श्रेष्ठ जय शान्ति
धरान–१४
आषाढकै दिन हो पानी पर्दा पर्दा आकाश थाकेर त्यो दिन ढपक्क बाादलले चुरे पवर्तको टुप्पाहरु लेवल लगाइ छोपेको थिो । बसन्तपछि भित्रिएको ग्रिष्म ऋतुले दुल्हन झै प्राकृतिक हरियालीले सजिएकी थिइ ।
त्यो दिन रोपाइको लागि अगाडि नै सबैतिर हली गोरु, बाउसे, रोपाहारको बन्देबस्त भएकोले म अलि छिट्टै घरका हल गोरु लिएर बूढासुब्बा मन्दिर पूर्व सेउती छेउ रहेको निर्मलखण्ड खेतमा गए, हिल्याउने, आली लगाउने काम पहिला नै सकिसकेकोले त्यो दिन धान रोपाइमात्र गरिन्थ्यो ।
विहानको खाना खाएर आएका खेतालाहरुले आ–आफ्नो क्षेत्र बमोजिम जोत्ने, हिल्याउने, बाउसे गर्ने र पछि रोपाहारले रोप्ने काम गर्न शुरु गरिरकेका थिए भने हामीले खेत रोप्दा हरेक बर्ष बेठी लगाएझै त्यो दिनका लागि पााचकन्य पत्रङ्गतर्फमा नौमति बाजावालालाई बोलाएका हुनाले उनेरुले पनि हिल्याएको खेतमा गरैपिच्छे रोपाहार, बाउसकोसंगमा बेठी पारा बाजा बजाई त्यो क्षेत्र नै थर्काइ गीत गाइरहेथे नाची रहेथे, रोपाहार बाउसे पनि चिकिक्क परेका लुगा लगाई
कोरीबाटी गरी टोपी ढल्काएर आएका थिए । बूढासुब्बा मन्दिर पुर्वको पााखा र खेतका छेउमा बसेर रमिता हेर्नेको पनि भिड नै लागेको थिो, रंगीचंगी पोसाक, १५ १६ हल गोरुहरु, ३५,४० जना रोपाहार, बाउसेर नौमति बाजावाल समेत गर्दा त त्यहा मेलै लागेको देखिन्थ्यो । बिउ Ïयाक्ने निहुा र बाउसे गर्ने निहुम्मा रोपाहारलाई हिलो छेप्ने र प्रति उत्तरमा उनेरु पनि हिलो छेप्दा कोही कोही त गरामै लडीबडी सम्म गर्थे, जो कोही पनि त्यो क्षेत्रको बाटो हिाड्थे टक्क अडिएर नहेरी सक्दै सक्दैन थिए । यसरी साह्रै रमाइलोसाग मेला चरिरहेथ्यो ।
त्यही क्रममा रोपाहारको मेलो खले गरामा पुगे छ रोपाहारले धानको मुठामुठा राखेर खले गरामा भकारी बााधेर नौमति बाजामा उफ्री उफ्री बाजा बजाई िलौ । अब खेत धनीले पूजा गर्ने बेला भयो यहाा आउनुस् है भनेर बोलाएपछि मैले मेरा बाबालाई जान आग्रह गरे । तर बुबाले मलाई न जानु भनेपछि म त्यहाा गई पूजा गरेर सबैलाई हिलोको टिका लगाइ बिउ टाउकाममा सिउरिदै थिए, सबैले ल अब खेत धनीलाई बोकेर परिक्रमा गर्ने बेला आयो भन्दै मलाई एकजनाले बोकी हाले, मैले पर्दैन भन्दा तीनपटक भकारी बााधेको हिलो गरामा घुमाए उता बाजावाल गीतर बाजा बजाउदै उफ्री रहेथे, अन्त मलाई बोक्दा बोक्दै अब हिलोमा छाडिदिए, सबै रमिते, रोहार, बाउसे पेट मिची मिची हाासे म पुरै हिलोले पोतिएको थिए म पनि हाास्दै उठे ।
