बृद्धि गरेको खानेपानीको महसुल घटाउन १० दलको ७२ घण्टे अल्टिमेटम

धरान । खानेपानी समस्या समाधानका गर्ने भनेर निर्वाचित भएका धरान उपमहानगरनगरपालिकाका मेयर हर्कराज राईले विगतमा अभियन्ता हुदा धरानेहरुलाई खानेपानीको निःशुल्क माग गर्दै आउनु भएको थियो । तर तिनै मेयर राईले अभियन्ता हुदाको प्रतिबद्धता बिर्सेर मेयर तथा धरान खानेपानी बोर्डको अध्यक्ष भइसकेपछि महसुलमा वृद्धि गरेपछि धरानका १० राजनीतिक घटकहरु चरमबद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सविकै शुल्क निर्धारण गर्न ७२ घण्टे अल्टिमेटम समेत दिएका छन् । साउन १ गतेदेखि लागू हुने गरी धरान उपमहानगरपालिकाका मेयर एवम धरान खानेपानी बोर्डका अध्यक्ष हर्कराज राईले खानेपानीको महसुल बृद्धि गरेपछि महसुल घटाउनुपर्ने मागसहित आन्दोलनमा होकिएका हुन । उनीहरुले धरानको व्यस्त ठाउँ छाताचौकमा पत्रकार सम्मेलन गरी धरान १३ मा रहेको धरान खानेपानी बोर्डमा पुगेर महसुल घटाउन ७२ घण्टे अल्टिमेटम समेत बुझाएका छन् । ज्ञापनपत्र बुझ्नका लागि उनीहरुले मेयर राईलाई पहिला नै जानकारी गराएपनि मेयर राई अनुपस्थित भएपछि भने उनीहरुहरुले आक्रोसित हुदै बोर्डका कार्यकारी निर्दैशक इन्जिनियर राजु पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै महसुल घटाउन ७२ घण्टे अल्टिमेटम दिँदै कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।


ै बनाउउदै बोर्डलाई पुर्णता दिएर पारदर्शी र जवाफदेहीरुपमा सञ्चालन गर्न र धरान खानेपानी व्यवस्थापन बोर्डको आय व्यय सार्वजनिक परिक्षण गर्न पनि माग उनीहरुले माग गरैका छन् । ज्ञापन पत्रमा कांग्रेस सभापति श्याम पोख्रेल, एमाले अध्यक्ष हर्कजंग एभेङ, माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष सर्वजित राई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ताजुब लिम्बु, नेकपा (एकीकृत समाजवादी)का रेवतीरमण राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष अर्जुन खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष मोहनकुमार तिगेला र राष्ट्रिय साझा पार्टीका अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गर्नुभएको छ । नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले जनताको सरोकारको विषय भएकोले आफूहरुले खानेपानीको महसुल विरुद्धको आन्दोलन गरेको बताउनुभयो । उनीहरुले महशुलको कुरामात्र हैन पछिल्लो समय धरानमा भएको गतिविधि समेत लज्जास्पद ढंगको भएको बताउदै धरानमा अराजकता बढाउने काम मेयर राईले गदैै आएको समेत आरोप लगाए । बोर्डले पूर्णता नपाएको अवस्थामा बोर्डका अध्यक्ष समे रहेका मेयर राईले विधिसम्मत ढंगले महसुल बढाउन नमिल्ने तर्क समेत राखेका थिए । नेकपा माओवादी केद्रका धरान इन्चार्ज चोत्लु«ङले बोर्डका पदाधिकारीहरुको कार्यवधि सकिएको लगायत विविध विषयमा अदालतमा मुद्धा विचाराधीन अवस्थामा रहेको बेला खानेपानीको महसुल वृद्धि जाजय नभएको बताउनुभयो । उनीहरुले खानेपानी बोर्डमा अहिले मेयर साम्पाङ एक्लैले एकल निर्णयबाट आरोप उनीहरुको छ । ्धरान खानेपानी बोर्डले साउन १ गतेदेखि लागू हुने गरी नयाँ धारा जडानमा न्युनतम ३३ देखि ३ सय प्रतिशतसम्म, होल चेञ्ज १ सय ५० देखि २सय ८० प्रतिशतसम्म, नामसारी मृतकबाट २ हजार ४ सय प्रतिशतदेखि ९ हजार ९सय प्रतिशतस, मर्मत तथा चेकमा १ सय प्रतिशतदेखि १हजार ९् सय प्रतिशतसम्म, महशुल ११ देखि २ प्रतिशत प्रतिशतसम्म वृद्धि गरेको छ । यसैगरि, निवेदन दस्तुर ४ सय प्रतिशत र जलाधार संरक्षण शुल्क नयाँ थप गरिएको छ । ज्ञापनपत्र बुझद० बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेलले मागहरुका सम्बन्धमा बोर्डका अध्यक्ष एवम धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई समक्ष ज्ञापनपत्र बुझाएर यस विषयमा ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भएको थियो । सुख्खा मौसममा खानेपानीको समस्याबाट आजित धरानेहरु बर्षाद्सँगै परेको पानीका कारण मुहानमा पानीको आपूर्ति बढ्दै जादा धारामा पानी आउन थालेपछि बढाइएको खानेपानीको शुल्क अमान्य रहेको उनीहरुको तर्क छ । हिजो अभियन्ता हुदा मेयर राईले तत्कालीन मेयर तिलक राईलाई खानेपानीको महसुल धराने जनतालाई छुट गराउनुपर्ने भन्दै आन्दोलित हुने अनि आज पदमा पुग्दा सर्वसाधारणको ढाँढ सेक्नेगरी महसुल बढाउनु कतिको जायज भएको भन्दै उनीहरुले बोर्डसमक्ष प्रश्न समेत गरेका थिए । महसुल घटाउन अल्टिमेटम लिएका उनीहरुले दिएको समय सीमाभित्र माग सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्ने चैतावनी समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया