भेडेटारमा स्काइ वाक सञ्चालन : पर्यटन पवद्र्धनमा सहयोग पुग्ने अपेक्षा

रान । धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको संंगम स्थल भेडेटारमा स्काई वाक निर्माण सम्पन्न पश्चात शुक्रबारबाट सञ्चालनमा आएको छ । बोल्डर्स अम्युजमेन्ट पार्कस एण्ड अट्राक्सन्स प्रा.लि.ले भेडेटारमा रहेको चाल्स पोइन्टमा स्काई वाक सञ्चालनमा आएसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा त्यहाँका व्यापारी व्यवसायीहरुले अपेक्षा राखेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, साँगुरी गढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले स्काइ वाकको संयुक्त रुपमा उद्घाटन गर्दै सर्वसाधारणलाई समेत खुल्ला गरिदिएपछि भने व्यापारी, व्यवसायीहरु उत्साहित भएका हुन् ।काठमाण्डौको कमलादी, इलामको कन्याममा सफलतापूर्वक सञ्चालनमा ल्याएको बोल्डर्सले सागुरीगढी गाउँपालिका, धरान उपमहानगरपालिकाको समन्वयमा कोशी प्रदेश लगानी प्राधिकरण भेडेटार स्काई वाक परियोजना सञ्चालनमा ल्याएको हो । सबैतिर सफलतापूर्वक व्यवसायी गर्दै अधिकत्तम पर्यटक भित्र्याउन समेत सफल भएपछि भेडेटार घुम्न आउने तराईका विभिन् जिल्ला र भारत, बंगलादेशका पर्यटक समेत आउने अपेक्षा लिएको छ ।


स्काई वाकको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यस्ता परियोजनाहरु धेरै पाइपलाइनमा भएको भएपनि प्रदेश सरकारको लगानी प्राधिकरणबाट अगाडि बढाइएको परियोजना अहिलेसम्म यो मात्र पूरा भएको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरता, कोडिभकोको महामारी, कानुनको अभाव, समन्वयको अभाव लगायतले परियोजनाहरु सम्पन्न गर्न कठिनाई भइरहेको बताउदै अब पाइप लाइनमा रहेका परियोजनाहरु धमाधम सम्पन्न हुने बताउनुभयो । मुख्यमन्त्री कार्कीले धनकुटाको भेडेटारलाई पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँको रुपमा कोशी प्रदेशले महत्वका साथ हेरेको बताउँदै साँगुरीगढी गाउँपालिकाले अगाडि सारेको पदमार्गलाई समेत प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । पर्यटन प्रवद्र्धकै लागि अन्य स्थानपछि धनकुटा र सुनसरीको संगम स्थल साँगुरीगढी गाउँपालिकाको भेडेटारमा सञ्चालनमा ल्याइएको स्काइ वाकका सञ्चालक सुनिल भुसालले बताउनुभयो । उहाँले यो परियोजनाबाट प्रत्यक्ष २० जना अप्रत्यक्ष रुपमा सैयौ जनाले रोजगारी पाउने समेत बताउनुभयो । सो अवसरमा बोल्दै धरान उपमहनगरपालिकाका मेयर हर्कराज राईले धरान र भेडेटारको सम्बन्ध नङ र मासुको भएको बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनमा भेडेटार र धरानले एक्लाएक्लै सम्भव नभएको बताउँदै भेडेटार चिसो मौसम, रमणीय स्थल भएकोले ८० प्रतिशत आन्तरिक पर्यटक धरानबाट नै भैडेटार आउने गरेको तर्क राख्नुभयो ।
सो अवसरमा बोल्दै साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले निजि क्षेत्रबाट सञ्चालन भएको यो स्काइ वाकले भेडेटारको पर्यटन प्रवद्र्धनमा ठूलो फड्को मार्ने अपेक्षा लिएको बताउनुभयो । उहाँलै विगतमा चाल्सपोइन्ट भएको ठाउँलाई परिस्किृत गरेर स्काइवाक निर्माण भएको बताउँदै निजी क्षेत्रले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्न सक्छ भन्ने उदाहरण यो स्काइ वाक भएको बताउनुभयौ ।
२० करोडको लगानीमा सम्पन्न भएको यो स्काइ वाक २०७७ फागुन ९ गते प्रदेश प्राधिकरण र लगानीकर्ताबीच सम्झौता भएको थियो । यो स्काई वाक १८५ मिटर अग्लो डाँडामा टावर तयार गरी ४१ मिटर लम्बाई र २ मिटर चौडाइमा सीसै सीसातबाट हिड्न सकिने संरचना निर्माण गरिएको छ । चिसो मौसमसँगै यहाँ रहेका नमस्ते झरना, भूत घर, अजंगको बर, शंकधर पार्क लगायतका दर्जनौ बनेका पार्कले भेडेटारमा लाखौ आन्तरिक तथा वाह्य पर्यटक तान्दै आएको थियो । स्काई वाक निर्माण सम्पन्न भइ सञ्चालन समेत हुन थालेको अवस्थामा यो वाकले पर्यटकलाई अझ थप आकर्षण गर्ने भएकोले भेडैटारम आन्तरिक तथा वाह्य पर्यटकको आगममा वृद्ध हुने सबैले विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया