सरकारले मैथिली भाषा, साहित्य र संस्कृतिमा दिएका व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ ।
सिहंदरबारस्थित संस्कृति मन्त्रालयमा आइतबार संस्कृतिमन्त्री कृपासुर शेर्पाले २०७० र ७१ सालका पुरस्कारहरू प्रदान गरे । २०७० का लागि जनकपुरधामका डा. रेवतीरमण लाललाई नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार, धनुषाका रामशोभित राउतलाई कला–संस्कृति, राजविराजका डा. सुनीलकुमार झालाई अनुसन्धान, डा. गंगाप्रसाद अकेलालाई अनुवाद तथा धनुषाका काशीकान्त झालाई पाण्डुलिपि पुरस्कार प्रदान गरियो ।
त्यस्तै, २०७१ का लागि जनकपुरधामको रामानन्द युवा क्लबलाई ‘नेपाल विद्यापति मैथिली भाषा साहित्य
पुरस्कार, सिरहाका धीरेन्ऽ प्रेमर्षीलाई अनुवाद, मलंगवाका डा. वासुदेव लाल दासलाई अनुसन्धान, लहानका चन्ऽशेखर लाल शेखरलाई पाण्डुलिपि तथा सिरहाकै श्यामसुन्दर यादवलाई कला संस्कृति पुरस्कार दिइयो । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २ लाख रुपैयााको हो भने अन्य सबै
पुरस्कार १–१ लाख रुपैयााका हुन् ।
त्र
