नेपाल र भारतबीच द्विपक्षीय सम्झौता

धरान/ बर्षादको समयसंंगै कोशीनदीले निम्याउन सक्ने दुर्घटनालाई मध्यनजर गरी नेपाल र भारतका उच्चपदस्थ पदाधिकारीहरुको सोमबार द्धिपक्षिय छलफल सम्पन्न भएको छ ।
नेपाल र भारतबीचको अत्यन्तै जल्दोभल्दो विषय वस्तुको रुपमा रहेको कोशी समस्या र सीमाको सम्बन्धमा भारतको विरपुरमा सम्पन्न नेपाल – भारत सुरक्षा बैठकमा यी दुई विषयमा दुर्वतर्फबाट समन्वय गरेर अघि बढ्ने सहमति गरेको छ ।
नेपालतर्फबाट सुनसरी, सप्तरी र भारतको सुपौल जिल्लाका उच्चपदाधिकारीहरु सम्मिलित भेलाले कोशी नदीमा रहेका स्परहरुको नियमित अनुगमन, मर्मत र यसले निम्त्याउन सक्ने दुर्घटनाका विषयमा गम्भीरतापूर्वक लिएर अगाडि बढ्ने सहमति भएको छ ।
द्धिपक्षिय भेलाले सीमा सम्वन्धि विवाद र आपराधिक गतिविधी नियन्त्रणका विषयमा समेत प्रतिवद्धता जनाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिनुभयो ।
भेलाले कोशी नदीमा भारतीय पक्षबाट भैरहेको नोज तथा स्पर निर्माण कार्य र बााध सुरक्षाकालागि नेपाल र भारतका सुरक्षा निकायवीच समन्वयको गर्ने सहमति भएको प्रजिअ पन्थको भनाई छ ।
भारतीयपक्षले नेपाली अधिकारीहरु सामू नेपालको प्रशासनले बााधमा आवत जावत गर्न कडाई गरेकोप्रति असन्तुष्टि जनाएको थियो ।
भारतीय प्राविधिक लगायत कोशी प्रोजेक्टका कामदारहरुका लागि नदी तथा बााध क्षेत्रमा आवतजावतको व्यवस्था मिलाउन उसले नेपालीपक्ष सामू आग्रह गरेको थियो ।
नेपाली पक्षले भने कोशी बााध, कोशी टप्पु वन्यजन्तु आरक्ष हाताभित्र पर्ने भएकाले वन्यजन्तुको सुरक्षा तथा आरक्षको सम्वेदनशीलतालाई मध्यनजर गरी परिधीभित्र रहेर मात्रै प्रवेश गर्न सकिने व्यवस्था लागु गरिएको प्रतिकृया दिएको प्रजिअ पन्थले बताउनुभयो ।
द्धिपक्षिय भेलाले सीमा नाका हुादै भारतबाट नेपालका भूभागमा भित्रिने लागुऔषधको ओसारपसार नियन्त्रणका लागि सीमावर्ती भारतीय बजारमा सचेतना तथा निगरानी बढाउने निर्णय समेत नेपाल र भारतका सुरक्षाअधिकारी वीच भएको छ ।

तपाईको प्रतिक्रिया