राज्यको अरबौ ढुकुटी रित्याएर संविधानसभाबाट बनाउन लागिएको संविधान २०४७ सालको भन्दा पनि घटिया हुने निश्चित देखिएको छ । विदेशीको इशारामा नेपाल र नेपालीका पहिचान मेटिने संधिवानका मस्यौदाहरु तयार गरिएका छन् । सम्पूर्ण नेपालीका लागि यो भनदा लज्जास्पद कुरा अरु हुन सक्दैन ।
नेपाललाई हरेक दृष्टिकोणले अस्थर बनाउन संधिानसभा पनि बाहिरकै निर्देशनमा आयात गरिएको हो । आठ बर्षसम्म मुलुकलाई अस्थिर बन्धक बनाइ हाल आउन लागेको भनिएको संविधानको मस्यौदामा मुलुकलाई दीर्घकालीन रुपमा असर पुर्याउने बुादाहरु राखिएपछि हाल त्यसप्रति सर्वत्र विरोध र आक्रोस देखिन थालेको छ ।
विदेशीहले नेपाल्रति कहिल्यै राम्रो नियत राखेनन् । गत डिसेम्बरमा तत्कालीन बेलायती मजदुर एन्डी स्पार्कीजले धर्म परिवर्तनको आारमा सुनिश्चित गर्न यहााका ६०१ सभासदलाई खुलापत्र लेखेका थिए । त्यसैबेला उनको त्यो विवास्पद पत्र र अभिव्यक्तिको चौतर्फी विरोध भएपछि उनी आफ्नो पदावधि छोट्याएर फर्किएका थिए । अन्तत : तिनै बेलायती राजदुतको अभिव्यक्तिलाई विहिबारको संविधानसभाबाट सार्वजनिक नयाा संविधानको धाराा ३१ मा कुनै धर्मबाट अलग हुने स्वतन्त्रता रहहने छ भन्ने बुादा षड्यन्त्रपूर्वक राखियो । चार राजनैतिक दलका शीर्ष नेताहरुले १६ बुादे सहमति गर्दा धर्म परिवर्तनको आशय ककही थिएन । रातारात यो शब्द सार्वजनिक मस्यौदामा कहााबाट आयो ?
यसमा ठूलो आर्थिक चलखेल भएको छ । अन्यथा धर्मको कुरा यति जोडतोडका साथ उठ्नुपर्ने थिएन । यो त युरोपियन युनियनले शीर्ष नेताहको मुखमा Ïयालेको डलरको कमाल हो । २०६३ को आन्दोलनको विषय धर्मनिरपेक्षता थिएन । त्यसबेला धर्म निरपेक्षताका बारेमा कहीा कतै जुलसु नारा भएनन् । जुन विषय उठेकै थिएन त्यसमा यत्रो माथापच्ची र षड्यन्त्र किन ? अब हरेक नेपालीले भन्न सक्छन् धर्मको नाममा शीर्या नेताहरुल्े डलरको खेति गरे । कर्म परिवर्तन गर्न पाइने भनेर मस्यौदामा राखेपछि अब नेपालीको पहिचान के रहयो त ? एउटा हिन्दु राष्ट्र भनेर गौरव गर्ने नेपालीले भोलि कुन कुरामा गौरव गर्ने ? धर्म भनेको एउटा आस्था हो, पहिचान हो । के हिन्दु राष्ट्र हुादा अरु धर्मका मानिसले यहाा स्वेच्छाले धर्म मान्न पाएका थिएनन् ? कुनचाहिा हिन्दु धर्मालम्बीहरुले अरु धर्मावलम्बीहरुलाई निषेध गरेका थिए ?
युरोपियन युनियन र पश्चिमा राष्ट्रको प्रभावले भनौ या रकम लिएर हाम्रा नेताहरुले आÏनो सनातनी धार्मिक पहिचान समेत बेच्छन् भने यी बाट देशको समग्र विकास हुन्छ भनेर कसरी विश्वास गर्ने ? धर्म भनेको एउटा आस्था हो, विश्वास हो, पहिचान हो । जब आस्था विश्वास र पहिचान नै यहाा विक्री हुन्छ भने त्यहाा भन्दा ठूलो विडम्बना र दुर्भाग्य अरु के हुन सक्छ । चार दलका शीर्ष नेताले गरेको निर्णय देशका साढे तीन करोड नेपालीले मान्नुपर्छ भन्ने जरुरी छैन र मान्दैनन् पनि । आज धर्म जस्तो कुरा बेच्नेहरुले भोलि देशै बेच्ने निर्णय गर्लान् । शुरुवात सानै कुराबाट हुन्छ । धर्ममै दाग गलाउनेहरुल्े देश समृद्ध बन्ने संविधान बनाउलान् भनेर कसरी विश्वास गर्ने ? आज चार राजनेतिक दलभित्रैबाट धर्म परिवर्तनका बुादा प्रति घोर विरोध र आपत्ति जनाइएको छ । अझ पनि यस्ता विवादास्पद निर्णय नसच्याउने हो भने भोलि जनता सडकमा उत्रिने छन् । पद भागबन्डाको हतारोमा जुगौजुग सम्म आफैले पछुताउने निर्णय गर्नु उचित हुादैन । यस्तै सोचले संविधानसभाबाट संविधान बन्ने हो भने अब बन्ने संविधान २०४७ भन्दा घटिया हुने निश्चित छ ।
