धरान। दुई हप्ता अगाडि आएको अविरल बर्षाका कारण बाढी तथा पहिरो प्रभावित परिवारका लागि भारत सरकारद्वारा उपलब्ध गराइएको पहिलो खेपको आपत्तकालीन राहत सामाग्री भारतीय राजदुतावासका द्वितीय सचिव नारायण सिहले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई हस्तान्तरण गर्नुभएको छ । भारतबाट नेपालगञ्ज ल्याइपु¥याइएको पहिलो खेपको राहत सामाग्रीमा टारपोलिन, स्लिपिङ्ग व्याग, कम्बल, क्लोरिन ट्याब्लेट, पानीका बोतल सहित ४.२ टन रहेको छ । भारतीय राजदुतावास काठमाण्डौद्वारा सोमबार जारी विज्ञप्तीमा भनिएको छ भारत सरकारले अन्य अत्यावश्यक सरसफाई सामाग्री तथा औषधिकका साथ साथै अन्य राहतका सामाग्रीको व्यवस्थापन गरिरहेको र चाडै नेपाल आइपुग्ने जनाइएको छ ।

प्राकृतिक तथा मानवीय संकटको अवस्थामा भारत सरकारले छिमेकी मुलुकसँगै अन्य मुलुकलाई सबैभन्दा पहिला आपत्तकालीन सहयोग उपलब्ध गराउँदै आएको छ । नेपालमा २०७२ सालमा गएको महाविनाशकारी भुकम्प प्रभावित र भुकम्प पछिको सरचना निर्माण, पुनस्र्थापनामा भारतीय सरकारले सबैभन्दा ठूलो सहयोग र तत्परता देखाएको थियो । मानवीय संकटको अवस्थामा नेपालमा मात्र नभएर भारतले वाह्य मुलुकमा अपरेशनमैत्री नामक सबैभन्दा ठूलो विपत्त राहत अभियान समेत सञ्चालन गरेको विज्ञप्तीमा जनाइएको छ । पछिल्लो पटक २०८० साल कार्तिकमा जाँजरकोटमा गएको विनासकारी भूकम्पमा समेत भारत सरकारले राहत सामाग्री सबैभन्दा पहिला उपलब्ध गराई सहयोग गरेको थियो । हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशमा नेपाल सरकारलाई हर सम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको विज्ञप्तीमा जनाइएको छ ।
