सुनसरीको अमडुवा खुल्ला दिशामुक्त क्षेत्र घोषणा

इटहरी,/ सुनसरी दक्षिणी सिमावर्ती गाविसको रुपमा रहेको अमडुवा शनिबारबाट खुल्ला दिशामुक्त घोषित भएको छ । सन् २०१५ भित्र सुनसरी जिल्लालाइ खुला दिसामुक्त घोषित गर्ने अभियान अन्तरगत जिल्लामा रहेको दुइ उपमहानगरपालिका, तीन नगरपालिका र ३९ वटा गाबिस गरी ४४ मध्ये ३० औं क्षेत्रको रुपमा अमडुवा खुला दिसामुक्त घोषित भएको हो ।
शनिबार एक औपचारीक कार्यक्रमका बिच सो गाबिशलाई खुल्ला दिशामुक्त घोषणा गरीएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारले कार्यक्रममा प्रमुख अतिथिको हैसियतबाट उक्त गाबिसलाइ खुल्ला दिशामुक्तको रुपमा घोषणा गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै फोरम लोकतान्त्रीकका अध्यक्ष गच्छदारले आफनो चुनावी क्षेत्रले गरेको प्रगती र बिकाश निर्माणको प्रसंसा गर्नु भयो । उहााले स्थानीयस्तरमा रहेका सम्पुर्ण राजनीतिक दलका प्रतिनीधीहरुलाई धन्यवाद प्रकट गर्नुभएको थियो । सम्पुर्ण राजनीतिको बिषयमा बोल्नुहुदै नेता गच्छदारले अब जारी हुने संबिधान सबैलाई मान्य हुने , गरीब जनताले खोजेको जस्तो संबिधान जारी हुने बताउनुभएको छ । नेता गच्छदारले यतिबेला मुलुकमा रहेका सबै दलहरु
राष्ट्र निर्माण र नया नेपाल निर्माणमा जुटनुका साथै संबिधान निर्माणमा पनि उत्तिकै अघी बढेको बताउनुभयो ।
सुनसरीका स्थानीय बिकाश अधिकारी युवराज अधिकारी विभिन्न सरकारी तथा गैरसरकारी निकाय, राजनैतिक दलहरुका साथै सर्वसाधारणहरुको प्रत्यक्ष सहभागितामा सुनसरी जिल्लाको सरसफाइ अभियानले सफलता पाउदै गएको बताउनुभयो ।
अमडुवा गाबिसलाइ खुला दिसामुक्त बनाउन निरन्तर क्रियाशील विभिन्न सामाजिक संस्था तथा स्थानीय समाजसेवीहरुलाइ सो अवसरमा प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय स्तरका राजनीतिकदलका प्रतिनीधि, खानेपानी तथा सरसफाइ डिभिजन इटहरीका इञ्जिनीयर शुशिल कर्ण , जिल्ला जनस्वास्थ्य कार्यालय
सुनसरीका प्रमुख डिल्लीरमण अधिकारी, सुनसरीको खुला दिसामुक्त अभियानमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको गैर सरकारी संस्था सामुदायिक समाज उत्थान केन्द्र सिएसडिसीका अध्यक्ष इन्द्र कर्ण लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । अमडुवा गाविसका सचिव अर्जुन नेपालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको
थियो ।

तपाईको प्रतिक्रिया