पिण्डेश्वर मन्दिरमा बोलबम भक्तजन बढ्दै

धरान । साउन महिनाको दोस्रो सोमबार कोशी प्रदेसका शिवालयमा श्रद्धालुहरुको घुँइलो लागेको छ । कोशी प्रदेसकै प्रमुख धार्मिक तिर्थ स्थल धरानको विजयपुर स्थित रुद्राक्षरण्य क्षेत्रमा अवस्थित पिण्डेश्वर वावाधाम, झापाको अर्जुनधार, खोटाङको हलेसी, सुनसरीको रामधुनी लगायतका शिवालयहरुमा गेरु वस्त्रधारी श्रद्धालुहरुको विहानैदेखि बाक्लो घुँइचो लागेको छ । रुद्राक्षरण्य क्षेत्र अर्थात रुद्राक्षको उत्पत्ति भएको क्षेत्रमा रहेको धरानको विजयपुरमा रहेको पिण्डेश्वर बाबाधाममा विगतका बर्षहरुमा भन्दा श्रद्धालु भक्तजनहरु बढेका छन् । साउन महिनाभर चल्ने वोलबम धार्मिक मेलामा प्राचिन हरिद्वार चतरावाट कोैशीकी नदी अर्थात सप्तकोशी नदिको जल गेरु वस्त्र लगाएर पिण्डेश्रमा ल्याएर चढाउने परंम्परा छ । पहेलो वस्त्र अर्थात गेरु वस्त्र धारण गरी सप्तकोशी नदिको जल ल्याएर पिण्डेश्वर वावाको मन्दिरमा चढाउदा मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास छ ।


साउन महिना भर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकांक्षा पूरा हुने विश्वासका कारण पिण्डेश्वर वावा धाममा साउन महिनाका हरेक सोमबार श्रद्धालुहरुको भिड लाग्ने गरेको हो । बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउ लगायत भारतको विहार, पश्चिम वंगाल ,दार्जिलिङ, खर्साङ, सिक्किम लगायतका स्थानवाट भत्तजनहरु आउने गरेका छन् । भगवान शिवले समुद्र मन्थन गरेर निस्किएको अमृतको मुख्य पिण्ड नै धरानको यो विजयपुर रुद्रक्षमय पिण्डेश्वर वावा धाम हो भन्ने विश्वास हिन्दु धर्मग्रन्थमा उल्लेख रहेको प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले जानकारी दिनुभयो र्। रुद्राक्षको उत्पत्ति भएको क्षेत्रमा रहेका पिवण्डेश्वर वावाधाम प्रति हिन्दुधर्मावलम्वीहरुमा ठुलो विश्वास छ । कोरोनाको महामारी सगै धरानमा फैलिएको डेंगीको कारण पछिल्ला केही वर्ष श्रद्धालुहरुको संख्यामा कमी आएको भए पनि यो वर्ष भने सुरुवात देखीनै श्रद्धालुहरुको घुइचो लागेको ्रछ । श्रद्धालुहरुको चाप पहिलो हप्तामै अत्याधिक भए पछि विहान ३ वजे नै मन्दिरको ढोका खोलिएको थियो ।

तपाईको प्रतिक्रिया