जनतालाई अधिकार सम्पन्न बनाउछौं

झापा /प्रमुख चार राजनीतिक दलका नेताहरुले सोमबार एउटै मन्चबाट लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्ने र जनतालाई अधिकार सम्पन्न बनाउने बताएका छन् ।
झापाको भऽपुर नगरपालिका १० चन्द्रगढीमा गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको संयुक्त रुपमा उदघाटन गर्दै नेताहरुले छिट्टै नयाा संविधान जारी हुने बताए ।
कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताबाट नै मुलुकको राजनीतिक संकट अन्त्य भई नयाा संविधान आउने सुनिश्चित भएको बताए ।
भिन्न आदर्श र विचार भएका
राजनीतिक दलहरूले संविधान ल्याउन देखाएको एकताले सफल मार्गतर्फ बढिरहेको भन्दै उनले नयाां संविधानले सबै वर्ग, धर्म र संस्कृतिको अधिकारलाई रक्षा गर्ने दाबी गरे ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माण गर्ने काम निष्कर्षमा पुर्‍याएको भन्दै चार
राजनीतिक दलले देखाएको एकता, सहकार्य र प्रतिबद्धताले मुलुकमा राजनीतिक दलप्रति जनताको विश्वास बढेको दाबी गरे ।
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, संविधान र समृद्ध नेपाल निर्माण गर्ने स्वर्गीय
गिरिजाप्रसाद कोइरालाको संकल्प पूरा गर्ने जिम्मेवारी अब हाम्रो कााधमा आएको भन्दै नयाा संविधान सबैले अपनत्व ग्रहण गर्ने किसिमको हुने जिकीर गरे ।
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जनता माझ छलफलका निम्ति आएको संविधानको मस्यौदालाई अझ बढी परिस्कृत गर्न सके जनताले बढीभन्दा बढी अधिकार पाउने धारणा राखे ।
कार्यक्रममा उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नयाा संविधान समयको मागअनुसार आउने भएकाले कसैले पनि शंका गर्न नहुने बताए । नेपाली कााग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेका प्रमुख सचेत अग्निप्रसाद खरेल र प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले आफ्ना धारणा राखेका थिए । मेची रंगशाला पश्चिमपट्टकिो जिल्ला विकास समितिको स्वामित्वमा
रहेको खाली जग्गामा सभागृह निर्माण गर्न लागिएको हो । सभागृह निर्माणका लागि १२ करोड ७२ लाख ६९ हजार रुपैयाा विनियोजन गरिएको स्थानीय विकास अधिकारी फणीन्ऽ दाहालले जानकारी दिए ।
अत्याधुनिक एवम् अन्तराष्ट्रियस्तरको सभागृह दुई वर्ष्भित्र निर्माण गर्न जेवी निर्माण कम्पनीले ठेक्का लिएको छ ।

तपाईको प्रतिक्रिया