इटहरी/गोरखा डिपार्टमेन्ट स्टोरको मोरङको पथरीस्थित निर्माण हुादै गरेको दोस्रो विस्तारित शाखा ०७२ सालको दशै अगावै शुरु हुने भएको छ ।
गत बर्ष गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो विस्तारित पहिलो शाखाको रुपमा मोरङ्गकै विराटचौकबाट सेवा सुभारम्भ गरेको थियो । हाल दोस्रो विस्तारित शाखाको डेकोरेशनको कार्य तिब्र रुपले अगाडि बढको सञ्चालन बलराम आचार्यले जानकारी दिनुभयो ।
गोरखा डिपार्टमेन्ट स्टोले पूर्वमा चार शाखा वितार गर्ने कार्यलाई दुई बर्ष अगाडि नै गुरु योजनाका रुपमा अगाडि बढाएको थियो ।
विराटचौकको शाखा विस्तार भैसकेको छ भने दशै अगाडि पथरी र झापाको अत्यन्तै व्यस्त सहर दमक उपमहानगर पालिकाको पूर्व पश्चिम महेन्द्र राजमार्गसागै बस स्टेन्ड उत्तरपट्टि तेस्रो विस्तािरत शाखाको काम तिब्र रुपमा अगाडि बढिरहेको छ । सञ्चालक आचार्यका अनुसार हाल उक्त भवनको भित्री भागमा डेकोरेशन, मार्वलिङ्गको काम भइरहेको छ । तीन तलाको उक्त भवन अत्यन्तै ठूलो भएकोले काम पूरा हुन केही समय लाग्ने छ ।
गोरखा डिपार्टमेन्ट स्टोर इटहरीको झल्को दिने ढंगले विस्तारित शाखाहरु तयार गरिएको आचार्यको कथन छ । उता धरान वडा नं. ८ धनकुटे रोडमा पनि भवन निर्माणले गति लिएको छ । धरानमा निर्माण भइरहको भवन दमक, पथरी र विराटचौकको भन्दा अलिशान हुने देखिएको छ । बढ्दो सवारी चापलाई मध्यनजर गरी अन्डर ग्राउन्ड पार्किङ्ग र वाह्य पार्किङ्ग समेतको डिजाइन अनुसार बन्ने भवन सम्भवत
धरानको एउटा गहनाको रुपमा रहने आचार्यको कथन छ ।
