पर्व क्षेत्रीय ट्राफिक इटहरीद्वारा एघार महिनामा ९,४७,१४,५५० रुपैयाा राजस्व संकलन नियम विपरीत सञ्चालन भएका २ लाख ७५ हजार ९७३ विभिन्न सवारी साधनमाथि कारबाही

इटहरी/पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले चालु आर्थिक बर्षको एघार महिनामा ९ करोड ४७ लाख १४ हजार ५ सय ५० रुपैयाा राजस्व संकलन गरेको छ ।
योरकम अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा २ करोड बढी भएको क्षेत्रीय ट्रापmिक प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको एघार महिनामा ट्राफिक नियम विपरीत सञ्चालन भएका २ लाख ७५ हजार ९ सय ७३ वटा विभिन्न सवारी साधनमाथि ट्राफिक नियम बमोजिम कारबाही गरिएको समेत एसपी केसीले जानकारी दिनुभयो ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय
इटहरीका अनुसार आ.व. ०७१/०७२ को एघार महिना अर्थात जेठ मसान्त सम्ममा ट्राफिक नियम विपरीत सञ्चालन भएका ५२ हजार ९ सय ७० मालवाहक ट्रकलाई गरिएको कारबाहीबाट १ करोड ८६ लाख ७२ हजार २ सय, २४ हजार ९ सय ८७ बसबाट ७८ लाख २ हजार ९ सय, ३८ हजार ८६ जिप कारबाट १ करोड १४ लाख २३ हजार ७ सय, ४३ हजार ५ सय ६७ ट्याक्टरबाट १ करोड २७ लाख १ हजार ८ सय, १ लाख १२ हजार ४ सय ६७ मोटरसाइकलबाट ४ करोड ३२ लाख ५० रुपैया र ३ हजार ८ सय ९९ अन्य सवारी साधनबाट ९ लाख १३ हजार ९ सय रुपैयाा राजस्व संकलन भएको छ ।
पछिल्ला केही समय यता सवारी ऐनको उल्लंघन गरी मनपरी ढंगले सडकमा आउने नयाा नयाा सवारी साधन ट्राफिकको लागि टाउको दुखाइको विषय बनेको छ । अहिले पूर्वको दमक, विर्तामोडकै कुरा गर्दा पनि यातायात क्षेत्रमा असाध्यै अराजकता देखिएका छ । दमक उपमहानगरपालिकाले आफै सवारी सानको दर्ता गर्ने गरेको छ । नगरपालिकालाई सवारी साधन दर्ता गर्ने अधिकार ऐनले दिएको छैन । तर उनीहरुले नयाा नयाा सवारी साधन दर्ता गरिरहेका छन् ।यातायात व्यवस्था विभागले अब प्रष्ट नीति सहित कडाइ नगर्ने हो भने यातायात क्षेत्र अस्तव्यस्थ बन्नेछ । अहिले सााघुरा र नयाा रुटहरु खुलेका छन् । ती सडकहरुको उद्घाटन समेत भइसकेको छ । व्यवसायीहरुले त्यहाा जबरजस्ती ठूला सवारी साधन सञ्चालन गर्न थालेका छन् । यसमा यातायात व्यवस्था कार्यालयले समेत कुनै प्रकारको कदम चाल्न सकेको छैन । अहिले धरानमा पनि यस्तै देखिदैछ, एसपी केसी भन्नुहुन्छ ।
यस्ता अनियमिता र अराजकतालाई रोक्न तपाईहरुले कुनै पहल गर्नुभएको छैन त भन्ने सवालमा एसपी केसी भन्नुहुन्छ, हामीले यातायात क्षेत्रमा देखिएका अव्वस्थालाई हाटाउन बारम्बार पहल गर्दै आएका छौं । लिखित र मौकिक रुपमा हामीले सम्बन्धित ठाउामा वास्तविकताको जानकारी गराइरहेका छौं । नीति नियम बनाउने त हामीले होइन । यातायात व्यवस्था विभागले बनाइदिएका नीति नियमको हामीले पालना गराउने हो । अर्को कुरा यातायात व्यवस्था कार्यालयले पनि कडाइका साथ काम गर्नुपर्छ । नत्र यातायात क्षेत्र डावाडोल हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया