अजिंगर विश्वको सबैभन्दा डरलाग्दो मध्येको एक सिकारी जीव हो र यसले मानिसका बच्चा त ज्यूादै निलिदिन्छ । तर एकजना अढाइ वर्षकी बालिकाको १५ फिट लामो बर्मेली अजिंगर सागको हेलमेल भने मुटु नै कम्पन गराउने खालको छ ।
आफैलाई निल्न सक्ने त्यो जंगली जनावरसाग उनी अंकमाल गर्छिन, उसलाई चुम्बन गर्छिन् अनि आफ्नो जिउ वरपर बेर्छिन् । अढाइ वर्षकी
छोरी एलिसा मेइ अजिंगर साग खेलेको देख्दा उनका बुवाआमा डराउनुको साटो खुसी छन् ।
बर्मेली अजिंगरले जंगलमा सुागुर, मृग तथा गोही समेतलाई निलेको देख्न पाइन्छ, टेलिभिजन च्यानलहरुमा । तर बेलायतको ब्राडफोर्डका रब कोवान तथा उनकी श्रीमतीका लागि भने अस्टिन नामको बर्मेली अजिंगर परिवारको सदस्य जस्तै छ ।
उनीहरुको परिवारमा अस्टिन मात्र होइन, अरु १८ वटा सर्प पनि छन् र ती मध्ये अस्टिन सबैभन्दा ठूलो हो ।
आठ वर्षे अस्टिन नामक उक्त अजिंगर निकै भऽ स्वभावको रहेको र उसको तौल ८२ किलो छ । यो अजिंगरलाई आहारा के होला ? यसले राजर्षी खानेकुरा खान्छ । दैनिक रुपमा यसलाई खरायो तथा गिनी पिग भोजन गराइन्छ ।
