सप्तकोशी डुंगा दुर्घटनामा दुई वेपत्ता

धरान/सुनसरी जिल्लाको प्रकाश गाविसबाट उदयपुर जिल्लातर्फ जाादै गएको काठे डुंगा हिजो मंगलबार अपरान्ह १ बजे उदयपुर तर्फको भंगालोमा दुर्घटना हुादा दुई जना वेपत्ता भएका छन् ।
उक्त डुंगामा १५ जना यात्रुहरु सवार रहेकोमा १३ जना सकुसल सम्पर्कमा आएको र २ जनाको मंगलबार अवेरसम्म खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
डुंगा दुर्घटनामा वेपत्त भएकामा प्रकाशपुरका पवन चन्द्रवंशी र रिता चन्द्रवंशी रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया