा उपभोक्तालाई विक्री गर्न व्यापारीहरुले चुनौति दिएका थिए । वास्तवमै चाडवाडका समयमा अत्याधिक मूल्य बढ्ने गरेको छ । यही समयमा काला बजारी समेत हुने गरेको छ । तर अनुगमन गर्ने निकायले गरेको अनुगमन समेत प्रभावकारी हुदैन । जसले गर्दा चाडवाडका समयमा पभोक्ताहरुले बढी मूल्यमा सामाग्री खरिद गर्नुपर्ने बाध्यता छ । यसतर्फ सम्बन्धित पक्षको कसैको ध्यान गएको पाइदैन ।

तपाईको प्रतिक्रिया