धरान । असोज दोस्रो हप्ताको अविरल बर्षाका कारण क्षतिग्रस्त भएका दर्जनौ पुलहरुको विकल्पको रुपमा भारत सरकारद्वारा हिजो बुधबार १० वटा पिफ्याब्रिकेटेड स्टिल वृज (पुल) का पार्टपूर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारको अनुरोधमा भारत सरकारद्वारा हस्तान्तरण गरिएका ती पुलहरुले बाढी तथा पहिरोले क्षतिग्रस्त भएको सडकको कनेक्टिभिटीलाई पुनस्र्थापना गर्न नेपालको पुन ः निर्माण प्रयासलाई सहयोग पुग्ने भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।


भारत सरकारले अनुदानका रुपमा उपलब्ध गराइएका ती पुलहरुको मूल्य ३८ करोड भन्दा बढी रहेको विज्ञप्तीमा जनाइएको छ । पुलका समानहरु रगञ्जस्थित भारतीय महावाणिज्य दुतावास महावाणिज्य दुत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गर्नुभएको थियो । प्रिफ्याब्रिकेटेड स्टिलका बृज थप खेपहरु आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने पनि विज्ञप्तीमा जनाइएको छ । भारत सरकारले नेपालका बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न पछिल्ला दुई दिनमा अत्यावश्यक सरसफाई सामाग्री, औषधि, लाइफ ज्याकेट, स्पिलिङ्ग म्याट, खाद्यवस्तु, इन्Ïलेटेवल रबर बोट, मोटर, तारपोलिन, स्लिपिङ्ग–८० व्याग, कम्बल, क्लोरिन ट्याब्लेट, पानीको बोतल सहित २५ जन भन्दा बढीको राहत सामाग्री उपलब्ध गराइ मानवीय सहयोग गरेको छ । भारत सरकार नेपाल सरकार र नेपाली जनताको आवश्यकता अनुसार राहत सामाग्री र पुननिर्माण प्रयासमा हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको समेत विज्ञप्तीमा जनाइएको छ ।



