धरान उपमहाननगरपालिकाका कार्यकारी अधिकृत राईका कारण लाखौ रकम राजस्व गुम्यो पानीमा दलाल र माफियाको चलखेल : एडिवी धरानेका नजारमा घृणित, बदनामी सावित

धरान/यतिबेला धरानका सार्वजनिक स्थलदेखि निजी घरका भित्ता, चौक,देखि गल्लीसम्म ‘पानीको नाममा भ्रष्टाचार गर्न पाइदैन, एडिवीको ऋण बोकाउने पानी चाहिादै, जनता र सरकारको संयुत्त: लगानीमा दीर्घकालीन खानेपानीको व्यवस्था गर्न नेपाली
नागरिक तयार छन्’ लेखिएको पोष्टर र व्यानर देखिन्छन् ।
उपभोत्ता मञ्च तदर्थ समिति धरानले यस्तो पोष्टरिङ्ग, व्यानर राख्ने र भित्ते लेखन गरेको हो । यो अभियानमा
धरानका दर्जनौ संघ संस्थाहरुले आफ्नो सहभागिता जनाएका छन् ।
मुनाफामा रहेको आफ्नै स्रोत रसाधनबाट ८३ प्रतिशत धराने जनतालाई विगत ३७ बर्षदेखि खानेपानी आपूर्ति गर्दै आएको, नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थान धरानलाई तहस नहस र भताभुंग बनाउने नियतले अल्पकालीन योजनाका लागि एसियाली विकास बैंक (एडिवी) साग ऋण सम्झौता गरेपछि ९९ प्रतिशत धराने जनता आक्रोसित भएका छन् । यसमा धरानमा बस्दै नबस्ने बाह्य दलाल, सहरी विकास मन्त्री डा. नारायण खड्का, सचिव अर्जुनबहादुर कार्की, सह सचिव डा्. महेन्द्र सुब्बा, धरान नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई, केही व्यवसायिक राजनैतिक दलका नेताहरुले एडिवीको ऋणमा संस्थान कब्जा गनेै आश्चर्यजनक चलखेल गर्दै आएका छन् ।
खानेपानी संस्थान धरानले हाल पानीमा न्यूतत्तम शुल्क रु १ सय १० र नया धरा जडानमा ४ हजार १ सय रुपैया लिदै आएको छ । आफ्नो कुनै पूर्वाधार नै नभएको, संस्थानकै भौतिक पूर्वाधार कब्जा गरी एडिवीसाग गरेको २ अर्ब २० करोड रुपैया भागबन्डा गर्ने नियतले धरान नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले तानावाना बुनेपछि एडिवी नै धराने जनताको नजरमा घृणित र बदनामी सावित हुादै गएको छ । धरान नगरपालिकाका एक
कर्मचारीले आफ्नो नाम उल्लेख
नगरिदिने शर्तमा भने एकपटक कुनैपनि कार्यालयमा कार्यालय प्रमुख भइसकेको मानिस पुन दोहोर्‍याइ, तेहर्‍याई सोही कार्यालयमा आउादैन । कार्यकारी अधिकृत राई यो सुद्धा तीन पटक
धरान उपमहानगरपालिकको कार्यकारी अधिकिृत भएर आइसकेका छन् । एडिवीसाग राईले नै ऋण सम्झौता अगाडि बढाएको हुादा बाली त उठाउनु पर्‍यो नि ।
धरानमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि धरानबाट १४ किमी पश्चिममा रहेको मुलुकै सबैभन्दा ठूलो नदी सप्तकोशीबाट पानी ल्याउन ९३ करोडमा पुग्ने हाल एडिवीमै कार्यरत नेपाल खानेपानी संस्थानका पूर्व महानिर्देशक कौशलनाथ भट्टराईकै समयमा गरिएको सर्भे डिजाइनले प्रष्ट पारेको छ । उक्त सर्भे डिजाइन यतिबेला सहरी विकास मन्त्रालयका एडिवीका दललालहरुले विरोलोले आाची लुकाए सरह लुकाएर राखेका छन् । धरान नगरपालिकाले केही दिन अगाडि नयाा धारा जडानका लागि भन्दै २०७२ असार मसान्तसम्म १० हजार, ०७३ असार सम्म १२ हजार र ०७४ असार सम्ममा १५ हजार जम्मा गर्न सूचना जारी गर्‍यो । धरानका केही सुकुम्बासीहरुलाई धारा जडान गरिदिने प्रलोभन दिएर त्यसरी राष्ट्रिय वाणिज्य बैंकको खातामा रकम जम्मा गर्न सूचना जारी गरेपछि धेरैले यसलाई कार्यकारी अधिकृत
राईको नौटंकी संज्ञा दिए । आजसम्म धरा नगरपालिकाले धारा जडानका लागि खानेपानी संस्थानलाई सिफारिससम्म गरेको छैन । तर हाल आएर तिनै सुकुम्बासीलाई धारा जडान गरिदिने प्रलोभन दिनु आफैमा हाास्यास्पद छ । यसरी सूचना जारी गरेर रकम जम्मा गर्न लगाउनु अनियमितता हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वाञ्चल क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतको कथन छ । यो सरासर भ्रष्टाचार हो । हामी यसमा अनुसन्धान गछौ, बस्नेतले भन्नुभयो ।
यहाा स्मरणीय कुरा के छ भने धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिका दत्त राईकै गलत शैलीका कारण नगरपालिकको झण्डै चारलाख राजस्व गुमेको छ । निजले २०७१ वैसाख ९ गते चलान नं. १४३३४ रहेको पत्र लेखी हाल सुख्खा मौसम शुरु भएकोले हाललाई पानीको स्रोत घटी भइ पानीको समस्या दिन प्रतिदिन बढ्दै गएकोले धरान खानेपानी बोर्ड समेत गठन भइसकेकोले कुनै नयाा धारा जडानको सिफाारिस नहुने भएकोले यस कार्यालयको सिफरिस बिना नयाा धारा जडान नगर्न पत्र लेखे । राईको उक्त पत्रपश्चात संस्थानका धरानका मात्र नभएर केन्द्रका कर्मचारीहरु समेत आक्रोसित भए । खानेपानी संस्थानको आफनै नियम, कानुन छ अब उप्रान्त नगरपालिकाको कुनै पनि धारा जडान सम्बन्धी सिफारिस मान्य नहुने र खानोपानी आम सर्वसाधारणको मौलिक हकभित्र पर्ने भन्दै नयाा धारा जडानका लागि गएका सबैलाई संस्थानले नयाा धारा जडान गर्दै आएको छ । तीन महिनाको अवधिमा झण्डै ३ सय ७० नयाा धाराा जडान भइसकेको छ । स्वायत्त शासन ऐन अनुसार भन्दै एक धारा जडानको रु १ हजार लिएर सिफारिस गर्ने धरान उपमहानगरपालिकाले राईकै कारण झण्डै चारलाख राजस्व गुमाउनु परेको छ ।
हालैमात्र अर्थात असार २१ गते धरान नगरपालिकाका इन्जिनियर एवम् आयुडिपीका आयोजना व्यवस्थापक राजु पोख्रेलले सम्पत्ति तथा दायित्व मुल्यांकनका लागि भन्दै खानेपानी संस्थान धरानलाई एक पत्र लेखे । जसमा २०७२ वैसाख २२ गते नेपाल सरकार (सचिव स्तर) बाट नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति तथा दायित्व मुल्यांकन गर्न नियुक्त परामर्श दातालाई नेपाल खानेपानी संस्थानले पहुाच दिई सहयोग गर्न र मुल्यांकन पश्चात हस्तान्तरण प्रक्रिया टुग्याउने साथै कर्मचारी व्यवस्थापन गर्ने निर्णय भएकोले धरान शाखाको सम्पत्ति तथा दायित्वको मुल्यांकन गर्ने कार्यलाई अगाडि बढाउन पत्राचार गरे । यो पत्र प्राप्त पश्चात संस्थानका कर्मचारीहरु आक्रोसित भएका छन् । यतिमात्र हैन धरानका स्थानीय बासिन्दाले समेत खानेपानी संस्थानको सम्पत्तिमा दलाली नगर्न नगरपालिालाई चेतावनी दिएका छन् । धरान १९ का प्रभावशाली व्यक्तित्व एवम् भूतपूर्व सैनिका संयोजक धनबहादुर
राईले भन्नुभयो हामी संस्थान कुनै पनि हालतमा दलालहरुको हातमा जान दिादैनौं । धराने जनताको नाममा अध्यारो कोठामा बसेर २ अर्ब २० करोड ऋण लिने एडिवीका दलालहरुले आफ्नो छुट्टै संरचना बनाएर पानी खुवाए हुन्छ । तर संस्थानको सम्पत्ति कब्जा गर्ने सपना नदेखे हुन्छ राइले भन्नुभयो ।
यहाा स्मरणीय कुरा के छ भने
धरान उपमहानगरपालिका तथा एकीकृत सहरी विकास आयोजना, आयोजना कार्यन्वयन इकाई धरानले नेपाल खानेपानी संंस्थानलाई सम्पत्ति तथा दायित्व मुल्यांकन गर्न सहयोग पुर्‍याउन नेपाल खानेपानी संस्थानलाई अनुरोध गरेकोमा खानेपानी संस्थानको सञ्चालक समितिको २०७१ वैसाख २ गतेको निर्णयबाट असहमति जनाइ सकेको छ । तर पनि धरान उपमहानपालिका एडिवीको ऋण पचाउन अनेकौ नौटंकी गर्दै खानेपानी संस्थान धरानलाई बारम्बार पत्राचार गर्दै आएको छ । उता संस्थानका प्रमुख शैलैन्द्र साह यस्ता पत्रले कुनै अर्थ नराख्ने बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया