सहकारी घण्टे दुई बर्षको भयो
सहकारी ठग घण्टे पार्टी जन्मेको दुई बर्ष भएछन् । घण्टेले बर्थ डे धुमधामसँग मनाएछ । मनाउने नै भयो नि † दुई बर्षमै नचिताएको पदमा विराजमान जो भएको छ । सहकारी ठग घण्टेका अध्येक्षे पुत्पुत्तिएर भैँमा न भाँडामा भा’का छन् । ठूला ठूला माछालाई जालमा पार्छु भनेर सानो फुइँ लगाएनन् । अरुतिर उठाएको एउटा औँलाको सट्टामा आफैतिर चारवटा औँला सोझिएपछि यतिबेला तिल्मिलाउन थाल्या छन् । कहिले फ्रि टिकटमा विदेशमा अलपत्र
परेकालाई ल्याउँछु भनेर कुर्लिए, कहिले तीनवटा फाइल खोलेपछि सबै भ्रष्ट सिद्धिन्छन् भनेर दुनियाँलाई बेकुव बनाए । घण्टेको वर्थ डे पार्टीमा खप्रओचाहिँ हस्याङ्ग फस्याङ्ग गर्दै शुभकामना दिन पुगेछन् । अरुचाहिँ ठगको र्वडेमा के जानु भन्दै आएनछन् । खप्रओ त पुग्ने नै भए नि । अर्काको सम्पत्ति गिरिबन्धु टि–स्टेटलाई खण्ड खण्ड पारेर अरबौ कुम्ल्याएका छन् । घण्टेले सनक्क सन्केर फाइल खोल्दिए भने वित्याँस पर्छ । त्यसैले नि खप्रओचाहिँ पुगेछन् वर्थ डे चाट्न । चाट्नु मात्र कहाँ हो र घण्टेले राम्रो काम ग¥या छन् भनेर प्रशंसा समेत गरेछन् । चोर चोर मौसेवा भाई भन्या यही हो ।
अब झोले के गर्लान ?
धरानका मुखिया हर्कले सनक्क सन्केर आफ्ना झोलेहरुको दानापानी जुटाउन धरानका सडकमा पार्किङ्ग शुल्क उठाउने व्यवस्था ग¥या थे । अहिले हँटाएछन् । धरानेहरुले चौतर्फी थुतुनो प्रहार गर्न थालेसी विचरा हर्कु गलेछन् । दश रुपैया हँटाएर बर्षको दुई सय लिने काइते निर्णयचाहिँ गर्न भ्याएछन् । यतिका दिनदेखि दादागिरी देखाएर रु १० उठाउँदै आएकाहरुको अहिले मध्य बर्षामा आएर खोसिदिएका छन् । जेहोस् रु १० अहिलेलाई हट्या छ । फेरि कुन दिन के छाँटा खनिन्छ अनि रु २० लगाउने हुन् । बोली र व्यवहारको टुंगो नहुनेसँग साह«ै ढुक्क हुनचाहिँ सकिदैन । सडक विभागको सडकमा अड्याएका सवारी साधन, आफैले जग्ग दिएर बनाएको बाटोबाट यतिका दिनसम्म शुल्क उठाएर हर्कुले आफ्ना झोलेहरुचाहिँ पालेकै हुन् । आगे देखा जाला ।
लाउरेसमा महिलाले हार्छन् रे
नेप्लिज लाउरेसका मुखिया ¥याले काजीले भन्या अरु पार्टीमा महिलाले भकाभक चुनाउ जित्छन् तर लाउरेसमा महिलाहरुले चुनावै जित्दैनन् रे । ¥याले काजीले यो कुराचाहिँ सही गरे । कसरी जितुन त ? बुढानिलकण्ठे कजिनी टिकटका लागि डाक बढाबढको टेन्डर खोलेर बसेकी हुन्छिन् । चुनाव जित्न सक्ने, काम गर्नेसँग डाक बढाबढ गर्ने पैसो हुँदैन । कजिनीले जस्ले बढी मूल्य दिन्छ त्यसलाई टिकट दिन्छिन् । हैन हौ ¥याले काजीले आजसम्म यो कुराको भेउ पाएका छैनन् कि क्या हो ? यसो सोधीखोजी पनि गर्दैनन् कि क्या हो ? हुन त विचराले कसरी सोधीखोजी गरुन ? फुर्सद भयो कि उंग्दैमा ठीक छ । रात ढल्कियो कि पिउँदैमा ठीक छ । अनि फुइøयाँ बुझुन त काँग्रेसमा महिलाले किन चुनाव हार्छन भनेर ?

लम्पटलाई दिएछन् दनक
लाउरेसका महामन्तरी विश्वप्रकाश शर्माले सहकारी ठगका घण्टे लम्पट अध्येक्षेलाई अस्तिका दिन दह«ै दनक दिएछन् । घण्टे पार्टीको विधानमा नैतिकता भन्ने कुरा कतै उल्लेख छैन रे । घण्टाघरलाई नि शर्माले ठीकै भन्या जस्तो लाग्यो । कहाँबाट आएको हो ? उद्देश्य के हो ? एलिएन्ट जस्तो घण्टेमा नैतिकता भए संसदीय छानविन समिति बन्नासाथ राजीनमा दिन्थे । पहिला पहिला संसदीय छानविन समिति बन्दा डा.
रामशरण महतले राजीनामा दिएका थिए, जनार्जन शर्माले राजीनमा दिएका थिए । घण्टे त राजीनामाको ‘र’ पनि सुन्न चाहँदैनन् । जब घण्टेको सविधानमा नेैतिकता भन्ने शब्द नै छैन भने कसरी राजीनामा दिन्छन् । सहकारीका सम्पूर्ण प्रमाणदशी नष्ट गर्नमात्र घरेलुमन्तरी भा’को कस्लाई थाहा छैन ? कि कसो हौ ?
माकुनेको गफ
अरु दलको वैसाखी टेकेर हिड्या अराष्ट्रिय दलका अध्येक्षे माकुनेले अस्तिका दिन दह«ै गफ हान्देछन् । हुन त नेपालका सबै दलका टाउकोहरुले गफै जोतेर त खाएका छन् । त्यसमाथि माकुने । अस्तिका दिन तिन्ले भन्या नेपालमा कसैले नल्याएको नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउछन् रे । नेपाली विशेषताको समाजवाद भन्या के हो भन्ने कुरा विचरा तिनैलाई थाहा छैन होला । तिन्ले मौका पाउँदा ल्याउने समाजवाद भन्या ललिता निवासको सरकारी जग्गा प्लटिङ्ग गरेर बेच्नु, कमिशन डकार्नु, आफू एक्लै उभिन नसक्ने भएसी’ कहिले काँग्रेसको, कहिले माउवादीको बुइ चढ्नु, जनता झुक्याउन निर्वाचनमा फ्रि भिसा र फ्रि टिकटको आश्वासन बाड्नु त हो । हुन त उनले समाजवाद बैंकमा जागिर खाँदादेखि नै जान्या हुन् । खचाञ्चीको जागिर खादा लुड्याएर चम्पट कस्या थिए । अब यिनैले कसैले नल्याएको समाजवाद ल्याउने रे । घण्टाघरलाई त खुट्टी देख्दै विश्वास लाग्यो ।
सधै बेकुव बन्ने भए
कुकुरका छाउरा–छाउरीको आँखा जन्मको ५–७ दिनमै खुल्छ । तर नेपालका झोला छापहरुको आँखा ३५ बर्षसम्म पनि नखुलेको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । अहिले सम्म लाउरेस, झालेमाले, माउवादी, मधेशवादीले अक्टोपस झै सोहोरे । अब त्यो सहकारी ठग घण्टेले झोला छापहरुको संख्या बृद्धि गरेर ठग्ने मार्ग प्रसस्त ग¥या छन् । हैन हो बेकुव पनि कति साह«ो बनाएको र बेकुव हुने पनि कति साह«ो भाका हँ ? सहकारी ठग घण्टेले यतिबेला फलाक्ने ग¥या छ, जिवि राई मलेसियामा छ, पत्ता लागिसक्या छ, अँठ्याएर ल्याउन मात्र बाँकी छ रे । पत्ता लागिसक्या कुरा कसैले सार्वजनिक गर्छ ? सार्वनिक गरेसी त अर्को ठाउँमा कुले ठोकिहाल्छ नि । जिवि राई पक्राउ परेपछि घण्टेको कथित राजनैतिक व्यापारमा ताला लागिहाल्छ । त्यही जिवि राई देखाएर सबै दोष उसैमाथि थोपरेर घण्टेले राजनैतिक व्यापार चलाएको कुरा झोले छापहरुले कहिले बुझ्लान् खै ?
सम्भावना नै छैन रे
झालेमालेका मा’सचिवले दाङ्गको तुल्सिपुर पुगेर गज्जबको गुड्डी हानेछन् । अहिलेको टालाटुली बाटुली सरकारको समीकरण परिवर्तन हुने सम्भावनै छैन रे । अहिलेमात्र हैन २०८४ पनि यस्तै सीमकरण रहन्छ रे । हैन हौ मा’सचिव शकर पोख्रेल वन झाक्री हुन कि क्या हो ? स्थिर नहुने चरित्रका प्रचण्डाउलाई पोख्रेल बाजेले राम्रोसँग चिनेकै रैनछन् । चिन्या भए त त्यसरी गुड्डी हाक्ने नै थिएनन् । दुई बर्ष अगाडि झालेमालेसँग लगनगाँठो कसेर लाउरेससँग हनिमुन मनाउन जाने नै थिएनन् । फेरि लाउरेससँग सम्बन्ध विच्छेद गरेर झालेमालेको ओछ्यानमा पसारिन पुग्ने नै थिएनन् । अनि त्यस्तालाई साथमा लिएर समीकरण परिवर्तनको सम्भावनै छैन भन्नु त सर्वाङ्ग नागो भएर पनि नांगो छुइन भनेजस्तै त हो । हैन र पोख्रेल बाजे ?
अन्तेमा
पर्धानमन्तरी प्रचण्डाउको अस्तिको अभिव्यक्तिले झालेमालेका अध्येक्षे खप्रओ खग्रंङ्ग भा’छन् । किन नहुन त आधा आधा अवधि पर्धानमन्तरी हसुर्ने सहमति जो प्रचण्डाउसँग भा’थ्यो । अहिले आएर प्रचण्डाउले मलाई पर्धानमन्तरीबाट हँटाउन त्यति सजिलो छैन । तरिका मिल्यो भने पूरै अवधि पर्धानमन्तरी पड्काइदिन्छु भनेछन् । पर्धानमन्तरीको अभिव्यक्तिले खप्रओ त खंग्रङ्ग भए भए झालेमालेमा १० रेक्टरको भुकम्प नै गा’छ । प्रचण्डाउ झालेमालेलाई भालुको कन्पट भा’छन् । तोडदिम भने लाउरेससँग हनिमुन मनाउन दौडिने, नछोडौ ८४ भन्दा अगाडि पालो नआउने क्या फसाद ?
