धरान । विद्यानत : आषाढको तेस्रो हप्तासम्म धरान उपमहानगरपालिकाले अािर्थक बर्ष २०८०÷०८१ को बजेट तर्जुमा गरिसक्नु पर्नेमा नगरप्रमुखको हटी स्वभाव र बजेटका लागि हदैसम्मको निहुरिन र झुक्ने वडाध्यक्षहरुको प्रवृत्तिका कारण साउन ६ गते मात्र १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २८० रुपैयाको बजेट विनियोजन भएको छ । ्धरान उपमहानगरपालिकाको विनियोजित कुल बजेटमध्ये सबैभन्दा विवादास्पद नगरप्रमुख भिजन कोषमा विनियोजित ५ करोड र उपप्रमुख भिजन कोषको नाममा विनियोजित ३ करोड देखिएको छ । यस भन्दा अगाडि धरान उपमहानगरपालिकामा निर्वाचित नगर प्रमुख र उपप्रमुखले कहिल्यै भिजन कोषको नाममा रकम छुट्याएका थिएनन् । विवादास्पद भिजन कोषका अलावा नगर प्रमुख कोषको नाममा थप १ करोड ८० लाख र उपप्रमुख कोषको नाममा ७५लाख छुट्याएको छ । यी दुवै शीर्षकमा विनियोजित रकम स्वविवेकले प्रयोग गर्न वा खर्च गर्न पाउने भएपछि थप विकृति बढ्ने अर्थविद्हरुले औल्याएका छन् ।
बोर्ड बैठकबाट नगर प्रमुख भिजन कोषको ५ करोडबाट बेसार उद्योग व्यवस्थापन र सञ्चालनमा १२ लाख, साबुन उद्योग व्यवस्थापन सञ्चालनको नाममा १ करोड २० लाख, कपास प्रशोसन उद्योगको नाममा १० लाख, श्रमदाता सम्मान तथा प्रोत्साहनको नाममा १ लाख ५० हजार, सर्दु किनारमा नरिवल, लिची, सुपाडी रोप्ने तथा संरक्षको नाममा ३ लाख, खादा बनाउने तालिम तथा उत्पादन खरिदको नामा ५ लाख, इन्जिनियरिङ्ग न्य ऋबचत आविस्कार केन्द्रको नाममा ५ लाख, लागू औषध विरुद्धको कार्यक्रम तथा पुन स्थापनाका नाममा ३ लाख, अपांगता मैत्री २० नं. सञ्चालन÷अपांगता सहयोग १० लाख, शिक्षा, शिक्षक तथा शैक्षिक सुधार समेतमा २० लाख, बीपी अस्पताल स्थानीय सरकार दायित्व, असहाय गरिब दुःखी उपचारको नामा ७लाख, ग्रामीण वडा पूर्वाधार निर्माणको नाममा ३० लाख, धरानभित्रका अन्य कार्यालयहरुको पूर्वाधार निर्माण÷कार्यालय सञ्चालनका नाममा १५ लाख, तरकारी बजार निर्माण÷व्यवसायीक सेड तथा ट्रस निर्माणको नाममा ५५ लाख, स्वारा खानेपानी स्तरोन्नति धरान २० को नाममा ७ लाख, मर्मत÷निर्माण प्रकरण तथा सामाग्री सिमेन्ट, वालुवा, रड÷गाडी खरिदका नाममा १ करोड, सुरक्षा निकाय सवारी ममर्त ÷इन्धनको नाममा ४ लाख, सडक खोर्सानको नाममा २ लाख, क्रसर सञ्चालन÷नदीजन्य वस्तु व्यवस्थापन तथा परिचालनका नाममा १ करोड ५०लाख, श्रमदाता सुरक्षा तालिम तथा उपचार खर्चका नाममा १ करोड, श्रमदाता यातायातको नाममा ३ लाख ५० हजार, बंगुरको पाठा बेचविखन केन्द्र÷क्षेत्र स्थापनाका नाममा २ लाख, कलाकार तथा अनुसन्धानकर्ता÷खेलाडी प्रोत्साहन सहयोगको नामाा ३ लाख, फिल्म सुटिङ÷रियालिटी सो गर्नेलाई सहयोगको नाममा १० लाख, नास्ट भवन निर्माण तथा कार्यक्रम सञ्चालन साझेदारीको नाममा २० लाख, सुरक्षा÷सामाजिक तालिम फायर सेÏटीको नाममा २ लाख, लर्डस् होम नेपाल संरचना सहयोगको नाममा ५ लाख, अति विपन्न मृत्यु संस्कार सहयोगको नाममा ५ लाख, अति विपन्न सुत्केरी पोषणको नाममा ५ लाख छुट्याइएको छ । उता उपप्रमुख भिजन कार्यक्रमको नाममा छुट्याइएको ३ करोड के के के प्रयोजनका लागि खर्च गर्ने कुरा खुलाइएको छैन ।

उता धरानका २०वटा वडा कार्यालयहरुमा नगदै प्रवाह गर्ने निर्णय भएको छ । योजना विना त्यसरी प्रवाह गरएको रकम कति सदुपयोग हुने हो त्यो वडाध्यक्षहरुको कार्यशैलीले पुष्टि गर्नेछ । वडा नं १ लाई ७७ लाख ३४ हजार ५६९ रुपैया, वडा २ लाई ६९ लाख १९ हजार २९३ रुपैया, वडा नं ३ लाई ६८ लाख ७९ हजार १०३ रुपैया, वडा नं ४ लाई १ करोड ११ लाख ३ हजार ४८३, वडा नं ५ लाई १ करोड १६ लाख १२ हजार ५५२ रुपैया, वडा ६ लाई १ करोड १० लाख ६७ हजार ७५९ रुपैया, वडा नं ७ लाई ६६ लाख २१ हजार ३७९ रुपैया, वडा नं ८ लाई १
करोड ३५ लाख ४० हजार ३७९ रुपैया, वडा ९ लाई ७४ लाख ३९ हजार ८४५ रुपैया, वडा १० लाई ७९ लाख १९ हजार ५६९ रुपैया, वडा नं ११ लाई १ करोड २६ लाख २४ हजार ९४८ रुपैया, वडा १२ लाई ७६ लाख ६३ हजार १२१ रुपैया, वडा नं १३ लाई १ करोड ७ लाख ७६ हजार ८६२ रुपैया, वडा नं १४ लाई ८१ लाख ४६ हजार ३४ रुपैया, वडा नं १५ लाई १ करोड ९० लाख ८७ हजार ८२८ रुपैया, वडा नं १६ लाई १ करोड १४ लाख २८ हजार ८२८ रुपैया, वडा नं १७ लाई १ करोड ६२ लाख ९३ हजार ६९० रुपैया, वडा नं १८ लाई ८१ लाख ९७ हजार ६९ रुपैया, वडा नं १९ लाई १ करोड ११ लाख १४ हजार ९६६ रुपैया र वडा २० लाई १ करोड ३८ लाख २८ हजार ७२४ रुपैया छुट्याइएको छ ।
वडाहरुलाई रकम बाँड्ने होइन योजना बाँड्नुपर्छ–पूर्व प्रमुख मनोजकुमार मेन्याङ्गबो
बजेटभित्र धेरै विकृतिहरु छन् । मितव्यायितता छैन । अहिले त के के भिजन बजेटहरु ल्याउन थालेछन् त्यो भिजन बजेट भनेकै फजुल खर्चको एउटा नमूना हो । दुरुपयोगको नमूना हो । अर्को कुरा धेरै अगाडि ध्यानबहादुर राई र मेरै पालोमा सिध्याएको वितरणमुखी बजेट हँटाएर योजनामुखी बजेट बनाउने चलन चलेको थियो धरानमा । तारा सुब्बा मेयर हुँदा त्यसलाई बिगारे । बजेट त्यसरी वडा वडामा बाँड्न्े होइन, योजना बाँड्ने हो । वडा वडामा के कस्ता कुरा आवश्यक छ त्यसको योजना बनाउने हो । अहिले जे जति रकम छुट्याइएको छ त्यही रकम बराबरको् योजनाहरु सञ्चालन गर्नु पर्छ । ढल, खानेपानी, सडक आदिका योजना बनाउने हो । सो भएमा बजेट दुरुपयोग हुँदैन । अहिलेचाहिँ पैसा बाँड्ने, कस्ले बढी लिन सक्ने, पावर देखाएर बढी लिएर आफूखुशी वितरण गर्ने पाउँदा जनप्रतिनिधिहरु खुशी मानिरहे्का छन् । यही बजेटले जे–जति काम गर्नुपर्नेै हो त्यति काम पनि हुन सक्दैन । हाम्रो पालामा एक दुई करोड बजेट हुन्थ्यो । साधारण खर्च २५ प्रतिशत गरेर ६० प्रतिशत बजेट विकासमा लगाउँथ्यौं । अहिले त बजेटै बाँडेर दिएपछि त सिद्धिगयो नि । हामीले् अपेक्षा गरेको विकास त सम्भवै छैन । जसरी सांसदहरुलाई यसअघि दिएको सांसद कोष त कटौति गरेको छ भने अहिले मेयर उपमेयरले भिजन कोष कसरी राखेका हुन् ? यो स्वविवेक रुपमा खर्च गर्न पाउन भए । मेयर उपमेयर बीचमा कम्पिटिसन देखियो । मेयरको भिजन कोषमा ५ करोड उपमेयरको ३ करोड । फेरि मेयर कोषमा १ करोड ८० लाख र उपमेयरको कोषमा ७५ लाख भनेर छुट्याइएको छ । बजेट बनाउँदा जहिल्यै पनि धरानको पाँचकन्या र विष्णुपादुका गाउँपालिका गाभिसकेपछि उनीहरुलाई ठूलो् अन्याय भएको छ । जनसंख्याको हिसाबलाई मात्र आधार मान्ने भन्दा पनि सिँगै
धरान बराबर एउटै विषणुपादुका २० नं. वडा छ । त्यो वडालाई एक डेढ करोड छुट्याएर केही हुँदैन । त्यसैले गर्दा अति विकसित, विकसित, कम विकसित र अति पिछडा वडाको रुपमा बगीसर््कृत गरेर ती वडाहरुलाई विशेष गरेर २०,६,४, ५ लाई बढी फोकस गरिनुपथ्र्यौ । त्यसतर्फ ध्यान पुगेको देखिएन । अब योजना अनुसार बजेट विनियोजन गर्ने हो भने स्वभाविक रुपमा त्यस्ता वडाहरुले बढी बजेट प्राप्त गर्नेै, योजना प्राप्त गर्ने र उपलब्धी बढी हासिल गर्ने सम्भावना रहन्थ्यो , तर त्यतातिर पटक्कै ध्यान गएन । समग्रमा भन्नुपर्दा यो बजे्टलाई कसरी लिने त ? बेजेट त के यो पुरानै शैलीमा देखिन्छ । पुरानो शैली भन्नाले गणतान्त्रिक कालको पुरानो शैली । तारा जीले जे शुरुवात गर्नुभएको थियो त्यो विकृत रुप थियो । अब झन झन विकृत बन्दै गयो र कुरुपै बनाए ।
धरानले यसपटक फेरि नराम्रो् बजेट बनायो– प्रा.डा राजेन्द्रप्रसाद पोख्रेल
यो बजेटमा घुमाउरो पाराले जुन दुई वटा शीर्षकमा मेयर र उपमेयर कोष भन्ने पहिला थियो अहिले फेरि मेयर, उपमेयर भिजन कोष भनेर थपिएको छ । यो कस्तो हो भने यो तजविजी अधिकार भयो । तजविजी खर्चलाई बजेटले निरुत्साहित गर्छ । गृहमन्त्रालयबाट दिइने आसाचपु भन्ने शीर्षक केन्द्रीय तहबाटै हँटाइएको छ । यो भिजन कोष भनेको आसाचपु जस्तै हो । बजेटको यो नकारात्मक पक्ष हो । अर्को नकारँत्मक पक्ष के हो भने गत बर्ष हामीले जम्मा आन्तरिक राजसस्व ४६ करोड उठाउने भनेकोमा १६ करोड मात्र उठेको थियो । यसपटक ४२ करोडको लक्ष्य राखेको छ । पोहोर नै यति कम उठेको राजस्व फेरि ४२ करोड राख्नु नै महत्वकांक्षी देखिन्छ । पोहोरकै बजेटमा ४६ करोड घाटा थियो यस बर्षको बजेटमा पनि लगभभग त्यही ४६ करोडको हाराहारीमा घाटा छ । पोहोरको बजेट ५६ प्रतिशतमात्र पूरा भएको, संकलन भएको आय र ५६ प्रतिशत मात्र खर्च गर्न सकेको देख्दा र विकास खर्च त झन कम खर्च गर्न सकेको देख्दा यो बजेट निराशाजनक छ । अलिकति धेरै कनिका छर्ने र त्यहाँ पुग्ने पदासीनहरुले आफ्नो् तजविजमा खर्च गर्न पाउने प्रवृत्तिको बजेट देखिन्छ । धरान उपमहानगरपालिकामा गत बर्ष पनि भनौ २ बर्षदेखि विकास निर्माणको काम करिब करिक हुँदै नभएको परिस्थिति छ । यस्तो परिस्थितिमा टालटुले काममा मात्र वडामा बजेट छरेपछि वडाध्यक्षहरु खुशी भइहाल्छन् । वडामा एक दुई करोड छरिदिएपछि वडाध्यक्षहरु खुशी भएर मख्क परेको देखिन्छ । बजेट असफलताको बाटोमा धरानलाई डोहो¥याउने खालको छ । यसरी ल्याएको घाटा बजेटको परिपूर्ति कसरी हुन्छ त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो पोहोरको बजेटको परिपूर्ति भयो त ? त्यस्तै हो असार मसान्त गयो परिपूर्ति भएन । अब वडा वडामा लगाइएको कामको बक्यौता बाँकी छ । त्यो बक्यौतालाई यो सालको बजेटबाट तिर्नुप¥यो । यो बर्ष काम हुँदैन । यसपटक काम शून्य हुन्छ । यसपटक काम गरिहाले भने त्यो बक्यौता अर्कौ सालका लागि रहन्छ । ठेकेदारहरुले कति दिन थाम्छन् । राष्ट्रिय बजेटकै कुरा गर्दा पनि कति खर्ब रकम ठेकेदारको तिर्न बाँकी छ । तिर्न बाँकी भएकोले ठेकेदारहरुले काम छाडेका छन् । सेउतीदे्खि तरहरासम्मको बाटो नै हेरौ न पैसा नपाएर काम रोकिएको छ । त्यस्ता बाटामात्र होइन त्यस्ता ठूला ठूला आयो्जना रोकिएका नेपालमा सैयौ छन् । मेयर भिजन कोषबाट आपूmलाई पाइक पर्ने ठाउँमा, आफ्ना मतदाताहरुलाई मात्र प्रभाव पारेर पपुलारिटी गेम गर्न यो बनाइएको त हैन भन्ने सवालमा उहाँले भन्नुभयो यो तजविजी अधिकार प्रयोग गर्ने हो । यसलाई आइडियल बजेट भनिदैन । संसारको बजेटरी सिस्टममा जहाँ सिस्टमबाट खर्च हुन्छ त्यसलाई आइडियल वा राम्रो बजेट भन्छन् । जहाँ सिस्टमबाट होइन तजविजीबाट कुनै व्यक्ति विशेषको तजविजबाट कुनै विशेष को तजविनबाट पद विशेषको तजविजबाट खर्च हुन्छ, त्यसलाई आइडियल मान्दैनन् नराम्रा्े बजेट भन्छन् । धरानले यसपटक नराम्रो् बजेट बनाएको छ ।


