धरान । चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्रा.डा. गुरु खनाल नियुक्त हुनु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि कार्यरत प्रा.डा. खनालले अर्थोपेडिक्स विभागको प्रमुख, शिक्षाध्यक्ष र कावा उपकुलपतिको जिम्मेवारी सम्हाली सक्नु भएको छ ।

प्रा.डा. खनाललाई मन्त्रिपरिषद्को निर्णय बमोजिम सोमबार आयोगको निर्देशकमा नियुक्त गरिएको हो । आगामी चार बर्षे कार्यलकाल रहने आयोगको अध्यक्ष प्रधानमन्त्री र सह अध्यक्ष स्वास्थ्यमन्त्री रहने व्यवस्था रहेको छ । चिकित्सा क्षेत्रको अनुगमन, मूल्यांकन, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गराउन निरन्तर पहल गर्ने, चिकित्सक सस्था स्थापना र शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पूर्वाधारको आधारभूत मापदण्ड तय गर्ने, अध्यापन र प्रविधिसम्बन्धी कार्य गर्ने, चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्ने, विद्यालय विद्यालय र प्राज्ञिक संस्थाहरुको मान्यता सम्बन्धी कार्य गर्ने, चिकित्सा शिक्षा क्षेत्रको पाठ्यक्रमको गुणस्तर र मापदण्ड सहितको मापदण्ड तय गर्ने, चिकित्सा शिक्षा सम्बन्धी उच्च स्तरीय तालिम सहित विदेश अध्ययन र फेलोसिपमा जान चाहनेहरुलाई योग्यता प्रमाणपत्र जारी गर्ने लगायतका कार्य चिकित्सा शिक्षा आयोगे गर्दै आएको छ ।
