आचार्य श्री महाश्रमणको प्रवचनमा हजारौ सर्वसाधारण

धरान/जैन श्वेताम्बर तेरापन्थ धर्म सम्प्रदायका गुरुदेव आचार्य श्री महाश्रमणको तीनदिने धरान प्रवासको क्रममा उहााको अदित्तिय वैद्धिक प्रवचन सुन्न हजारौ धर्मभिरुहरु उपस्थित भएका थिए ।
सद्भावना, नैतिक, नशामुक्ति सन्देश लिएर गत वैसादेखि नेपालमा अहिंसा यात्रारत आचार्य श्री महाश्रमण तीनदिने धरान प्रवासका क्रममा शनिवार यहाा आइपुग्नुभएको थियो ।
शनिवार उहााले धरान ८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पसमा प्रवचनसागै विश्राम लिनुभएको अचार्य श्री महाश्रमण धरान प्रवास समितिका संयोजक एवम् समाजसेवी विजय डाागाले जानकारी दिनुभयो । अहिंसा यात्राका क्रममा आचार्य महाश्रमण एकदिन अगाडि इटहरी स्थित आनन्द राइस मिलमा सैयौ साधुसन्त, साध्वी, आफ्ना सेतो वस्त्रधारी सेना र ॐकार परिवारका धर्मभिरुहरुको बीचमा बस्नुभएको थियो । त्यस अवसरमा उहााले प्रवचन समेत दिननुभएको थियो ।
आचार्य श्री महाश्रमणले आइतबार र सोमबार धरानको वंशिकला सदनमा दुई दिन प्रवचन दिनुभएको थियो । आचार्य श्री महाश्रमण धरान प्रवास समितिका महासचिव मानिकचन्द सुुरानका अनुसार गुरुदेवको प्रवचनमा दैनिक एक हजार भन्दा बढी श्रद्धालुहरुको उपस्थिति रहेको थियो । आचार्य महाश्रमणले जीवन दर्शनका सम्बन्धमा प्रवचन दिनु भएको थियो । उहााको प्रवचनको आशय थियो आशक्ति, मोह मानिसका सबैभन्दा ठूला कमजोरी हुन् । आशक्ति र मोहले मानिसलाई सदैव गलत मार्गमा लैजान्छ । महाश्रमण आ चार्यले भन्नुभयो दिनभरिको काम र परिश्रमले मानिसमा थकानको महसुस हुनु स्वभाविक हो । तर सूर्यास्त पश्चात एउटा निश्चित समय राखेर योगासन गर्नुपर्छ । आत्मचिन्तन गर्नुपर्छ । यसका लागि आफू बसेको स्थानलाई धार्मिक दृष्टिले अनुकूल बनाउनुपर्छ । अर्थात धार्मिक वातावरणले साधनामा सहयोग पुर्‍याउछ । अनाशक्तिको चिन्तन गर्नुपर्छ । आचार्य महाश्रमको कथन थियो यो स्थुल शरीर, यो देह क्षण भंगुरका लागि हो । सबैभन्दा ठूलो कुरा त आत्मा नै हो । मोह र आशक्तिबाट मानिसले सदैव अलग रहने प्रयास गर्नुपर्छ । मन नै मोक्षको बन्धनको कारण हो, त्यसैले मनलाई नियन्त्रण गर्नुपर्छ ।
आचार्यको प्रवचनबाट उपस्थित स्रोतहरु मन्त्रमुग्ध भएका देखिन्थे । उहााको धाराबाहिक प्रवचन सुन्न धरान,
विराटनगर, इटहरी, झापाका विभिन्न स्थानका सर्वसाधारण, भारतको
फारविसगञ्ज, कटियार, कोलकत्ता, सिलुगढी लगायतका स्थानबाट ठूलो संख्यामा मानिसहरु आएका थिए । आगन्तुक सबैलाई आयोजक तथा प्रवास समितिको तर्फबाट खाने र बस्ने नि:शुल्क व्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया