अस्ट्रेलियाको न्यु साउथ वेल्सकी एक बालिका हरेक दिन आफ्नो टाउको ढोकामा जोरसाग ठोक्काउाछिन् । कहिले दाातले आफ्नै जिउलाई क्वाप्पै टोक्छिन् भने कहिले कपाल भुत्याउाछिन् डरलाग्दो गरी आखिर आफ्नै जिउलाई दुख हुने तथा पीडाले विह्वल हुने त्यस्तो काम कतै मानसिक असन्तुलनका कारण ती बालिकाले गरिरहेकी त होइनन् ? भन्नुहोला । त्यसरी आफ्नै टाउको ठोक्काउादा तथा दाातले टोक्दा उनलाई कत्ति दुख्दो हो ? पनि भन्नुहोला । तर अचम्म मान्नुपर्ने कुरा के छ भने यसरी आफ्नै जिउमा चोट पूराउादा पनि ती बालिकाको अनुहारमा पीडाको कुनै भाव देखिादैन ।
एल्सी टोलहस्र्ट नामकी ती बालिका एक अनौठो रोगबाट पीडित छिन् जसका कारण उनले आफुलाई सधै चोट पूराउन तल्लीन हुन्छिन् अनि चोट लाग्दा पनि उनलाई दुख्दैन ।
५ वर्षकी ती बालिका मुस्किलले थोरै समयमात्र सुत्छिन् । लडाइा झगडा तथा ठोकठाकमा समय खर्चिएर जिउको शक्ति सबै बर्बाद गर्दापनि उनी थाकेकी जस्तो देखिादैनन् ।
ती बालिकाको त्यो अनौठो रोगलाई स्मिथ म्यागेनिस सिन्ड्रोम भनिन्छ । वैज्ञानिकहरुका अनुसार औषतमा २५ हजार मानिसमा एक जनामा यस्तो रोग हुन्छ ।
यो रोग लागेका मानिसको सरीरमा एउटा क्रोमोजोम कम हुन्छ जसका कारण व्यक्तिको सरीरमा पीडाको अनुभुति हुादैन ।
६ हप्ताकी हुादादेखि नै ती बालिकाको उपचार सुरु गरिएको थियो तर त्यो वंशाणुजन्य रोगको कुनै उपचार छैन ।
रोगका कारण उनको मानसिक विकाश पनि निकै सुस्त भएको छ र ५ वर्षकी हुादापनि निकै सानो बच्चाको जस्तो व्यवहार देखाउने गर्छिन् । उनकी आमा अली आफ्नी छोरीको त्यो पीडा हेरिरहन बाध्य छिन् किनकी त्यो रोगको उपचार हुन सक्दैन । छोरीले आफ्नै जिउमा चोट पूराउने काम गरिरहादा उनले रोक्ने गर्छिन् ।
