बलात्कार आरोपी ६ जना पक्राउ

दमक । झापामा एक १६ बर्षीया बालिकाको अपहरण गरी छुट्टाछुट्टै ठाउँमा पु¥याइ सामुहिक बलात्कार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बालिका बलात्कारको आरोपमा पक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका वडा नं. ८ शनिश्चरेका ३४ बर्षीय सरोज राई, वडा नं. ५ का १९ बर्षीय अनिष लिम्बु, वडा नं. ८ कै केशव मगर, वडा नं. ७ का लंका राजवंशी र २० बर्षीय सुदिप श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय शनिश्चरेका अनुसार वडा नं. ७ का २१ बर्षीय सुजन डाँगी भने फरार रहेका छन् । प्रहरीका अनुसार घट्ना श्रावण ७ गते शुक्रबार रातिको हो । बलत्कृत बालिकाले शनिवार इलाका प्रहरी कार्यालय शनिश्चरेमा जाहेरी दिएपछि घट्ना बाहिरिएको र प्रहरीले आइतबार सम्ममा ५ जनालाई पक्राउ गरेको हो । फरार एकजनाको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया