वी.पी. प्रतिष्ठानका शिक्षक/कर्मचारीको तलब वृद्धि हुने

धरान/: वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको तलब भत्ता तथा सुविधा वृद्धि हुने भएको छ ।
प्रतिष्ठानको ३६औं संचालक परिषदको बैठकद्धारा पूर्व उपकुलपति माननीय डा. शेखर कोइरालाको अध्यक्षतामा गठित उच्चस्तरीय तलबमान आयोगको सिफारिस बमोजिम सुविधा वृद्धि भएको हो । चालु आर्थिक वर्ष देखि लागु हुने शिक्षक कर्मचारीहरुको १७ प्रतिशत तलब तथा ५ प्रतिशत महंगी भत्ता वृद्धि भएको र तल्लो तहका कर्मचारीहरुलाई निर्वाह भत्ता स्वरुप दुईहजार वृद्धि भएको कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए । न्यून तलब भएका न्यून तलब भएका कर्मचारीहरुलाई उच्च प्राथमिकता दिने कर्मचारी कल्याण समाज र प्रतिष्ठान व्यवस्थापन वीच सहमति भएअनुसार उच्चस्तरीय तलबमान आयोगले निम्न तहका कर्मचारीलाई अतिरिक्त निर्वाह भत्ता सिफारिस गरेको तामाङले बताए । त्यस्तै जुनियर रेसिडेन्टको दुईहजार र इन्र्टनको एकहजार पांचसय वृद्धि भएको समेत उनले बताए ।
वृद्धि गरिएको सुविधा कार्यान्वयन गराउन उच्चस्तरीय आयोगले प्रतिष्ठानलाई १० करोड थप बजेट उपलब्ध गराउन पौष १ गते नै स्वास्थ्य र अर्थ मन्त्रालयलाई सिफारिस गरेको थियो । १० करोड थप बजेट उपलब्ध गराउन दुवै मन्त्रालय सहमत भई यस अघि नै २ करोड निकासा भईसकेको छ । बांकी ८ करोड निकासा हुने सुनिश्चित नभएपछि हालसम्म वृद्धि गरिएको तलबभत्ता उपलब्ध गराइएको थिएन ।
माननीय स्ववास्थ्य मन्त्री खगराज अधिरकारी, उच्चस्तरीय तलबमान आयोगका अध्यक्ष माननीय डा. शेखर कोइराला, अर्थ सचिव श्री सुमन प्रसाद शर्मा, स्वास्थ्य सचिव श्री शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक श्री शैलेन्द्रराज उप्रेती र प्रमुख लेखा नियन्त्रक श्री सुशिल पाण्डेसंग अध्यक्ष तामाङ, प्रतिष्ठानका रजिष्टूार तुलबहादुर श्रेष्ठ र डेपुटी रजिष्टूार अमित श्रीवास्तव वीच थप ८ करोड सम्बन्धमा पटक पटक दिनभर गम्भिर कुराकानी हुंदा दुवै मन्त्रालय थप बजेट दिन तयार भएको समाजका अध्यक्ष तामाङले बताए । उनका अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गत खर्च नहुने बजेटवाट रकमान्तर गरी बजेट उपलब्ध गराउने सहमति भई रकमान्तरका लागि प्रकृया शुरु भएको छ ।
तलब वृद्धि कै विषयलाई लिएर कर्मचारीहरुमा विभाजन समेत आएको थियो । तलबवृद्धि संगै कर्मचारीको विभाजन पनि समाप्त भएर जाने विश्वास तामाङले व्यक्त गरे । उनले उच्चस्तरी तलबमान आयोगका अध्यक्ष मा.डा.शेखर कोइराला, राष्टिूय योजना आयोगका सदस्य मा.डा. यज्ञ वहादुर कार्की, चिकित्सा विज्ञान राष्टिूय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ, स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ, अर्थ सचिव सुमन प्रसाद शर्मा, अर्थका सह(सचिव बैकुण्ठ अर्याल, प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दास, रजिष्टूार तुलबहादुर श्रेष्ठ र डेपुटी रजिष्टूार अमित श्रीवास्तलाई विशेष धन्यवाद दिए । साथै उच्चस्तरी तलबमान आयोगलाई सहयोग गर्न बनेको कार्यदलका संयोजक, स्वास्थ्य सहसचिव केदार बहादुर अधिकारी, सदस्यहरु डा. गुणराज लोहनी, थान प्रसाद पंगेनीलाई समेत विशेष धन्यवाद दिए ।
प्रतिष्ठानको शिक्षक कर्मचारीहरुको तलब वृद्धि गर्न अत्यन्त कठिन संघर्ष गर्नुपरेको अनुभव बताउंदै उनले सहयोग गर्ने प्रतिष्ठानका पदाधिकारी, संचालक परिषदका सदस्यहरु, कार्यकारीणी समितिका सदस्यहरु, शिक्षक, कर्मचारी, विद्यार्थी तथा स्थानीय राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघसंस्था र महानुभावहरुको सहयोगको सदैव उच्च मूल्यांकन गर्ने बताए ।
सुविधा वृद्धिको मागलाई लिएर पटक पटक आन्दोलन गर्नुपर्दा विरामी र विद्यार्थी वर्गमा पर्न गएको असुविधाप्रति तामाङले दु:ख व्यक्त गर्दै भविष्यमा कहिल्यै सेवा बन्द नगर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया