बराह बचत तथा ऋण सहकारीले वीमा रकम बाड्यो

धरान/कम्पनीका काम गर्ने कामदारलाई वीमा अनिवार्य हो भन्ने कुरा बुझाउनै लागि धरानस्थित बराह इण्डिष्ट्रिज प्रा.लिले आफ्ना १ सय २ जना कर्मचारीहरुको एसियन लाइफ इन्स्युरेन्समा जीवन वीमाको थालनी गरेको छ ।
वीमा गरेकै कारण संस्थाकी कर्मचारी टिका विकका परिवारलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी वीमा रकम हस्तान्तरण गरिएको छ ।
बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर दियालीको अध्यक्षतामा भएको कार्यक्रममा स्व. कर्मचारी टिका विकका परिवारलाई ९८ हजार ४ सय ६ रुपैया कार्यक्रमकी प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य निलिफा सुब्बा, महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे र एसियन कम्पनीका प्रवन्धक तिलक कालिकोटेले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।
२७ बर्षकै अल्पआयुमा निधन भएकी विकले बराहमा ०६९ चैत्र १ गतेबाट काम शुरु गरेपनि दुईबर्षपछि अर्थात ०७१ चैत्र १४ गते निधन भएको थियो । १ लाख १ हजारको वीमा गरेकी विकको एक किस्तामात्र बुझाइएको थियो ।

तपाईको प्रतिक्रिया