चीनसँग विकास निर्माणमा सम्झौता

काठमाण्डौ । नेपालको औपचारिक भ्रमणमा आएका चीनका CIDCA का उपाध्यक्ष याङ्ग वेकिन र अर्थमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेबीच आधा दर्जन विकासे परियोजनामा हस्ताक्षर भएको छ । शनिवार काठमाण्डौ आएका उपाध्यक्ष याङ्ग वेकिन र अर्थ सचिव घिमिरेबीच भएको सम्झौता अनुसार काठमाण्डौ चक्रपथ सडकको कलंकीदेखि बसुन्धरा सम्मको ८.२ किमी सडकको दोस्रो चरण, हिल्सा सिमकोट सडकको स्तरोन्नति, अरनीको राजमार्गको
स्तरोन्नति चौथो चरण, मुस्ताङ कोरोला नाकामा आइपिसी र आइसिडी निर्माण, विआरआई परियोजना निर्माणका लागि हस्ताक्षर भएको हो ।

दुवै पक्षबीच भएको सम्झौता हस्ताक्षरका समयमा अर्थमन्त्री विष्णु पौड्याल र नेपालस्थित चिनियाँ राजदुत छेनसोङ्गको समेत उपस्थिति रहेको
थियो ।

तपाईको प्रतिक्रिया