घण्टाघरबाट हेर्दा

चोरेर खान पाउनुपर्छ रे
न विगत न वर्तमान न भविष्य केही नभएको सहकारी ठग घण्टे पार्टीका एक जना मात्र होइन सबैजना चोरी खान पाउनुपर्छ भनेरअपानवायु निस्किने गरी चिच्याएको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । हाक्काहाक्की चोरेर खान पाउनुपर्छ भनेर चिच्याउनु सर्वनामकै हो । अब हेरम न सत्तामा पुग्ने हैसियतै नभएको घण्टे पार्टीकी एकजना चिलिम च्वाँट शिक्षामन्त्रीले मानव तस्करीको धन्दामा मुछिएकी उपसभामुखको बचाउ गर्दा ३४ बर्षदेखि अरुले लुटेर, चोरेर खाँदा हुने आपूहरुले किन नहुने कर्क गरेकी छन् । हुन त दुई चार वटा लोग्ने परिवर्तन गर्न सक्ने, डबल डबल नागरिकता र पासपोर्टधारहरु, अमेरिकातिर श्रीमति थन्क्याएर यता लुट्न बसेकाहरु ग्रिनकार्ड धारीहरु, सहकारी टाँट बनाउन खुंवार नटवरलालहरुको क्लब त प¥यो घण्टे पार्टी । अनि चोरी खान, ठग्न, लुटन पाउनुपर्छ भन्ने तर्क गर्नु कुनचाहिँ ठूलो कुरा भयो र ? कि कसो हौ अन्तरेउ ?
सिद्धिएको मानसिकता


हात्ती दु्ब्लाएपछि मुसा हुन्छ र विलाउँछ भन्थे हो कि क्या हो ? अस्थिरतामा डुबुल्की मार्न खप्पिस माकुने हिजो आज बडो तनावमा छन् । किन नहुन त विचराको न वर्तमान छ न त भविष्य छ । आषाढ २८ गते सम्म तिनको सानो चुरीफुरी थिएन । अरुको ढाडमा बुई चढेर एक दुई थान मन्त्री, राजदुत, केही थान राजनैतिक नियुक्ति लिएर पुतलीजुँगा मुसार्दै आएका माकुनेले अस्तिका दिन भन्दा आफ्नो पार्टीका विरुद्ध षड्यन्त्रका तानावाना बुनिदै छ रे । काँग्रेस काँधमा बोकर हिँड्दा पनि राष्ट्रिय पार्टी बनाउन नसकेका माकुनेको पार्टीलाई कस्ले तानावाना बुन्ला र ? कसैले मपाई भनोस् कि नभनोस आफै मलाई भन्या यही हो ।
पानीबाट आएका पानीबाटै….
साह«ै चोथाले भा’का धरान नगरका प्रमुख जसको यतिबेला खुबै चर्चा छ । सामाजिक सञ्जालमा उनका दुई चार जना नन्दीभृंगीहरु बाहेक विचरालाई सबैले लखेट्नुसम्म लखेटेका छन् । उनको बचाउन गर्नहरु मामाघरतिर पाहुना लाग्न गएपछि उनको बचाउमा तथानाम भन्नेहरु सेलाएका छन् । जेहोस् चर्चा हर्कुको छ । गुमनाम से अच्छा बदनाम ठीक । अब यतिबेला खानेपानीमा महसुल बृद्धि गरेर हर्कुले धराने जनतामाझ नयाँ किर्तिमान राखेका छन् । पहिला पहिला त खुब मच्चिन्थे मैले चुनाव जिते भने धराने जनतालाई निःशुल्क पानी खुवाउछु, जनताको धाराको पैसा नगरपालिकाले तिर्नुपर्छ । हैन हो के भनेर कोक्ल्याटा धरानेहरु ग्याम ग्याम भोट हाल्दिए । अहिले आएर सबैलाई काउछो भा’छ । इतिहासमै सबैभन्दा बढी मूल्य बृद्धि ग¥या छन् । अब त लत्तरो मान्छेले धारो जडान गर्न पनि सक्दैन । हेरौ न दलीय Ïयाउराहरु मूल्य घटा नत्र…..भनेर लाग्या छन् । तर हर्कुले साह«ै घाँस हाल्लान् जस्तो छैन ।
सरकारबाट माउवादी कुले
कोशी प्रदेश सरकारबाट माउवादीबाट मन्त्री बनेकाहरुले कुले ठोकेका छन् । केन्द्रीय सत्ता समीकरण परिवर्तन भए पनि पिधमा सुपरग्लु लगाएर प्रदेश सरकारमा सर्वलाज पचाएर टाँसिएका थिए । आफै जानेर, बुझेर छोड्लान भनेर मुखमन्तरीले बाटो हे¥याहे¥यै गरे । तर छोड्ने नामै लिदैनन् थिए । अति भएसी मुखमन्तरीले मन्तरी मण्डल पुनर्गठन गर्र्ने र माउवादीका मन्तरीहरुलाई जोरलात्ती बजाउने योजना बनाए । मुखमन्तरीको योजना गाइगुई थाहा पाएसी शुक्रबार आफै झोली तुम्बा बोकेर कुले ठोकेछन् । १७ दिनसम्म राज्यका स्रोत साधन अपचलन गरे । हँट्नु नै थियो भन्ने निश्चित त थियो, वित्थाँ किन टाँस्सिनु ? प्रचण्डाउले केन्द्रमा जादुको छँडी घुमाइ पो हाल्छन् कि भन्ने आशामा बस्या थिए, विचराहरु ।
पत्र दर्ता भा छैन रे
सहकारी ठग घण्टे पार्टीका ब्रोकर मनिष झा र औसर परस्त स्वर्णिम वाग्ले यतिबेला नयाँ नयाँ फण्डा झिकेर कुतर्क गर्न थाल्या छन् । हुन त तिनले गर्ने नै कुतर्क हो । अब हेरम न उपसभामुख इन्दिरा रानाले उपसभामुखको लेटर प्याडमा ६ जनालाई अमेरिका पठाउन अमेरिकी दुतावासलाई पत्र पठाइन् । अब अहिले आएर सर्वत्र आलोचना हुन थालेसी घण्टे पार्टीका दुई जना दलालहरु रानाले पठाएको पत्र दुतावासमा दर्ता नै भएको छैन भनेर नयाँ फण्डा झिकेका छन् । दर्ता गर्न नै दुतावासले आवश्यक ठानेन, आखिरी पत्र पठाएको हो रै’छ भनेर स्वीकार्नु पर्दैन । घण्टेहरु कुनाकाप्चामा अलिकति भएपनि नैतिकता छ भने तुरुन्तै रानालाई राजीनामा गर्न लगाउनु पर्दैन । नैतिकता त्यो पनि घण्टेहरुमा ? भए पो गर्छन् त ।
बहुलाउने भए…..
माकुने, प्रचण्डाउ, ठग घण्टे बहुलाउलान् जस्तो छ । झण्डै एक महिना अगाडि यिनले विदेशी कुटनीतिक नियोगहरुमा ११ जना
राजदुत नियुक्त ग¥या थिए । अब अहिले बनेको सत्ता गठबन्धनले यिन्ले नियुक्त गरेकाहरुलाई बोलाएर अरुलाई नियुक्त गर्ने निर्णय गरेपछि यिनीहरु बहुलाउन लाग्या हुन् । राजदुत हुनेहरुबाट ५
करोड सम्म रुपैयाँ लिएर नियुक्त गरेको गाइगुई चल्दै आएको छ । पैसा बिना त यिन्ले मरेको मान्छे बाँच्छ पिसाव फेरिदेन भन्यो भने पनि फेर्दैनन् । पैसो नदिई मुÏतमा नियुक्ति गरे होलान् भनेर कसैले विश्वास गर्दैनन् । अब उनीहरु फिर्ता आएर पैसा मागे भने माकुने, प्रचण्डाउ, ठग लामिछानेले फिर्ता गर्लान् कि नगर्लान् ? जे होस् राजनीतको क्लाइमेक्सले गति लिँदैछ ।
गौशालाले मुद्धा फिर्ता लिइ रे
क्रिकेटर सन्दिप लामिछानेको जीवनमा उथलपुथल ल्याउन केही हदसम्म सफल भएकी गौशाला २६ नामाकरण गरेकी लखौरीले मुद्धा फिर्ता लिन वकिललाई पत्र पठाईछे । लामिछाने निर्दोष छ मैले संघ संस्थाले भनेकोले उजुरी हाल्या हो भनेर अहिले सकारी छे । पैसाको लोभमा कसैको इज्जतमाथि धावा बोल्ने त्यो नखरमाउलीले अब भटाभट भन्नुपर्छ त्यसरी उचाल्ने संस्था कुन हो ? हुन त गौशाला २६ को थोपडा अहिलेसम्म कसैले देख्या छैन । हुन त नदेखेकै राम्रो । त्यसलाई देख्यो कि मानव मलमुत्र त्यसको अनुहारमा पोतिने निश्चित छ । अति गर्नु अतिचार नगर्नु भन्ने कुराको त्यसलाई हेक्का थिएन ?
अन्तेमा
जसको राजनीतिमा आफ्नै भविष्य छैन उसले अर्काको भविष्य बनाउँछु भन्नु हास्यास्पद मात्र हो । अब हेरम मण्डिखाटारकी महारानी सुजाता जोष्टलाई । आउने १५औं नेपाली काँग्रेसको महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाएरै छाड्छु रे । पार्टीको सदस्य, निर्वाचनमा कहिल्यै विजयी नभाकी जोष्टले शेखरलाई कसरी सभापति बनाउली ? हैन हौ गफ गर्न पाए भन्दैमा आलु खाएर पिडालुको धमास त दिनु भएन नि । गिर्जाउ बाँचुन्ज्याल तिनको चुरिफुरी थियो । अब सुजोले भन्या कस्ले मान्ने, कस्ले टेर्ने ? वक्तवक्ती वात है । शेखराउलाई सभापति बनाउन सक्नेले आफूले छोड्थ्यो होला ? त्यसैले मण्डीखाटारकी महारानी ज्यादा गफ नजोतेकै वेश ।

तपाईको प्रतिक्रिया